३१ श्रावण, काठमाडौ । गायिका सुस्मिता स्याङ्तानको “भेट्लास है” बोलको गीत बजारमा आएको छ ।
पछिल्लो समय सामाजिक सञ्जालमा सुपरिचित र्यापर निमा लामा, र्याप स्टार र जेम्स जिम्बाले गाएको र्याप गीतको हुकलाइनमा गायिका सुस्मिता स्याङ्तान र गायक एंव संगीतकार कर्साङ लामाको स्वर रहेको छ । गीतलाई बिरिसु न्युजको अफिसियल युटुब च्यानलबाट बजारमा ल्याएको हो ।
पारीजात रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतलाई सञ्चारकर्मी विवेक लोप्चनले लेखेका हुन् भने, कर्साङ लामाले संगीत संयोजन, ध्वनी सम्पादन र संगीत गरेका हुन । गंगाराम राइले छायांकन गरेको उक्त म्युजिक भिडियोलाई तामाङ चलचित्र जगतका महानायक अमिर दोङ्ले निर्देशन, कोरियोग्राफी र सम्पादन गरेका हुन् । भिडियोमा अशिम लोप्चन, सञ्जय बोम्जन, राज श्रेष्ठ, कबिता तामाङ, विश्व तामाङ, स्मिता तामाङ, मन्दिरा तामाङ, क्रिष्टिना जिम्बा, मरिचमान योन्जन, अमृत रुम्बा र प्रबी तामाङको अभिनय समेटिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here