२४ वैशाख, नेपालगञ्ज । महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज स्नातक तह कानून विषयका आंशिक विद्यार्थीले त्रिभुवन विश्वविद्यालयसंग सूचना माग गरेका छन् ।
त्रिभुवन विश्वविद्यालयबाट सञ्चालन हुने कानून संकायलगायत विभिन्न विषयको स्नातक तहको परिक्षाको प्रश्नपत्र अंग्रेजी भाषामा मात्र प्रश्नहरु किन सोध्ने गरिएको त्यसको कुनै निति, कानून निर्देशिका छ छैन यदि छ भने त्यसको प्रमाणित प्रतिलिपी पाउँ भनेर सूचना माग गरिएको छ ।
नेपालको संविधान २०७२ को धारा २७ अनुसार विद्यार्थीहरुले परीक्षमा सहभागी विद्यार्थीहरुले उत्तरपुस्तिका नेपाली भाषामा लेख्ने व्यवस्था गरिएको भएपनि प्रश्न किन अंग्रेजी भाषामा मात्रै सोधिने गरेको ? नेपाली र अंग्रेजी दुबै भाषामा प्रश्न सोध्ने व्यवस्था किन नगरिएको हो त्यसको जानकारी पाउँ ? परीक्षामा सहभागी हुने अधिकाँश विद्यार्थीहरुले भाषाका कारण प्रश्न पत्र नबुझेर लेख्न नसकेर असफल भईरहको अवस्थालाई विश्वविद्यालयले यसबारेको समस्या समाधान गर्नेतर्फ के योजना बनाएको छ ? त्यसको पुर्ण विवरण पाउँ । र छिमेकी देश भारतमा स्नाकोत्तर परीक्षाहरुमा समेत अंग्रेजी र हिन्दी भाषामा प्रश्नपत्र सोधिने प्रावधानहरु रहेपनि नेपालमा राष्ट्रिय भाषाको रुपमा रहेको नेपाली भाषालाई किन मान्यता नदिएको त्यसबारे पुर्ण जानकारी पाउँ ? लगायतको सूचना माग गरिएको छ ।
कानून संकायका आशिंक विद्यार्थीहरु राकेशकुमार मिश्र, सुर्यलाल यादव, तारा प्रसाद खत्री, धु्रबराज शर्मा, शंकर प्रसाद न्यौपाने, रविन्द्र कुमार ज्ञवाली, अञ्जना चौधरी, कविता मण्डल र सोमनाथ थारुले सयुक्त रुपमा आईतबार सूचना माग गरेका छन् ।
विश्वविद्यालयबाट अहिले कानून संकायको दोस्रो वर्षको आशिंक परिक्षा आइतवारदेखि शुरु भएको छ । आइतबार पहिलो दिन सार्वजनिक अन्र्तराष्ट्रिय कानून विषयको परीक्षा भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here