Home नयाँ मुलुक विशेष भारततर्फबाट कुनै प्रकारको सर सामान किन मेल गरेर ल्याउदा कडाईले राजश्व... भारततर्फबाट कुनै प्रकारको सर सामान किन मेल गरेर ल्याउदा कडाईले राजश्व असुली गर्नु पर्छ नि.वर्तमान अध्यक्ष वैश्य Aman Hussain - October 16, 2021 0 402 FacebookTwitterPinterestWhatsApp भारततर्फबाट वा रुपैडिहा बजारबाट कुनै प्रकारको पनि सरसमान कसैले किनमेल गरेर ल्याउन्छ भने त्यस्तो माथि कडाईले भन्सार राजश्व असुली गर्नु जरुरी छ” उक्त भनाई नेपालगन्ज उद्योग बाणिज्य संघका नि।अध्यक्ष नन्द लाल बैश्यको रहेको छ । यसै साता नेपालगन्जको एक संचार गृहमा आफ्नो भनाई राख्देै नि।अध्यक्ष बैश्यले भने–लामो समय पछि सीमाक्षेत्रतर्फबाट आवत जावत गर्न पाउदा सुखद कुरा हो तर रुपैडिहा बजारबाट नेपालगन्ज बजारलाई ठूलो घाटा व्यहोर्नु परेको छ । नेपालगन्ज बजारलाई बचाउन कोही व्यक्ति एक सय मूल्य बरावरको सरसमान त्यहांबाट किनमेल गरेर ल्याएको छ भने त्यसबाट भन्सार राजश्व कडाईले असुली गर्नु पर्छ । नन्दलाल बैश्य ने।ग।उ।वाको अब नि।अध्यक्ष मात्र छन तर उनी अहिले पनि अध्यक्ष जस्तो भनाई राख्दै आएका छन । नेपालगन्जका गरिव बिपन्न बर्गका व्यक्ति सस्तो मूल्यमा सरसमान किनमेल गर्न रुपैडिहा बजार पुग्ने गर्दछन । यस बाट बैश्यलाई बिगत दिन देखी डाहा जस्तो छ । जसको कारण उनी गरिव बिपन्न बर्गलाई मर्कामा पार्न बिगत समय देखी रुपैेडिहा तर्फबाट कोही व्यक्ति थोरै दैनिक उपभोग्यका सामाग्री किनेर ल्याउन्छ भने उनी जस्तालाई भन्सार कार्यालयको अगाडी लामलगाई बेइज्जत गर्नु,कहिले एक सय मूल्य बरावरको सरसमानमा पनि भन्सार राजश्व असुली हुनु पर्ने माग उठाउदै आएका छन । बिगत समय उनको यस्तो भनाईबाट भन्सार कार्यालयले घेरै कडाई गरेको थियो जसको कारण व्यक्तिलाई दिनहु चर्को घाममा लामलागेर उभिनु पर्ने बाध्यता भएको थियो । यसबाट हजारौं हजार व्यक्ति सोझै मर्कामा परेका थिए । ने।ग।उ।वा।का।नि।अध्यक्ष नन्दलाल बैश्य अगामी केही महिना पछि हुने स्थानिय निर्वाचनमा नेपालगन्ज उपमहानगरपालिकाका मेयर पदको उम्मेदवार ने।क।पा।माओवादी केन्द्र तर्फबाट बन्ने प्रयासमा छन । अहिले उनको मेयर पदको उम्मेदवारी निश्चित भने छैन तर उनी सस्तो लोकप्रियता पाउन बकमकुस्से भनाई राख्न सुरु गरेका छन । स्थानिय निर्वाचन नजिकिदै गएको कारण धर्मको बिषयलाई अगाडी बढाउदै अगामी बर्ष २०७९ मा रामलीला कार्यक्रमको आयोजन गर्नेसम्म भनाई राखेका छन । त्यसो त रामलीला संचालक समितिको उनी अध्यक्ष छैनन तर रामलीला नाटक मन्चन कार्यक्रम आफुले आयोजित गराउने कुरा उनले स्थानीय निर्वाचनमा हिन्दु भोट आफनोतर्फ तान्ने प्रयास स्वरुप गरेको सजिलै बुझ्न सकिन्छ । संघका नि।अध्यक्ष बैश्य बर्तमान समय कसौधन बैश्य समाजका अध्यक्ष पदमा छन । कसौधन बेैश्य समाजको करिव सात हजार जति बोट ने।ग।उ।मा।न।पा।भित्र रहेको देखिन्छ त्यस्तै मुस्लिम समाज पनि निर्णायक अवस्थामा छ । यी सवै भोट आफ्नो पक्षमा पार्न उनी अहिले देखी नै लागेका छन । उनीबाट संचालित नन्कुराम होलीराम बैश्य कपडा पसलले बिभिन्न पहाडी क्षेत्रसम्म सस्तो मूल्यमा कपडा बिक्रीकोलागि पठाउन्छ यसबाट बिशेष कर पहाडी बर्गका व्यक्ति लाभान्वित भएको उनको दावी रहदै कसौधन बैश्य,मुस्लिम र केही पहाडी बर्गको भोट आफ्नो पक्षमा छ यो कुरा देखाई उनी स्थानिय निर्वाचनमा मेयर पदको उम्मेदवार हुने तछाडमछाडमा छन ।जानकारी अनुसार करिव सात हजार जति रहेको बैश्य समुदाय रहे पनि मुस्किलले ४,५ सय जति बैश्य समुदायको उनी तर्फ रुझान रहेको देखिन्छ । सवै बैश्य समुदाय उनको पक्षमा रहेको देखिदैन त्यस्तै गरिव र बिपन्न बर्गका मुस्लिम समुदायको संख्या बढी छ । रुपैडिहा सीमानाकामा कडाई हुनु पर्छ । एक सय रुपैया मुल्य बरावरको सरसामान त्यहांबाट कोही किनमेल गरेर ल्याउन्छ भने भन्सार राजश्व कडाईले असुली हुनु पर्छ यस्तो भनाई उनीको बिगत दिन देखी आउदै गरेकोले भारी संख्यामा रहेका मुस्लिम बर्गलाई दुई छाक टार्न समेत गाहे पर्दै आएको छ । यस कारण सवै मुस्लिम बर्गका व्यक्ति बैश्यको पक्षमा रहेको प्रष्ट छैन । पहाडी समुदायको केही भोट उनीलाई अवश्य प्राप्त हुन्छ तर सबै पहाडी बर्गका व्यक्ति भने उनीको पक्षमा छैनन । नन्दलाल बैश्य दर्जनौ संघ–संस्थाका अध्यक्ष छन । तर जहांजहां उनी अध्यक्ष भई बसेका छन त्यस्तो संस्था अहिले डुवेको अवस्थामा छ । प्रसिद्ध समाजसेवी स्वर्गिय ओेैतार देई चौधराईन प्रतिष्ठानका अध्यक्ष पनि बिगतमा उनी नेै थिए तर सो संस्था तर्फ कुनै प्रकारको ध्यान नदिदा सो प्रतिष्ठानबाट हटाइएकोले बैश्य समाजको उनी प्रति अविश्वास झनै बढेको छ । यो अविश्वासको कारण मेयर पदको उम्मेदवारीमा उनीलाई ठूलो घाटा व्यहोर्नु पर्ने अवस्था छ । ने।क।पा।माओवादी केन्द्र तर्फबाट मेयर पदका सम्भावित उम्मेदवार नन्दलाल बैश्य अहिले चर्चा बटुल्न ठूलाठूला बयानहरु दिन सुरु गरेका छन तर अहिले भर्खरै जुन प्रकारले उनीले एक सय रुपैयाको सरसमानमा कडाईले भन्सार राजश्व असुली हुनु पर्छ भनाईले गर्दा उनी साह्ै नै फसेका छन । यसबाट सम्पुर्ण नेपालगन्ज नगरवासी उनीबाट अति रुष्ट भएको देखिन्छन । यसको परिणाम अन्तिम समयमा उनीले भोग्नु पर्ने अधिकांशहरुको भनाई रहेको बुभिएको छ । RELATED ARTICLESMORE FROM AUTHOR बालअधिकार तथा मानव बेचबिखन नियन्त्रण सम्बन्धी अभिमुखीकरण बाँकेको चर्चित पर्यटकीय स्थल वाटरपार्कमा १०० किलो बढि प्लाष्टिक फोहोर बर्दियाका दुई पालिकामा सीप विकास तालिम सञ्चालन LEAVE A REPLY Cancel reply Please enter your comment! Please enter your name here You have entered an incorrect email address! Please enter your email address here Save my name, email, and website in this browser for the next time I comment. शुक्रबारबाट भिसा सेवा सूचारु, निषेधाज्ञाको अवधि गणना नहुने दिसाजन्य लेदो ब्यवस्थापन अस्थायी क्षेत्रको उद्घाटन माघे संक्रान्ति हर्षाेल्लासका साथ मनाइँदै प्रखर क्यान्सर अस्पतालले मनायो विश्व क्यान्सर दिवस डुबानबाट जोगाउन बर्खा अगावै नाला सफाईमा जुट्यो उपमहानगरपालिका