आकाश कसौधन /नेपालगन्ज, २६ चैत्र विद्युत कर्मचारीको चरम लापरवाहीले गर्दा जानकी गाउँ पालिका वडा नं. २ बनकट्वा बस्ने नागेश यादवको मृत्यु र रमेश यादव को अवस्था चिन्ताजनक रहेको छ

विगत केही दिन देखि जानकी गाउँपालिका विधुत लाईन विस्तार गर्ने कार्य जारी रहेकाे थियो उक्त जिम्मा ठेकेदारमार्फत मृतक नागेश यादव र रमेश यादव पनि सोही काम मा कार्यरत रहेको थिए माथि बाट तार तन्ने बेलामा कर्मचारिकाे चरम लावरवाहीले गर्दा विधुत सप्लाई चालू भई मृत्युवरण गर्नु परेकाे स्थानियहरूकाे भनाई रहेकाे छ ।

स्थानीय र आफन्त हरु द्वारा दुवै जना लाई नेपालगञ्ज स्थित नर्सीङ होम पुर्याईएपछि नर्सीङ होम का डाक्टर द्वारा जवाफ दिए पश्चात नागेश यादव लाई भेरी अञ्चल अस्पताल लगिएको थियो र त्यही उपचार को क्रममा नागेश यादव को मृत्यु भएको छ र रमेश यादव को नर्सीङ होम मै उपचार भइरहेको छ । हाल रमेश यादव को अवस्था चिन्ताजनक रहेको स्थानीय हरु ले बताएका छन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here