५ मंसिर, नेपालगञ्ज । दोस्रो नेपालगञ्ज किड्स फेस्टिवल–२०८० को दोस्रो चरणको अडिसन सम्पन्न भएको छ । नेपालगञ्जमा भएको दोस्रो चरणमा छनोट भएका प्रतिस्पर्धीले मंसिर १६ गते हुने फेस्टिवलको विभिन्न विधामा भाग लिनेछन् ।
मंगलबारको अडिसनबाट एकल नृत्य प्रिस्कुल र प्राइमरीबाट ३० जना, खुलातर्फ २१ जना गरी ५१ जना छनोट भएका छन् । गायन तर्फ २२ जनाले फाइनल राउन्डमा प्रतिस्पर्धा गर्ने भएका छन् ।
वक्तृतामा २५ जना फाइनलमा पुगेका छन् । दशैं, तिहार र छठको विदाका कारण बालबालिकालाई असजिलो हुन भएकोले सामुहिक नृत्य तर्फ प्रिस्कुल, प्राइमरी र खुला तहमा अडिसन नहुने गरी मंसिर १४ गते सम्मको लागि आवेदन दिन सकिने आयोजन लिभवेल काउन्सिलिङका अध्यक्ष भोजराज शर्मा ‘नादिर’ले बताए । उनका अनुसार सामुहिक नृत्यमा हालसम्म १२ समुहले नाम दर्ता गराएका छन् । चित्रकलामा प्रिस्कुलदेखि माविसम्म मंसिर १४ गते सम्म आवेदन खुला गरिएको छ । आयोजकका अनुसार हालसम्म चित्रकलामा ४२ जनाले नाम दर्ता गराइसकेका छन् । फेस्टिवलको फाइनल चरणका कार्यक्रमका सिद्धार्थ कटेज रेष्टुरेन्टमा आयोजना हुनेछ ।
किड्स फेस्टिवलले बाल साहित्य र सृजनालाई प्राथमिकता दिएको छ । लिटिल स्टारमा व्यक्तित्व विकासलाई जोड दिइएको छ । बालबालिकामा अन्तरनिहित प्रतिभालाई देखाउने उत्सवको रुपमा लिइएको नेपालगञ्ज किड्स फेस्टिवलको तयारी अहिले तीव्र गतिमा भैरहेको छ ।
फेस्टिवलको दोस्रो संस्करणमा चार वटा विधालाई महत्व दिएर तयारी भैरहेको बताउँछन् लिभवेल काउन्सिलिङका अध्यक्ष भोजराज शर्मा ‘नादिर’ । गायन, नृत्य, चित्रकला र वक्तृता प्रतियोगिता फेस्टिवलका मूख्य आकर्षण हुन । त्यस बाहेक फेस्टिवलमा सहभागी भएका बालबालिकाले आफुलाई आउने जुनसुकै कुरा पनि प्रदर्शन गर्न पाउनेछन् कार्यक्रम स्थलमा । हरेक इभेन्ट्समा प्रि–स्कुल देखि लिएर कक्षा १२ सम्मका विद्यार्थीहरुलाई विभिन्न तीन समुहमा विभाजन गरेर प्रतिस्पर्धामा सहभागी गराउने आयोजकको तयारी छ ।
नृत्यमा एकल र सामूहिक विधा छन् । चित्रकलामा ‘सफा, समृद्ध र रमाईलो गाउँ’ शीर्षकमा ६ देखि १२ कक्षाका विद्यार्थीले प्रतिस्पर्धा गर्नेछन् । वक्तृताकला प्रतियोगिताको लागि यस वर्षको शीर्षक ‘समृद्ध नेपालगञ्ज, चुनौति र सम्भावनाहरु’ छ ।
बाल साहित्य र सिर्जनाको खुला उत्सवको रुपमा रहेको नेपालगञ्ज किड्स फेस्टिवलमा गत वर्ष ४ सय ७० जना बालबालिकाको सहभागिता रहेको थियो । यसपटक फेस्टिवललाई अझै फरक र व्यवस्थित ढंगले आयोजना गर्ने तयारी गरेको नादिर बताउँछन् ।
फेस्टिवलमा अभिभावकहरुले आफना बालबालिकालाई नृत्य, गायन, चित्रकला, वक्तृत्वत मध्ये कुनै एक विधा पनि सहभागी गराउने सक्नेछन् । फेस्टिवलमा हुने मनोरञ्जनात्मक प्रदर्शनी, खेल, सांस्कृतिक पोषाक, फोटो सेसन, पुस्तक, चित्रकला प्रदर्शनीबाट बालबालिकाले धेरै कुरा सिक्ने अवसर पाउनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here