१६ वैशाख, नेपालगञ्ज । ‘गरौं योग, रहौ निरोग’ भन्ने नाराका साथ नरैनापुरमा एक दिने योग शिबिर तथा स्वास्थ्य परिक्षण शनिबार सम्पन्न भएको छ ।
स्वास्थ्य सम्बन्धि जानकारी दिने उद्देश्यले नरैनापुर गाउँपालिकाको आयोजनामा भएको शिविरमा सहभागीहरुलाई योग गुरु गिरिराज भट्टराईले प्रशिक्षिण दिएका थिए ।
शिबिरको समापन गर्दै नरैनापुर गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले नेपालमा दिनानुदिन रोगीहरुको संख्या बढ्दै गइरहेको सन्दर्भमा योगका माध्यमबाट रोग नियन्त्रण गर्न सहयोग मिल्ने बताए । उनले मानसिक तनाब कम गर्न योग सबैले गर्नु आवश्यक रहेको बताउदै योग गर्न पालिकाले योग समितिसंग सहकार्य गरी अगाडि बढ्ने जिकिर गरे । उनले योग गर्दा शरीर लचिलो बन्ने मात्रै नभइ मन र मस्तिष्क स्वस्थ हुने बताए । उनले योग गर्न नसक्दाको असर हाम्रो जीवन, कार्यक्षमतामा परिरहेको पनि बताए ।
योग गुरु गिरिराज भट्टराईले, योगाभ्यास गरेमा मन चंगा र शरीर पूmर्तिलो हुन्छ । मानिसको विचार, चालचलन, भोजनशैली, आचरण आदिमा सकारात्मक परिवर्तन आउँछ । मानिसमा असल चरित्र, गुण, चिन्तनको विकास हुन्छ । उसले लोककल्याणकारी काम गर्दछ । योगको अभ्यास गरी यसमा निपुर्ण भएका साधकहरूलाई योगी भन्ने गरिएको हो । योगले मन र शरीरलाई स्वस्थ र पूmर्तिलो बनाउनुका साथै असल चरित्रवान् व्यक्तित्वको निर्माण गर्ने भएकोले नरैनापुरवासीलाई योग अभ्यास गर्न आग्रह गरे ।
कार्यक्रममा नरैनापुरका स्वास्थ्य संयोजक नागेन्द्र कुमार शाह, योगाका प्रशिक्षकहरु सुमित्रा सुबेदी, संगिता शर्मा, निर्माला शाह लगायतले योगको माध्यमबाट आम नागरिकको स्वास्थ्य स्थितिमा सुधार गर्न योग समितिले काम गर्ने विश्वास व्यक्त गरे । शिबिरमा वडा नं. १ का अध्यक्ष इसाक जोलाह, वडा नं. ३ का अध्यक्ष अजय मिश्रा, योग समिति नेपालका पदाधिकारी, गाउँपालिकाका कर्मचारीहरुको सहभागिता रहेको थियो । योग शिबिरमा सहभागि ५३ जनाको स्वास्थ्य परिक्षण गरिएको स्वास्थ्य संयोजक शाहले जानकारी दिए ।
यसै गरी शिबिरकै क्रममा भरत महतोको संयोजकत्वमा ७ सदस्य योग समिति नरैनापुर शाखाको गठन गरिएको छ । समितिमा डा.सूर्य प्रकाश शाह, डा. गोपाल तिवारी, नागेन्द्र शाह, नबिन बुढा, रुपवरन यादव र माधव अधिकारी रहेका छन् । योग शिविरमा सहभागी हुन नरैनापुर पुगेका योग समितिका पदाधिकारीहरुलाई नरैनापुर गाउँपालिका अध्यक्ष शाहले खादा लगाएर स्वागत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here