काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै छ ।

बुधबार दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा सरकारलाई प्रभावकारी बनाउने, मन्त्रिपरिषद् विस्तार गर्ने र पार्टीको संगठनात्मक विषयमा छलफल हुने स्थायी कमिटी सदस्य वर्षमान पुनले जानकारी दिए । उनका अनुसार साझा कार्यक्रममा साथ सरकार सञ्चालन गर्ने गठबन्धनका नीतिबारे पार्टीमा छलफल हुन लागेको हो ।

यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी थालेकाले पार्टीका तर्फबाट पठाउने नामबारे पनि छलफल हुने छ। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here