३ असार, नेपालगञ्ज । नेपालगञ्जको युथ टुडे न्युज अनलाईनमा मिति २०८० जेठ ३२ गते प्रकाशित डुडुवा गाउँपालिका वार्ड नं. ४ का वडा अध्यक्ष सगिर खाँले मादक पदार्थ सेवन गरि युवामाथि आक्रमण शिर्षकको समाचारको गाउँपालिकाले भत्सर्ना गरेको छ ।
वडाध्यक्ष खाँ नेपालगञ्ज बजारबाट आफ्नो घरतर्फ फर्कदै गर्दा फुल्टेक्रामा एक पसलमा पान खाने क्रममा नजिकै रहेका साथीहरुबिच हाँसो मजाक गर्ने क्रममा सामान्य विवाद मात्र भएको र कुनैपनि आक्रमण र घटना नभएको उनले बताएका छन् । तर समाचारमा वडाध्यक्ष खाँलाई बदनाम र चरित्र हत्या गर्ने उद्देश्यले त्यस्तो समाचार प्रकाशन गरिएको कार्यप्रति गम्भीर ध्यानाकर्षण गराउँदै उक्त समाचारको खण्डन गरिएको छ ।
कुनै पनि समाचार लेख्ने क्रममा सत्य तथ्य समाचार लेख्ने र पत्रकारिताको मान मर्यादाभित्र रहेर पेशा व्यवसाय गर्न जोड दिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here