२९ वैशाख, नेपालगञ्ज । जनमत अद्र्ध साप्ताहिक, नेपालगञ्ज र नेपाल स्वयम्सेवी रक्तदाता समाज बाँके जिल्ला कार्यसमितिको संयुक्त आयोजनामा शुक्रवार भएको त्रैमासिक रक्तदान कार्यक्रममा ७ महिला सहित ५१ जनाले रक्तदान गरेका छन् ।
शुक्रवार भएको रक्तदान कार्यक्रममा पत्रकार, व्यवसायी, शिक्षक, सशस्त्र प्रहरी, स्वास्थ्यकर्मी, शिक्षक, खेलाडी लगायत नियमित स्वयम्सेवी रक्तदाताहरुले रक्तदान गरेका हुन् ।
चम्पालाल बोथरा, नेपाल स्वयम्सेवी रक्तदाता समाज केन्द्रिय सदस्य गोविन्द वाग्ले, नेपाल स्वयम्सेवी रक्तदाता समाज बाँकेकी अध्यक्ष दिला शाह, र जनमत अद्र्ध साप्ताहिकका सम्पादक पूर्णलाल चुकेले संयुक्त रुपमा प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मी र प्राविधिक सुनिता कुमाईलाई रक्त संकलन गर्ने पाकेट हस्तान्तरण गरी कार्यक्रम शुरु गरिएको थियो ।
जनमतको रजत वर्ष–२०६३ देखि “रक्तदान जीवनदान” को उद्देश्यका साथ नियमित रुपमा सञ्चालित “त्रैमासिक रक्तदान कार्यक्रम”को ५६ औं श्रृङ्खलामा रक्तदान गर्नेहरुमा नेपाल स्वयम्सेवी रक्तदाता समाजका केन्द्रिय सदस्य गोविन्द वाग्ले, प्रतिष्ठित उद्योगपति तथा समाजसेवी चम्पालाल बोथरा, नेपाल स्वयम्सेवी रक्तदाता समाज बाँके अध्यक्ष दिला शाह, उपाध्यक्ष मन बहादुर केसी “निशान”, समाजका कार्यसमिति सदस्य होमराज गिरी, अन्नपूर्ण पोष्ट दैनिकका प्रदेश प्रमुख तथा मेरो खुशी डट कमका सम्पादक शंकर प्रसाद खनाल, दैनिक नेपालगञ्जका प्रधान सम्पादक झलक गैरे र दलित महिला संघ (फेडो) की प्रतिभा गुर्तालको जन्म दिन परेको अवसरमा रक्तदान गरेका हुन् ।
कार्यक्रम संयोजक पवन जायसवालका अनुसार यसरी नियमित रक्तदाताहरु नीरजमान श्रेष्ठ, अवधी पत्रकार संघ नेपालका केन्द्रिय अध्यक्ष राकेश कुमार मिश्र, बाँके जिल्ला अध्यक्ष प्रहलाद विश्वकर्मा, राम सुहावन सोनकर, उर्दू साहित्यकार असफाक संघर्ष ताविस, सुश्री स्मारिका श्रेष्ठ, सुश्री स्वेता विष्ट, शिक्षिका धर्मेन्द्र सिंह, राजितराम यादव, जवाहरलाल वर्मा, रिसमान चौधरी, सञ्जय भण्डारी, राम गोपाल कुर्मी, सञ्जय बढही, उद्धवराज गुरुङ्ग, प्रितम केसी, जितेन्द्र राँढ, राजेश कुमार ओली, ओमकार वर्मा, गोविन्द नाउँ, विकास वर्मा, कञ्चन बिसी, देवेन्द्र कुमार यादव, सुनिल कुमार साहू, विजय प्रसाद मुराऊ, ओमराज डाँगी, धमेन्द्र कुमार वर्मा, गौतम प्रसाद तमोली, घनश्याम चौहान, प्रदीप वर्मा, चौरसिया समाज बाँकेका तिरथराम तमोली, दिनेश प्रसाद तमोली, विनोद कुमार तमोली, पप्पु तमोली, राष्टिूय खेलकुद परिषद्का राजेश शाक्य, अशोक कुमार मौर्या, अजय मौर्या, हिरालाल मौर्या, प्रकाश थापा, लवराज खरेल, पँकिता सिंह, लगायत ५१ जनाले रक्तदान गरेका हुन् ।
सो कार्यक्रममा प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मीको नेतृत्वमा सोम प्रसाद सापकोटा, होमराज गिरी, सुनिल थापा मगर, सञ्जय बढही, सुनिता कुमाई, पुनम थापामगर, केशर सिंह डाँगीले प्राविधिकमा र अन्यमा निखिल जायसवालले रक्तदान कार्यक्रममा सहयोग गरेका थिए ।
वि.सं. २०६३ साल वैशाखदेखि निरन्तर रुपमा आयोजना गरिंदै आएको त्रैमासिक रक्तदान कार्यक्रममा ५६ औं श्रृङ्खलासम्म करीब तीन हजार पिन्ट भन्दा बढी स्वयम्सेवी रक्तदाताहरुले रक्तदान गरिसकेका छन् ।
स्वाथ्य विज्ञानका अनुसार नियमित रक्तदान गर्ने पुरुषहरुमा हुनसक्ने आइरन ओभर लोड कम हुने र हृदयाघात हुने सम्भावना ८८ प्रतिशत कम हुन्छ । आइरन बढी हुने भएकोले नियमित रक्तदान गर्ने पुरुषहरुमा मधुमेह र क्यान्सर रोग हुने सम्भावना कम हुन्छ । त्यसैगरि रक्तदान गरेपछि शरीरमा नयाँ रक्त कोशिकाहरु बन्ने हुँदा रक्त प्रणाली पुनर्ताजगी हुन्छ र रक्तदान गरे जति रगतको मात्रा ४ साता भित्र तयार हुने हुँदा हरेक तीन महिनाको फरकमा रक्तदान गर्दा शारीरिक रुपमा पनि स्फूर्ति आउने गर्छ ।
सो कार्यक्रममा प्रतिष्ठित उद्योगपति तथा समाजसेवी चम्पालाल बोथरालाई रक्तदानको अभियानमा सद्भाव प्रदर्शन गरेकोमा नेपाल स्वयम्सेवी रक्तदाता समाज बाँके अध्यक्ष दिला शाह र सल्लाहकार पूर्णलाल चुकेले प्रशंसा पत्र प्रदान गरेका थिए ।
सो कार्यक्रममा सल्लाहकारद्वय पवन जायसवाल, समाजसेवी माधवराम वर्मा, कोषाध्यक्ष मन मोहन वर्मा, निलम शर्मा लगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here