२१ चैत्र, नेपालगञ्ज । वडा प्रहरी कार्यालय, नेपालगञ्जको टोलीले अवैध भन्सार छलिको १० लाख भन्दा बढि मूल्यको सामान बरामद गरेको छ ।
बुधवार राती १ः१५ बजेको समयमा जिल्ला बाँके नेपालगञ्ज उप–महानगरपालिका वडा नं.७ गगनगञ्ज प्रगतिशिल मार्गबाट उक्त सामान बरामद गरिएको हो ।
वडा प्रहरी कार्यालय, नेपालगञ्जबाट खटिएको प्रहरी टोलीले असरफ अन्सारीको घरमा नामथर, वतन नखुलेको भाडामा बस्दै आएको व्यक्तिको कोठाबाट उक्त सामान बरामद गरेको हो ।
कोठाको रितपूर्वक खानतलासी गर्दा भारतबाट नेपालमा भन्सार छलि अबैध रूपमा चोरी पैठारी गरी ल्याइएका कुर्ता सुरुवाल ४४३ थान तथा जिन्टप क्याप्सुल भिटामिन ३,००० पत्ता गरि करिब १० लाख ४३ हजार मूल्य बराबरको सामान बरामद गरी आवश्यक कारवाहीको लागि नेपालगञ्ज भन्सार कार्यालय बाँकेमा पठाइएको वडा प्रहरी कार्यालय, नेपालगञ्जले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here