• मनोज कुमार कौशल
    नेपालगञ्ज/कसौंधन वैश्य समाज जिल्ला कार्य समिति बाँके र कसौंधन वैश्य युवा समाज, महिला मञ्चले परिचयात्मक कार्यक्रम गरेको छ ।
    जिल्ला प्रहरी कार्यालय बाँकेमा प्रहरी उपरीक्षक भई आउनु भएका श्याम कृष्ण अधिकारीको सम्मानमा समाजले परिचयात्मक कार्यक्रमको आयोजना गरेको हो ।
    शनिवार दिन किन्नुराम काशीराम पंचायती धर्मशालामा आयोजित परिचयात्मक कार्यक्रममा बोल्नुहुँदै प्रहरी उपरीक्षक श्याम कृष्ण अधिकारीले भन्नुभयो, ॅप्रहरी पनि समाजबाट आएका हुन् यस कारण नजाने बुझेर व्यापारी र प्रहरीबीच मतैक्यताहरु आउने गर्छ तर प्रहरी निकाय सबैको सुरक्षा र शान्ति व्यवस्था कायम गर्ने कार्य गर्दछ । वैश्य समाजबाट अधिकांश व्यक्ति व्यापारी र समाजसेवी छन् यो चाहिँ खुशीको कुरा हो यसबीच व्यापारी वर्गबाट प्रहरीले हामीलाई अर्कै आँखाले देख्ने गरेको कुराहरु आउने गर्छ यस्तो सानोतिनो घटनाहरु घट्ने गर्छ तर पनि म आफ्नो कार्यकालमा प्रहरी र व्यापारीलाई एक अर्काको नजीक ल्याउने प्रयास गर्दै रहनेछु । कसौंधन वैश्य समाज र व्यापारी वर्ग समय-समयमा कुनै पनि समस्या पर्दा ज्ञापन पत्र बुझाउन पनि आफ्नो यहाँ आउन् म समस्या समाधान गर्ने प्रयास
    गर्नेछु ।’
    बाँके जिल्लामा अपराध कम गर्न प्रहरी प्रयत्नशील छ अपराध नियन्त्रण गर्ने कार्य हुन्छ भनि प्रतिबद्धता प्रकट गर्दै उहाँले अगाडि भन्नुभयो, ॅम पनि समाजबाटै आएको व्यक्ति हुँ यस कारण समाजभित्रै आएर बस्न चाहेको छु । यसै कारण म तपाईहरुको बीचमा आएको हुँ ।’
    समाजका अध्यक्ष नन्नलाल वैश्यले कार्यक्रमको अध्यक्षता गर्दै भन्नुभयो, ॅकसौंधन वैश्य समाजले समाज सेवा कार्यहरु गर्दै यहाँ कन्हैयालाल धर्मशाला,किन्नुराम काशीराम पंचायती धर्मशाला, नारायण मावि, महेन्द्र बहुमुखी क्याम्पस लगायत निर्माण कार्यहरु गर्दै हिन्दु शम्शान भूमि निर्माण लगायत कार्यहरु गरेको छ । प्रहरी र नागरिक एक अर्कासँग नजिकिनु पर्छ यसरी हामी दुवैबीचको सम्बन्भ अझ प्रगाढ हुन्छ । आपसी समझदारी र सामञ्जस्यता कायम भयो भने अपराध कम हुन्छ र शान्तिको वातावरण बन्छ ।’
    उक्त कार्यक्रममा महिला मञ्चका अध्यक्ष सीता देवी वैश्य, सचिव सोनाली गुप्ता, आदित्य गुप्ता, अमूल्य गुप्ता, राकेश कुमार वैश्य, राज कुमार वैश्य, कसौंधन वैश्य समाजका अग्रज व्यक्तित्व जय नारायण गुप्ता लगायतले आ-आफ्नो विचारहरु राख्नु भएको थियो ।
सायद ४ people, including Nandlal Baish तथा  उभिएका मानिसहरू को तस्बिर हुनसक्छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here