बिहिवार नेपालगन्ज स्थित भेरी अस्पतालमा बिरामीको उपचारमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मी माथि भएको आक्रमणको घोर निन्दा व्यक्त गर्दै दोषीलाई कडा कार्वाहीको माग गर्दै स्वास्थ्यकर्मीहरुले आन्दोलन सुरु गरेका छन ।

बिहान ८ बजे देखि चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले आन्दोलन सुरु गरेका छन । आक्रमणको घटना प्रति खेद प्रकट गर्दै नेपाल नर्सिङ संघ बाँकेले निन्दा गरेको छ ।

बिहिवार राति बिरामीको उपचारमा डा. दिपक गुप्ता, डा. चन्द्रप्रकाश शाहु, डा. समा अनसारी, स्टाफनर्सहरु आश्वीन गुरुंग, सदिक्षा गैरे, बन्दना श्रेष्ठ उपचारमा खटिएका थिए । तर जटिल अवस्थामा रहेका रावतको उपचार गर्दा गर्दै पनि उपचारकै क्रममा बिहिवार ८ बजेको समयमा मृत्यु भएको थियो ।

ज्यानै लिने गरि तीन चार जनाको हुलले उपचारमा खटिएकी स्टाफनर्स सदिक्षा गैर माथि आक्रमण गर्दै उनको घाटी थिच्न थालेका थिए । यता डा. चन्द्र प्रकाशलाई पनि हातपात गर्न थाले पछि स्वास्थ्यकर्मीहरुले ज्यान जोगाउन फुत्किएर सौचालय तिर भागेका थिए । तीन चार जनाको हुलले उनीहरु पछ्याउँदै ढोका हान्न् थाले पछि स्वास्थ्य कर्मीहरुले सौचालयको झयालको सिसा फोडेर डा शाहु, सदिक्षा, बन्दना र आश्वीनले हामफालेर ज्यान जोगाएका थिए ।यता आज बिहान नेपाल नर्सिङ संघ बाँके कि अध्यक्ष लक्ष्मी केसि ओलिले आज प्रेस नोट जारी गर्दै,’अस्पतालमा बिरामीको सेवामा कोरोना महामारीको कहरमा जिवनलाइ समेत हत्केलामा राखी सेवारत आम जनस्वास्थ्य कर्मी माथि भएको सांघातिक आक्रमणका दोषीहरुलाइ कार्बाही र सुरक्षाको प्रत्याभूतीका लागि राती अबेर सम्म भएको छलफल टुंगोमा नपुगेको हुँदा सोका सन्दर्भमा छलफल गर्न बांके जिल्लाभरका नर्सिङ कर्मीहरु, आम स्वास्थ्यकर्मी र चिकित्सकहरुलाइ शुक्रबार बिहान 8:00 बजे भेरि अस्पताल प्राङ्गणमा उपस्थितीका लागि अनुरोध गरेकी थिइन ।’

प्रेस नोट

आफनो जिवनलाई नै जोखिममा राख्दै सदैब बिरामीको सेवामा आफुलाइ समर्पित गर्ने चिकित्सक , नर्सिङ कर्मी र आम स्वास्थ्य कर्मिहरु माथी हुने दुर्ब्यभार, सांघातिक हमला अनि कुटपिट जस्ता अप्रिय घटनाहरूले शृङ्खला बद्द ढंग बाट विभिन्न अस्पतालहरुमा अराजक समुह र शक्तिको आढमा हुने अपराधजन्य कदमहरुको नेपाल नर्सिङ संघले सधैब कडा बिरोध गर्दै आइरहेको छ । भेरी अस्पतामा मिति २०७८ साल जेठ १३ गते राती बिरामीको सेवामा निस्वार्थ भावले अनवरत लागी रहेका चिकित्सक, नर्सिङकर्मी र आम स्वास्थ्यकर्मी माथि भएको सांघातिक अपराधजन्य घोर निकृस्ठ घटनाको नेपाल नर्सिङ संघ बांके भत्सर्ना गर्दै संघको गम्भीर ध्यानाकर्षण भएको छ। निरन्तर सृङ्खला बधढंगले शक्तिको आडमा वा अन्य समुह बाट हुने यस्ता अपराधजन्य प्रवृत्तिका घटनामा संलग्न दोषि ब्यक्ति वा समुहलाई अबिलम्ब नियन्त्रणमा लिइ कडाभन्दा कडा कार्बाहि गर्न र आगामी दिनमा शान्ति पुर्ण बाताबरणमा निर्भीक्ताका साथ स्वास्थ्यकर्मिलाइ काम गर्ने बाताबरण मिलाउन नेपाल सरकार र स्थानीय प्रशासन समक्ष हामी जोडदार माग गर्दछौं । डिउटिमा रहेका चिकित्सक,नर्सिङकर्मीहरु जो जीउ ज्यान जोगाउनका निम्ति अस्पतालको तला बाट हाम फाल्दा घाइते हुनु भयका सबैको स्वास्थ्य लाभको कामना गर्दछौ ।

साथै भेरी अस्पतालमा बिरामीको सेवामा यो कोरोना महामारीको कहरमा जिवनलाइ समेत हत्केलामा राखी सेवारत आम जनस्वास्थ्य कर्मी माथि भयको सांघातिक आक्रमणका दोषीहरुलाइ कार्बाही र सुरक्षाको प्रत्याभूतीका लागि राती अबेर सम्म भएको छलफल टुंगोमा नपुगेको हुँदा सो का सन्दर्भमा छलफल गर्न बांके जिल्लाभरका नर्सिङ कर्मीहरु, आम स्वास्थ्यकर्मी र चिकित्सकज्यु हरुलाइ मिति २०७८ जेठ १४ गते शुक्रबार बिहान 8:00 बजे भेरि अस्पताल प्राङ्गणमा उपस्थितीका लागि समेत हार्दिक अनुरोध छ ।

“एकता नै पेसागत संगठनको बल अनि हाम्रो सुरक्षाको अस्त्र हो ” भन्ने कुरालाई मनन गरौं “।

लक्ष्मी केसि ओलि
अध्यक्ष
नेपाल नर्सिङ संघ बांक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here