बाँके । लैङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत मंगलवार राप्तीसोनारी गाउँपालिका वडा नं. ६ र ७ को सीमा पदनाहमा प्रशिक्षण तथा सडक नाटक प्रदर्शन गरिएको छ । राप्तीसोनारी गाउँपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा प्रशिक्षण कार्यक्रम गरिएको शाखा प्रमुख सम्झना दर्लामीले जानकारी दिइन् ।
प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका उपाध्यक्ष मनिषा सिंह थारुले लैङ्गीक हिंसा विरुद्ध शून्य शहनशीलताको विकल्प नभएको बताइन् । २१ औं शताब्दीमा पनि लिङ्गका आधारमा हिंसा गर्नु अत्यन्तै क्रुरुर मानसिकता भएको पनि उनको भनाइ छ । उनले हिंसा गर्नेलाई दण्डित गरिनु पर्ने बताइन् । ‘२१ औं शताब्दीमा पनि लिङ्गका आधारमा हिंसा हुनु स्वभवीय हुन सक्दैन् उनले भनिन्–‘हिंसामा परेकाहरुले खुलस्त भएर कानुनी उपचार खोज्नु पर्छ त्यसका लागि हामी प्रतिबद्ध छौं ।’
उनले अझैपनि घरेलु हिंसाका घटना भइरहेको पाइएको भन्दै त्यसको न्यूनीकरणका लागि सबैको भूमिका जरुरी रहेको औल्याइन् । उक्त प्रशिक्षण कार्यक्रममा बोल्दै वडा नं.७ का वडा अध्यक्ष राम लखन थारुले घरेलु हिंसा अन्त्यका लागि पहल आफैबाट सुरु गरिनु पर्ने बताए । शिक्षित र जानेबुझेकै घरमा हिंसाका घटना हुने गरेको भन्दै हिंसा न्यूनीकरणका लागि मनैदेखि हिंसा गर्नु हुदैन भन्ने मनोभावना जागृत हुनु पर्ने उनको भनाइ थियो । अधिवक्ता पुनम श्रेष्ठले कार्यक्रममा प्रशिक्षण दिइकी थिइन् ।
कार्यक्रममा टोल विकास संस्था, आमा समूह, मुक्त कमलहरीलगायतको सहभागिता रहेको थियो । त्यसक्रममा आइएनएफले लिङ्ग हिंसा विरुद्धको सचेतिकरण सडक नाटक प्रदर्शन समेत गरिएको शाखा प्रमुख दर्लामीले जानकारी दिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here