नेपालगञ्ज, कात्तिक १२ ।
पत्रकार दिनेश ठाकुरको अध्यक्षतामा मधेश मानव अधिकार गृह (माहुरी होम) बाँके जिल्ला कार्य समिति चयन गरिएको छ । नेपालगन्ज उप–महानगरपालिकाका उप–प्रमुख उमा थापा मगरको अध्यक्षतामा शुक्रबार बसेको बैठकले पत्रकार ठाकुरको अध्यक्षतामा १२ सदस्यीय मधेश मानव अधिकार गृह (माहुरी होम) बाँकेको समिति गठन गरेको हो । उक्त समितिको उपाध्यक्षमा लक्ष्मी सुनार, सचिवमा सारु हमाल, सह–सचिवमा शिव जायसवाल र कोषाध्यक्षमा बिनयराज त्रिपाठी रहनुभएको छ ।


यसैगरी सदस्यहरुमा शुक्रऋषि चौलागाई, सरला सुवेदी, असलम भाँट, मोहिनी बाल्मिकी, सुनिता पोखरेल, पुष्पा सुनार, र पवन जायसवाल रहनुभएको छ । मधेश मानव अधिकार गृह (माहुरी होम) आसन्न केन्द्रीय अधिबेशनका लागि बाँके जिल्लाबाट प्रतिनिधिको रुपमा अध्यक्ष दिनेश ठाकुर, सचिव सारु हमाल र सदस्य असलम भाँटलाई पठाउने निर्णय बैठकले गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here