१६ पौष, नेपालगञ्ज । नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको र सिवालय सेक्युरिटि एण्ड मल्टिपल प्रा. लि. बाँकेको संयुक्त आयोजनामा नेपालगञ्जमा प्रदेश स्तरिय नेपालगञ्ज लघु घरेलु, कृषि, पर्यटन महोत्सव हुने भएको छ ।
‘समृद नेपालको प्रमुख आधार उद्यमी व्यापार कृषि पर्यटन सांस्कृतिक तथा रोजगारको पुर्वाधार’ नाराका साथ महोत्सव आयोजना गरिदै छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा यही माघ १० गते देखि २४ गतेसम्म नेपालगञ्जको सडक डिभिजन कार्यालय कारकाँदो परिसरमा रहेका फिल्डमा प्रादेशिक स्तरिय नेपालगञ्ज व्यापार लघु, घरेलु, कृषि तथा पर्यटन महोत्सव आयोजना हुन लागेको बाँककी अधरेलु महासंघकी अध्यक्ष मधुकुमारी खड्काले जानकारी दिइन् । कार्यक्रममा अध्यक्ष खड्काले भनिन्, ‘विगत केही वर्ष देखि देशमा आर्थिक संकटले व्यवसायीहरु बढी मारमा परिरहेका छन् । यसलाई मध्य नजर गरी यो महोत्वसको आयोजना गरिएको हो ।’
महोत्सबमा मुख्य आकर्षणको रुपमा यस क्षेत्र मै पहिलो पटक कुस्ती प्रतियोगिता आयोजना हुने छ । जसमा नेपालकै उत्कृष्ट इन्टरनेशनल खेलाडी दावा थापा लगायतका खेलाडीको सहभागिता रहने छ महोत्सवमा प्रवेशका लागि ६० रुपैया प्रवेश शुल्क र विद्यार्थीलाई ५० रुपैयाँ टिकट दर राखिएको बताइएको छ ।
महोत्सबमा ३०० स्टल रहने छ जसभित्र थारु होमस्टे, थारु गाउँ पनि रहने छ । महोत्सव भित्र टिकटक पारखीका लागि टिकटक प्वाइन्ट समेत रहने छ । यस्तै, खेलमा बाल उद्यान लगायतका विभिन्न खेलहरुको स्टल समेत रहने छ महोत्सवमा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहने छ जसमा ५० बढि कलाकारहरुको सहभागिता रहने छ १४ दिने महोत्सवमा करिव १ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
उद्घाटनको दिन धम्बोझीदेखि कार्यक्रम स्थलसम्म भव्य झाँकी समेतको आयोजना गरिने आयोजकले जनाएको छ । महोत्सवमा १२ जिल्लाका उद्यमीहरुको उत्पादन गरेको वस्तुलाई पहिलो प्रथामिकता तथा स्थानिय बस्तुलाई पनि प्रथामिकता दिईने आयोजक संस्था सिवालय सेक्युरिटिका अध्यक्ष भक्त बहादुर थापाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here