दान बहादुर बि.क। नेपालगन्ज

नेकपा माओवादी केन्द्र वडा नं. १९ को चुनावी घरदैलो अभियान कार्यक्रम निरन्तर हुदै आएको छ। आसन्न बैशाख ३० गते हुन गहिरहेको चुनाव नजिकिदै जाँदा माओवादी केन्द्रले यस वडामा घरदैलो अभियान कार्यक्रम लाई निरन्तरता एंवम तिव्रता दिएको छ।

वडा नं.१९ मा अध्यक्ष शम्भु नाथ योगि , सदस्य गोमति प्रसाद वर्मा , ललउ महाउत, दलित महिला सदस्य शान्ता परियार र महिला सदस्य मन्जु ज्ञवाली यी पाँच जनका उम्मेदवारी रहेको छ। स्थानीय तहको निर्वाचन केन्द्रित चुनावी घरदैलो अभियान कार्यक्रममा पनि पार्टि प्रवेश गर्ने युवाहरूको कमि नभएको नेकपा माओवादी केन्द्र सदस्य तथा यस वडा ईन्चार्ज क.मिना मल्लले बताउनुभयो ।

वडाका पाँचै जना उम्मेदवार लगायत पार्टीका कार्यकर्ताहरु निरन्तर घरदैलोमा लागिपरेका छन। जसरि पनि वडा नं.१९ मा माओवादी केन्द्रका सम्पूर्ण उम्मेदवारहरुलाई नै जिताउने लक्ष्यका साथ आफु यस घरदैलो अभियानमा जोडिएको एक जना मतदाताले बताउनुभयो । विभिन्न टोलमा पुगेर घरदैलो गर्ने क्रममा चौरतरको चुनावमा जितेर स्थानीय सरकार समालेका जनप्रतिनिधिहरुले बिकासको नाममा एक सिनकोपनि नभाँचोको भन्दै जन्ताहरुले गुनासो पोखेको र यश पटक माओवादीलाई नै मतदान गर्ने खुलासा गरेको नगर कमिटी सदस्य क. जनक कार्कीले जानकारी दिनुभयो ।प्रत्येक दिन कम्तीमा १००जनाब्याक्तिहरु यस घरदैलो अभियानमा जुटिरहेका छन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here