१६ असार, नेपालगञ्ज । नेपालगञ्ज उपमहानगर पालिकाको ११औं नगरसभा बिहीवार सम्पन्न भएको छ । नगरसभाले आर्थिक विधेयक २०७९, विनियोजन विधेयक २०७९ सर्वसम्मत पारित गरेको छ । नगर प्रमुख प्रशान्त विष्टका अनुसार, कर्मचारीहरुको तलवी प्रतिवेदन तथा करार कर्मचारीको नविकरण गर्ने निर्णय पनि नगरसभाले गरेको छ । यसैगरी १० औं नगरसभादेखि ११ औं नगरसभाको बीचमा भएका निर्णय पनि नगरसभाले अनुमोदन गरेको छ । नगरसभाले नगर उपप्रमुख कमरुद्दिन राईको संयोजकत्वमा ३ सदस्यीय न्यायिक समिति गठन गरेको छ । नगरसभामा उपमहानगर पालिकामा सेवा गरेर अवकाश प्राप्त गरेका तथा अवकाशको संघारमा रहेका कर्मचारीहरुलाई सम्मान गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेत उमेर हदका कारण साउन पहिलोसाता अवकाश प्राप्त गर्ने भएकाले नगरसभामा सम्मान सहित विदाई गरिएको छ । नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्दिन राईले प्रमुख प्रशासकीय अधिकृत बस्नेतको विदाई गरे । यसैगरी सशितकुमार कलवार, रामचरण यादव, रामकृष्ण चौधरी, गगनसिंह साउद, टेकवहादुर केसी, कृष्णवहादुर केसी, नरवहादुर कठायत, उषा राणा, शिवकुमार वृजपति, स्व. रामसुरेश यादव, कृष्णदेवी बाल्मिकी, भद्रवहादुर शाही, शोभा बाल्मिकी र फकिरे भंगीलाई पनि सम्मान गरिएको प्रशासन महाशाखा प्रमुख राजन केसीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here