१ जेठ, नेपालगन्ज । सेवा निवृत्त भएका प्रहरी कर्मचारीहरुलाई बिहीवार एक कार्यक्रमबीच विदाई गरिएको छ ।
नेपाल प्रहरी सेवामा २०५२।०२।०१ गते प्रहरी जवान पदमा सेवा आरम्भ गरी सङ्गठनको विभिन्न प्रहरी इकाईहरुमा अनवरत रुपमा देश र जनताप्रति निष्ठावान तथा समर्पित रही सेवा प्रवाह गर्दै प्रहरी नायब निरीक्षक जस्तो गरिमामय पदमा पुगेका प्रहरी कर्मचारीहरुलाई विदाई गरिएको हो ।
२०८२ जेठ १ गतेदेखि प्रहरी नायब निरीक्षक पदबाट अनिवार्य अवकाश लिई सम्मानपूर्वक सेवा निवृत्त भएका प्रहरी कर्मचारीहरुलाई कार्यालय प्रमुख प्रहरी उपरीक्षक राम प्रसाद घर्ती मगरद्वारा कदर पत्र, मायाको चिनो र अवकाश पत्र प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जानकारी गराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here