बाँके डुडुवा गाउँपालिकामा लैंगिक समानता तथा सामाजिक समाबेशीकरण मूल प्रवाहीकरण सम्वन्धी दुई दिने कार्यशाला आज सम्पन्न हुने छ । प्रदेश प्रशिक्षण प्रतिष्ठान लुम्वनी प्रदेशको सहयोगमा डुडुवा गाउँपालिकाले शुक्रबारदेखि सुरु भएको दुईदिने कार्याशाला आज सम्पन्न हुने आयोजकले जनाएको छ ।

गाउँपालिकामा लैंगिक समानता तथा सामाजिक समाबेशीकरण जेसीको अवधारणालाई कार्यन्वयन गर्न स्थानीय सरकारका जनप्रतिनिधी र कर्मचारीहरुको क्षमता अभिबृद्धि गर्न उक्त कार्यक्रमको आयोजना गरिएको अधिबक्ता विश्वजित तिवारीले जानकारी दिनु भयो

कार्यशाला पश्चात गाउँपालिकामा जेसी फोकल पर्सन चयन, जेसी निती निमार्ण, समिति निमार्ण गरि आवश्यक प्रक्रिया अघि बढाउन कार्ययोजना निमार्ण गरिएको छ । तालिमको शुभारम्भ कार्यक्रममा बोल्दै गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रशुराम उपाध्यायले गाउँपालिकालाई जेसी नितिको आवश्यकता रहेको भन्दै यो कार्यलाई प्रभावकारी कार्यन्वयन गर्न गाउँपालिकाले बजेट विनियोजन गरि अघि बढने प्रतिबद्धता गर्नुभयो ।

स्थानीय तहको हरेक स्थानमा जेसीको अवधारणालाई लागु गरि महिला, दलित, अल्पसंख्यक, मुस्लिम तथा पछाडी परेका समुदायहरुको अर्थपूर्ण सहभागिता गराउन नितिको आवश्यकता रहेको छ । कार्यशालामा कार्यपालिका सदस्य, वडासदस्य, विभिन्न शाखा प्रमुख तथा कर्मचारी लगायतको सहभागिता रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here