माघ, नेपालगञ्ज । बाँकेका एक जना क्यान्सर पीडितलाई आर्थिक सहयोग उपलब्ध गराइएको छ ।
नेपालगञ्ज–४ बसपार्क निवासी ५८ वर्षिय गोपाल शर्मा विगत डेढ वर्षदेखि क्यान्सर रोगबाट पीडित भई अहिले खजुरा क्यान्सर अस्पतालमा उपचार गराईरहेका छन् ।
उनको आर्थिक अवस्था कमजोर भएर उपचारमा समस्या भएपछि आर्थिक सहयोग गरिएको प्रदान गरिएको हो । सुनाखरी रेष्टुरेन्ट प्रालिका प्रबन्ध निर्देशक घनश्याम शर्मा र एजुकेटेट सेफ बन्धु चौधरीले संकलन गरेको रु २५ हजार २ सय ५ नगद रकम पीडित गोपाललाई हस्तान्तरण गरे ।
सुनाखरीका कर्मचारीहरुबाट उक्त रकम संकलन गरिएको सुनाखरी प्रबन्ध निर्देशक शर्माले बताए । शर्माले भने, ‘क्यान्सर पीडित गोपाल जी मसंग सिद्धार्थमा करिब ८ वर्ष जति संगै काम गर्नुभएको र हाल विरामी हुँदा मैले मानविय सहयोग गर्नु पर्दछ भनेर यो सहयोग जुटाएको हु ।’
क्यान्सर पीडित शर्माको निवासमा पुगेर आर्थिक सहयोग प्रदान गरिएको हो ।
सुनाखरी रेष्टुरेन्ट प्रालिका प्रबन्ध निर्देशक घनश्याम शर्माले पीडितको उपचारमा सहयोगका लागि सबैमा अनुरोध पनि गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here