राजविराज । प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीले मधेसलाई मुस्लिम स्टेट बनाउने हिसाबले अघि बढेका छन् । उनले ‘मदरसा शिक्षा विधेयक’ ल्याउन खोजेका छन् । 

प्रदेशसभामा पेस भइसकेको छ । मुस्लिम स्टेट बनाउनेगरी विधेयक आएको थाहा पाएपछि मधेसमा आगो दन्किएको छ । विभिन्न संघसंगठनले प्रदर्शन थालेका छन् । यसमध्येको एक हो राष्ट्रिय एकता अभियान । जसले सुरुदेखि नै विधेयक फिर्ताको माग गर्दै मुख्यमन्त्री लालबाबु राउतविरुद्ध प्रदर्शन गरिरहेको छ ।

मंगलावर पनि सप्तरीमा प्रदर्शन भयो । अभियानका जिल्ला संयोजक शिवशंकर शास्त्रीको नेतृत्वको टोलीले सप्तरीको सदरमुकाम राजविराजमा विधेयकको विरोभा प्रदर्शनसहित मुख्यमन्त्री राउतको पुतला दहन गर्यो । 

अभियानले राजविराजको बजार हुँदै निकालेको र्याली सहिद चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । र्या्लीमा उनीहरुले ‘मदरसा शिक्षा विधेयक फिर्ता गर’, ‘प्रदेशलाई तालिबान बनाउने मुख्यमन्त्री राजीनामा दे’, ‘सुरक्षा दिन नसक्ने मुख्यमन्त्री मुर्दावाद’, ‘संघीय हिन्दू गणतन्त्र जिन्दावाद’ लगायतका नारा लगाएका थिए ।

विरोध कार्यक्रममा अभियानकी उपाध्यक्ष सुनीता साहले प्रदेशलाई तालिवान बनाउन खोज्ने मुख्यमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने बताइन् । उनले भनिन्, ‘पछिल्लो समय मुख्यमन्त्री राउतले मदरसा शिक्षा विधेयक ल्याएर प्रदेशलाई तालिवान बनाउन खोजेका छन् ।’

त्यस्तै अभियानका सप्तरी जिल्ला संयोजक शास्त्रीले प्रदेश २ का मुख्यमन्त्री राउत पाकिस्तानी प्रधानमन्त्री इमरान खानको एजेण्ट भएर नेपालमा काम गरिहेको आरोप लगाए । विरोध कार्यक्रममा अभियानका अभियन्ता बिन्दु ठाकुर, सुनिल यादव, दीपेश जोशी लगायतको उपस्थित रहेको थियो ।

मुख्यमन्त्री राउतले 'मुस्लिम स्टेट' बनाउन खोजेपछि मधेसमा दन्कियो आगो, प्रदेशलाई तालिवान बनाउन खोजेको भन्दै ठाउँ ठाउँमा प्रदर्शन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here