३ वैशाख, नेपालगन्ज । बाँकेबाट साउदी अरेबियाको मक्का मदिना हज गर्न जाने हज यात्रीहरुलाई शनिवार राँझा विमान स्थलबाट विदाई गरिएको छ ।
केही हज यात्री आफ्नो निजी सवारी साधनबाट काठमाडौं गएका छन् भने केही बस र केही हवाई जहाजबाट काठमाडौंतर्फ प्रस्थान गरेका छन् ।
यस वर्ष बाँकेबाट १५५ जना इस्लाम धर्मावलम्बी साउदी अरेबिया प्रस्थान गर्न लागेका छन् ।
इस्लाम धर्मका पाँच स्तम्भहरु रहेका छन् । कलमा, नमाज, रोजा, जकात र हज ।
हज इस्लाम धर्मावलम्बीको लागि जीवनमा एक पटक अनिवार्य रुपले गर्नुपर्ने पवित्र धार्मिक यात्रा हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here