बाँके कार्तिक १३ गते
कोहलपुरमा चितुवाको छाला र हड्डीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

चितुवाको छाला बेचबिखन र ओसार पसार भैरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले कोहलपुर नगरपालिका–११ स्थित सागर गेष्ट हाउसबाट चितुवाको छाला १ थान र १ किलो ४ सय ग्राम हड्डीसहित तीन जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा जिल्ला सुर्खेत पंचपुरी नगरपालिकाका-७ का २४ वर्षिय रमेश बयक, २८ वर्षीय वसन्त बि.सि र जिल्ला बाँके राप्तीसोनारी गाउँपालिका -९ का ३५ वर्षीय हिरासिंह बिक रहेको डीएसपी रविन्द्र खनालले जानकारी दिनुभयो ।

यसबारे थप अनुसन्धान भैरहेको पनि डिएसपी खनालले बताउनुभयो ।;|स्रोत अनलाईन खोजखबर डट कम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here