नेपालगञ्ज । वर्षाका कारण बाँकेमा राप्ती नदीले खतराको सतह पार गरेको छ ।
राप्ती नदीमा पानीको सतह ५ मिटर ४० सेन्टिमिटर पुगेपछि खतरा मानिन्छ । बाढी मापन केन्द्र कुसुमका अनुसार शनिवार दिउँसो २ः२० बजे राप्ती नदीमा पानीको सतह ५ मिटर ६२१ सेन्टिमिटर पुगेको छ ।
कुसुमस्थित राप्ती नदीमा पानीको सतह ५ मिटर रहे चेतावनीको सतह र ५ दशमलव ४ मिटर भए खतराको सतह मानिन्छ । राप्ती नदीमा खतराको सतहमा पानी भए डुडुवाको होलिया, चौफेरी, बेतहनी, कम्दी र राप्तीसोनारी गाउँपालिकाको बैजापुर, बिनौना, फत्तेपुर लगायत क्षेत्र डुबानमा पर्ने गरेका छन् ।
राप्ती नदीले खतराको सतह पार गरेपछि कुसुमस्थित बाढी मापन केन्द्रमा खतराको साइरन बजाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here