१ वैशाख, नेपालगञ्ज । वर्ष २०८० लाई विदा गरि नयाँ वर्ष २०८१ लाई भव्य स्वागत गरिएको छ ।
सूर्य ग्रहले वर्षभरीमा बाह्रराशिको परिक्रमा गर्दछ । बाह्रराशिमा ३६० डिग्री हुन्छ । सूर्यले वर्षदिनमा ३६० डिग्रीको यात्रा सिध्याएर पुनः शून्य डिग्रीबाट अर्को वर्षको लागि यात्रा तय गर्ने दिनलाई मेषार्क अथवा बैशाख संक्रान्ति भनिन्छ यही दिनलाई विक्रम संवतको नया“ वर्ष मानिन्छ ।
नयाँ वर्षको अवसरमा पिकनिक खान जाने, विभिन्न स्थानमा घुम्न जाने र मन्दिरमा पूगेर पूजा गर्ने नेपालीहरुको प्रचलन रहेको छ । यस दिन हरेक व्यक्तिले गत वर्ष गरेका कामको सफलता असफलता मूल्यांकन गरी नयाँ योजनाको संकल्प गर्दछन् ।
नयाँ वर्षको अवसरमा बिहानै स्नान गर्ने, घर–आँगन सफा गर्ने, देवदेवीको दर्शन गर्न मन्दिर जाने, मीठोमीठो खाने, साथी तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना साटासाट गर्ने गरिन्छ । प्रत्येक वर्ष झैं नया“ वर्षलाई स्वागत गर्न देशभरका विभिन्न होटल, रेष्टुरेन्ट लगायतका ठाउ“मा सांस्कृतिक कार्यक्रमको आयोजना गरियो । प्रत्येक नेपालीले आफ्ना शुभचिन्तक, इष्टमित्र लगायतलाई विभिन्न सामाजिक सञ्जाल, एसएमएस, शुभकामना कार्ड मार्फत नया“ वर्ष २०८१ को शुभकामना व्यक्त गरेका छन् । नयाँ वर्ष २०८१ लाई देश विदेशमा बस्ने नेपालीहरुले एक–आपसमा शुभकामना आदान–प्रदान गरी स्वागत गरेका छन् ।
नयाँ वर्षको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रधानन्याधीश विश्वम्भर प्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल, राजनीतिक दलका शीर्ष नेता लगायतले शुभकामना सन्देश दिँदै सबै नेपालीको उन्नती प्रगतिको कामना गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here