इस्लाम धर्मावलम्बीहरूको महान पर्व, ईद (इदुल फित्र) को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दिदी बहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुका लागि हार्दिक शुभकामना व्यक्त गर्दै वहाँ ले यस पर्व को विशेषता हरु बताउनु भयो ।
मंगलवार नेपालमा मुसलमानहरुले इद मनाउने भएका छन् । इस्लामिक पात्रोको नवौं अर्थात् रमादानको पवित्र महिना सकिएपछि दशौं महिना (शवल)को पहिलो दिनलाई इद अल फित्रको रुपमा मनाइने गरिन्छ ।

रमादानको पवित्र महिनामा हरेक दिन सूर्योदयदेखि सूर्यास्तसम्म मुसलमानहरुले पानी समेत नपिई कठोर ब्रत बस्ने गर्छन् । सोही ब्रत पूरा भएको अवसरमा इद अल फित्र मनाइने गरिन्छ ।

के गरिन्छ इदमा ?
इदका दिन सबै आफन्त तथा साथीभाई भेला भई नमाज पढ्ने, इदको शुभकामना दिने, मिठा खानेकुरा खाने, दान दिने र ‘इद मुबारक’ भनी शुभकामना साटासाट गरी आत्मियता भाइचारा दर्शाइने गरिन्छ । त्यस्तै, विश्वका अधिकांश मुलुकहरुमा इदका दिन सार्वजनिक विदा दिने गरिएको छ ।

चन्द्रमा

इस्लामिक पात्रो चन्द्रमासमा आधारित छ । सोही कारण आकाशमा चन्द्रमा देखिन्छ कि देखिन्न भन्ने हिसाबमा इदको टुङ्गो लाग्ने गरेको छ । हरेक वर्षको रमादान महिना २९ वा ३० दिनको हुने गर्छ । स्थानीय इस्लामिक प्रशासनले चन्द्रमा देखिए–नदेखिएको निक्र्यौल गरी इदको मिति घोषणा गर्ने गरेको छ । विभिन्न भौगोलिक क्षेत्रमा इदको चन्द्रमा कहिले देखिने वा नदेखिने हुनाले विश्वका विभिन्न स्थानमा इद मनाउँदा एक दिनको फरक पर्न सक्छ ।


कसरी शुभकामना दिने ?

इद विश्वको सबैभन्दा महत्वपूर्ण धार्मिक पर्व मध्येको एक हो । विश्वका करिब २ अर्ब मुसलमानहरुले इद मनाउँछन् । इदको शुभकामना दिँदा ‘इद मुबारक’ भन्ने गरिन्छ । यसको अर्थ ‘इदको शुभकमना’ भन्ने हुन्छ । खासमा इदको शुभकामना दिँदा अंकमाल गरी इद मुबारक भन्ने परम्परा छ ।

दुई इद

मुसलमानहरुले वर्षमा दुईपटक इद मनाउने गर्छन् । रमजान सकिएसँगै इद अल फित्र मनाइने गरिन्छ भने इस्लामिक पात्रोको १२ आंै महिना दुः अल हिजाको १० तारिखमा इद अल अजहा मनाइने गरिन्छ । इद अल फित्र रमादान सकिएको शुखीयालीमा मनाइन्छ भने इद अल अजहा चाहिँ ईश्वरले छोरा इस्माइलको बली दिन भनी दिएको आज्ञा पूरा गर्न इब्राहिम तत्पर भएको सम्झनामा मनाइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here