Home ब्यानर बाँकेमा एक वर्षको अवधिमा ६०२ जना ‘मोस्ट वान्टेड’ पक्राउ बाँकेमा एक वर्षको अवधिमा ६०२ जना ‘मोस्ट वान्टेड’ पक्राउ Aman Hussain - June 29, 2021 0 648 FacebookTwitterPinterestWhatsApp बाँके,असार १५ गते । बाँके प्रहरीले गएको एक वर्षको अवधिमा विभिन्न अपराधमा संलग्न भएर फरार रहेकामध्ये ‘मोस्ट वान्टेड’ सूचीका ६०२ जना अपराधीलाई पक्राउ गर्न सफल भएको छ । प्रहरीका अनुसार पक्राउ गरिएकामध्ये अधिकांश भागेर सीमापारि भारतका विभिन्न ठाउँमा लुकेर बसेका थिए । पक्राउ परेकामा हत्या, अपहरण, बलात्कार, ठगी र चोरी डकैतीमा संलग्न भई अदालतद्वारा दोषी ठहर गरिएकाहरू हुन् । त्यसभन्दा अघिल्लो वर्ष ५२ जना फरार अपराधी पक्राउ भएका थिए । गत वर्ष ६०२ जनालाई पक्राउ गर्नु ठूलो सफलता भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । उनीहरूबाट ४५ लाख रुपैयाँ जरिवानासमेत असुल गरिएको छ ।कार्यालयको बार्षिक प्रगति विवरणमा तस्करी नियन्त्रण र अन्य कारबाहीबाट पाँच करोड ४८ लाख ९३ हजार रुपैयाँ राजस्व सङ्कलन गरिएको छ । कार्यालयका अनुसार पाँच करोडभन्दा बढीका ढुङ्गा, बालुवा, गिट्टी बरामद गरेर जफत गरिएको जनाइएको छ । त्यस्तै सहकारी संस्थामा ४३ करोड रुपैयाँ हिनामिना गर्नेमध्ये सात जनालाई पक्राउ गरिएको हो ।दुई करोड ५० लाख रुपैयाँ लिई नागमणी दिन्छु भन्ने तीन जनालाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । त्यसैगरी आठवटा अवैध हातहतियारसहित नौ जना र राष्ट्रिय अनुसन्धानका सूचक प्रवीण थापाको हत्यामा संलग्न सात जनालाई समेत पक्राउ गरिएको प्रहरीको विवरणमा उल्लेख छ ।गत वर्ष तस्करीमा प्रयोग भएका ६१ वटा मोटरसाइकल, ५६० वटा साइकल, २८ वटा ई–रिक्सा, दुईवटा बोलेरो भ्यान र तीनवटा ट्रकसहित १९३ जनालाई पक्राउ गरेर दुई करोड नौ लाख रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरिएको प्रहरीले जनाएको छ । सो अवधिमा ठूलो परिमाणमा लागूऔषधसहित १८२ जनालाई पक्राउ गरिएको पनि जिल्ला प्रहरी कार्यालयले जनाएको छ । लाइभपाटी RELATED ARTICLESMORE FROM AUTHOR वन्यजन्तुको चपेटामा मधुवनका बासिन्दा, राहत र पूर्वाधारप्रति गुनासो वन्यजन्तुका कारण हुने नोक्सानीको राहत प्रक्रियाबारे युवाहरुको चासो ३ महिला सहित २३ जनाले गरे रक्तदान LEAVE A REPLY Cancel reply Please enter your comment! Please enter your name here You have entered an incorrect email address! Please enter your email address here Save my name, email, and website in this browser for the next time I comment. कतार च्यारेटीको सहयोगमा बाँके युनेस्को क्लबद्वारा तीन महिने सिलाई कटाई तालिम... नेपालमा ३ हजार ३ सय ६५ थपिए, १६ को मृत्यु लागू औषध मुद्दाको फरार प्रतिवादी पक्राउ खेलकुद मन्त्री ‘अथक’ बाँके १ नं. बाट उम्मेदवार सिफारिस सन्त नेता भट्टराईलाई सम्झँदै बागेश्वरी मन्दिरमा कांग्रेसद्वारा सरसफाई