३१ भाद्र, नेपालगञ्ज । बाँके प्रहरीले ४ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर सहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाँके खजुरा गाउँपालिका वडा नं. ४ एल.गाउँका २९ वर्षीय आशिष चौधरी रहेका छन् ।
नेपालगञ्ज उपमहानगपालिका वडा नं. १५ स्थित भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका चौधरीलाई शंका लागेर चेकजाँच गर्दा निजको साथबाट कालो प्लाष्टिकले पोका पारी बनाई राखेको ५ पोकाब्राउनसुगर जस्तो देखिने ४ ग्राम ५०० मिलीग्राम धुलो बरामद भएको हो ।
चौधरीलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here