९ वैशाख, नेपालगन्ज । बाँके प्रहरीले लागू औषध ब्राउन सुगर सहित दुई जनालाई पक्राउ गरेको छ ।
नेपालगन्ज उ.म.न.पा. वडा नं. १५ स्थित इलाका प्रहरी कार्यालय जमुनाह बाँके र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगन्जबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा जिल्ला दैलेख आठविसकोट न.पा. ४ बस्ने मनोज माझीको साथबाट शुद्ध तौल गर्दा ४० मिलिग्राम लागू औषध ब्राउन सुगर जस्तो खैरो पदार्थ र जिल्ला सल्यान शारदा न.पा.७ बस्ने भुवन रेउलेको साथबाट शुद्ध तौल ८९० मिलिग्राम लागू औषध ब्राउन सुगर जस्तो खैरो पदार्थ र ट्रामाडोल ६ पत्ता सहित पक्राउ गरी आवश्यक अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय नेपालगन्ज, बाँकेका नि. सूचना प्रहरी निरीक्षक अधिकारी रमेश बिष्टले जानकारी गराएका छन् ।








