१४ वैशाख, नेपालगञ्ज । जिल्ला प्रशासन कार्यालय बाँकेको नेतृत्व तथा सरोकारवाला निकायहरु समेतको सहभागितामा नेपालगञ्जमा रहेका बिभिन्न ५ वटा पेट्रोल पम्पहरुको बिहीवार स्थलगत अनुगमन गरिएको छ ।
अनुगमनका क्रममा नोजलबाट मापदण्ड बमोजिम कै परिमाण मात्रामा इन्धन खस्ने गरेको, कुनै कैफियत फेला नपरेको पाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जानकारी गराएका छन् ।
अनुगमन टोलीले आपतकालीन अवस्थामा चाहिने बस्तु दुरूस्त अवस्थामा राख्न निर्देशन पनि दिएको छ ।
अनुगमन गरिएको पम्पहरुमा कुसुम फिलिङ सेन्टर, मयंक ट्रेडिङ, भेरी आयल स्टोर, रिलायन्स फिलिङ सेन्टर, एन.डि. फिलिङ सेन्टर गरि ५ वटा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here