१५ वैशाख, नेपालगञ्ज । नेपालगञ्जमा नेपाल राष्ट्र बैंकको ६९औं वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा महिला पुरुष गरी ४३ जनाले रक्तदान गरेका थिए ।
६९औं वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा नेपाल राष्ट्र बैंक नेपालगञ्ज शाखाका उप–निर्देशक रामकुमार कार्कीले प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र नेपालगञ्जका प्राविधिक राजेन्द्र महतरालाई संयुुक्त रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरेका थिए ।
नेपाल राष्ट्र बैंक नेपालगञ्ज शाखाका सहायक निर्देशक किरण दिक्षितको संयोजकत्वमा ६९औं वार्षिकोत्सवको अवसरमा पुष्पराज जोशी, सरोज सुवाल, नेत्र बोगटी, सुवेश श्रेष्ठ, मन कुमारी रोका, सागर अधिकारी, दिल बहादुर थारु, हिमाल पाण्डे, रोशन गुरुङ्ग, संगीता बराल, सीता खडका, ममिता कुवँर, सोनु रिजाल, सन्दिप लामिछाने, गीता कुमारी भुषाल, ममता रावत, रेणु सुनाल, बिन्दु पन्थी, ज्योति सुनार, हरि भण्डारी, भियुसेन रोकामगर, अलका शर्मा, पुनम बैश्य, किरण गिरी, ओम बहादुर सारु, नबिन भट्टराई, धन कुमार कुमाल, प्रकाश आचार्य, अर्जुन बहादुर धामी, नन्द बहादुर खत्री, राजहंश बैश्य, दिपेश गुप्ता, प्रमित थारु, आकाश गुप्ता, राजेश कुमार थारु, फरमान सैयद, रामनरेश तमोली, सहबीर थापा, चेतना रिमाल, रोशन न्यौपाने, रबि कनौजिया, युवराज न्यौपाने, सन्तोष रावल लगायत ४३ जनाले रक्तदान गरेका थिए रक्तदाताहरुलाई प्रमाण–पत्र बितरण गरिएको थियो ।
कार्यक्रममा नेपाल राष्ट्र बैंक नेपालगञ्ज शाखाका निर्देशक देवेन्द्र गौतम, भलिवल कार्यक्रम संयोजक बिष्णु बहादुर के.सी,को सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।
नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र नेपालगञ्जका राजेन्द्र महतारा, होमराज गिरी, महेश रानाक्षेत्री, महेश दहित, केशर सिंह डाँगी र बीरेन्द्र योगीले प्राविधिकमा सहयोग गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here