कञ्चनपुर । वेदकोट नगरपालिका सुन्दरपुरस्थित कृषि तालिम केन्द्रको परिसरबाट लागुऔषध खैरो हिरोइनका कारोवारी दुई जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेका अनुसार लागुऔषध खैरो हिरोइनको कारोवार गर्नका लागि पुगेका २५ वर्षीय गणेश विष्ट र २६ वर्षीय करन धामीलाई पक्राउ गरेको हो । दुवैको साथबाट प्रहरीले दुई ग्राम ६० मिलिग्राम लागुऔषध खैरो हिरोइन बरामद गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here