१९ फागुन, नेपालगञ्ज । नागरिक अधिकार मञ्च बाँकेको नयाँ कार्य समिति चयन भएको छ ।
शनिवार नागरिक अधिकार मञ्च बाँकेको बैठक बसी कार्यवाहक अध्यक्ष समीर अलीको नेतृत्वमा कार्य समितिलाई विस्तार गर्ने निर्णय हुँदा अध्यक्षमा समीर अली, उपाध्यक्षमा टंक रेग्मी तथा आकाश कसौंधन, सचिवमा अमन हुसैन सल्मानी, कोषाध्यक्षमा सकिल अहमद राई, सहसचिवमा फरमान सल्मानी त्यस्तै सदस्यमा आसिफ सिद्दीकी तथा अजिज मलिकलाई चयन गरिएको छ ।
यस्तै मञ्चको वरिष्ठ सल्लाहकारमा अनिलचन्द शाक्य र सल्लाहकारमा अजय कुमार गुप्ता, रमेश चन्द कुमाल, चन्द्रेश्वरराज त्रिपाठी र मनोज कुमार कौशललाई नियुक्त गरिएको छ ।
मधेश मिडिया मिसन नेपालको सहयोगी संस्था नागरिक अधिकार मञ्च रहेको छ । यस मञ्चको कार्य गर्ने दायरा ठूलो रहेकोले यसलाई सशक्त बनाउने प्रयास शुरु गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here