९ वैशाख, नेपालगञ्ज । अनलाइन सट्टेबाजी जुवामा संलग्न १५ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेबाट प्रहरी निरीक्षक सुजन शाहको कमाण्डमा खटिएको प्रहरी टोलीले अनलाइन सट्टेबाजी जुवा खेलाउँदै गरेका १५ जना पक्राउ गरेको हो ।
अनलाइन सट्टेबाजी जुवा हुने गरेको गोप्य सूचनाको आधारमा पुगेको प्रहरी टोलीले नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बोझीस्थित अयुब हलवाईको घरमा फ्ल्याट भाडामा लिई अनलाइन सट्टेबाजी जुवा सम्बन्धि काम गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट १८ थान ल्यापटप र ५६ थान मोबाइल पनि बरामद गरिएको छ ।
पक्राउ पर्नेहरुमा बर्दियाको गुलरिया नगरपालिका–६ बस्ने बर्ष ३८ का बिराज पौडेल, सोही ठाउँ बस्ने बर्ष २० का सास्वन पाठक, बाँके खजुरा–१ का ३८ वर्षीय इश्वर राणा, सोही ठाउँ बस्ने ३७ वर्षीय टोप बहादुर थापा, मोरङको मिक्लाजुङ–६ का २५ वर्षीय इसाक लिम्बु, सोही ठाउँ बस्ने १९ वर्षीय सुदेश राई र २२ वर्षीय रोशन दनुवार रहेका छन् ।
यस्तै खोटाङको अइसेलुखर्क–६ का २७ वर्षीय प्रविण राई, इलामको इलाम ९ बस्ने ३३ वर्षीय पर्शुराम दर्जी, सिराहाको सिराहा–७ बस्ने २३ वर्षीय राकेश कुमार यादव, पर्साको बिरगञ्ज १४ बस्ने बर्ष ३१ का सुरेन्द्र चौधरी, उदयपुरको चाङडिगडी–८ बस्ने बर्ष ३२ का भास्कर मगर, रुकुम (पश्चिम) को आठबिसकोट–९ का २६ वर्षीय दिपेन्द्र केसी, गोरखाको अजुरकोट– ४ बस्ने बर्ष २९ को रुपक कोइराला र पर्बतको त्रिबेणी–२ बस्ने बर्ष ३५ का सुन्दर राणा पनि पक्राउ परेका छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । उनीहरूमाथि सट्टेबाजी जुवा अन्तर्गत मुद्दा चलाएर अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालय, बाँकेका सूचना अधिकारी एवं प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here