२९ असार, नेपालगञ्ज । अवैधरुपमा राखिएको ठूलो परिमाणको लागूऔषध सशस्त्र प्रहरीले बरामद गरेको छ । नेपालगन्जको सिमा नाका नजिकै अवैधरुपमा राखिएको ठूलो परिमाणको लागूऔषध ट्रमाडोल बुधवार बरामद गरेको हो । सशस्त्र प्रहरी बल नेपाल जमुनाह बिओपीबाट सशस्त्र प्रहरी नायब निरीक्षक अर्जुन कार्कीको कमान्डमा सिमा नाकामा खटिएको टोलीले बुधवार बिहान साढे ११ बजे नेपालगन्ज १५ जमुनाह गाउँ नजिकै बेवारिसे अवस्थामा राखिएको ठुलो परिमाणको लागूऔषध ट्रमाडोल क्याप्सुल बरामद गरेको जमुनाह बिओपीका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक जीवनलाल बुढाले जानकारी दिएका छन् । सिमा नाका नजिकै शंकास्पद तरिकाले प्लास्टिकमा बेरेर राखिएको अवस्थामा चेक जाँचका क्रममा सशस्त्र प्रहरीले ४८० क्याप्सुल ट्रमाडोल क्याप्सुल बरामद गरेको सशस्त्र प्रहरी निरीक्षक बुढाले बताए । बरामद गरिएको लागूऔषध ट्रमाडोललाई आबश्यक कारबाहीका लागि सम्बन्धित कार्यालयमा पठाइएको सशस्त्र प्रहरी निरीक्षक बुढाले जानकारी दिएका छन् । मंगलवार पनि सशस्त्र प्रहरीको जमुनाह बिओपीले नेपालगन्ज भन्सार कार्यालय अगाडिबाट एक जना र जमुनाह गाउँबाट ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरी आबश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here