आकाश कसौधन /नेपालगञ्ज

नेपालगञ्ज उपमहानगरपालिका वडा नं ४ को बसपार्क शान्ति टोल मा नयाँ वर्ष २०७९ साल को सुभ अवशर मा विशेष सांस्कृतिक प्रतियोगिता कार्यक्रम को आयोजना गरिएको छ ।

हाम्रो होइन राम्रो लाई जीताऔं अभियान बसपार्क द्वारा आयोजित उक्त कार्यक्रम यस संस्था का अध्यक्ष आशिष मल्ल ठकुरी को अध्यक्षता मा सम्पन्न भएको थियो

सो कार्यक्रम को सुरुवात गर्दै प्रमुख अतिथि

नगर विकास समिति को पूर्व अध्यक्ष एवम् नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र को तर्फ बाट वडा नं ४ का वडा अध्यक्ष पद का उमेदवार गोपाल पुन ले यस्ता सांस्कृतिक कार्यक्रम ले समाज मा एक नया उत्साह र जागरूकता लियाउँछ भन्ने बताउनु भयो । हाम्रो संस्कृति जोगाउनु हामी सबै को कर्तव्य हो र हामी ले आफ्नो संस्कृति कहिले बिर्सिनु हुँदैन र आगामी दिन हरु मा यस्तो कार्यक्रम को फेरि पनि आयोजना गर्ने छौ भन्ने प्रतिबद्धता पनि जनाउनु भयो ।

यसै गरी विशिष्ट अतिथि हरु मा समाजसेवी नरेश गुप्ता वडा नागरिक मञ्च का पूर्व संयोजक केशव प्रसाद भट्टराई समाजसेवी रुमिता श्रेष्ठ पत्रकार सलामत अलि शेष सल्यानीबाग व्यवस्थापन समिति का सदस्य राज कश्यप,समाजसेवी युनिस हल्वाई प्रेस सेन्टर नेपालगञ्ज का सचिव आकाश कसौधन लगायत को उपस्थिति रहेको थियो ।

विभिन्न समाजसेवी कलाकार हरु सहित करिब ५०० जना भन्दा बढी मानिस हरु को बाक्लो उपस्थिति रहेको थियो।

सो कार्यक्रम मा ९ जना कलाकार हरु बिच प्रतिस्पर्दा रहेको थियो जसमा नृत्य को तर्फ बाट ३ जना विजेता भएको थिए । पूजा विष्ट पहिलो आँशु न्यौपाने दोस्रो र पूजा खड्का तेस्रो स्थान प्राप्त गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here