नेपालगन्जः बाँकेमा पछिल्लो २४ घण्टामा थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा ६८ वटा नमुना परीक्षण गर्दा थप ८ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन समिति बाँकेले जनाएको छ ।

भेरी अस्पतालमा २७ नमुना परीक्षण गर्दा ५ जना, मेडिकल कलेज कोहलपुरमा १९ नमुना परीक्षण गर्दा १ जना र बागेश्वरी ल्याबमा २२ नमुना परीक्षण गर्दा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको समितिका फोकलपर्सन तेज ओलीले बताउनुभयो ।

तीमध्ये बाँकेका दुईजना मात्रै हुन् । योसँगै बाँकेमा संक्रमितको संख्या १७ हजार ४ सय ७१ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ जना डिस्चार्ज भएका छन् । योसँगै बाँकेमा १७ हजार १ सय १० जना डिष्चार्ज भएका छन् ।

संक्रमित मध्ये ३ सय ११ जनाको मृत्यु भएको छ । जिल्लामा ५४ जना सक्रिय संक्रमित रहँदा ४० जना अस्पताल र आइसोलेसनमा छन् भने २७ जना होम आइसोलेसनमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here