२७ पौष, नेपालगञ्ज । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस आज देशभर मनाइँदैछ ।
१७७९ साल पुस २७ गते गोरखामा जन्मिएका पृथ्वीनारायण शाहलाई नेपाल एकीकरणका नायक मान्ने गरिन्छ । उनले त्यसबेला बाइसे, चौविसे लगायत धेरै राज्यमा विभाजित नेपालको भूगोललाई एकीकरण गरेका थिए । यहि योगदानको कदर गर्दै २७ पुसलाई पृथ्वी जयन्तीका रुपमा मनाउने गरिएको छ ।
करिब ३१ वर्षको राज्यकालमा १८०० सालदेखि १८२५ सालसम्म पृथ्वीनारायण शाह नेपाल एकीकरणको युद्धभूमिमै थिए । एकीकरण र विदेशीविरुद्ध युद्ध सञ्चालन गर्न १५ वर्षजति दहचोक (इन्द्रदह)मै मुकाम गरे । थाहा भएका मात्र करिब १० वटा युद्धको नेतृत्व गरी आफैं लडे । १८२६ सालमा काठमाडौं उपत्यका पूरै एकीकरण गरेपछि सुनकोसीपूर्व टिष्टा–मोरङका युद्धहरूको खटनपटन र व्यवस्थामै व्यस्त रहे । आधुनिक नेपालको इतिहासमा बडामहाराज पृथ्वीनारायण शाहको व्यक्तित्वलाई हेर्दा विशिष्ट स्थान ओगट्न सफल देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here