श्रावण १४, नेपालगञ्ज । बाँके युनेस्को क्लबले कतार च्यारेटीको आर्थिक सहयोगमा बाँके जिल्लामा विपन्न र गरिबका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।
सोही क्रममा क्लबले कतार च्यारेटीको सहयोगमा जिल्लाको खजुरा गाउँपालिका, कोहलपुर नगरपालिका र जानकी गाउँपालिका अति विपन्न चार वटा विपन्न किसान समुहलाई कृषि उत्पादनमा बृद्धिका लागि पावर टिलर (साना ट्याक्टर) वितरण गरेको छ ।
साना विपन्न किसानको कृषि उत्पादन बृद्धिका लागि क्लबले सञ्चालन गरेको कृषि साना ट्याक्टर सहयोग परियोजना अन्तर्गत कृषक समुहलाई पावर टिलर वितरण गरिएको हो ।
एक समारोहका विच नफुकनका मानार्थ अध्यक्ष एवं युनेस्कोका निमित्त नेपाल राष्टि«य आयोगका सदस्य हरिवंश किराँत र खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बिक तुफानले संयुक्त रुपमा किसानलाई पावर टिलर वितरण गर्नुभयो ।
वितरण गर्दै उहाँहरुले साना र विपन्न किसानका लागि यो सहयोग निके उपयोगी साबित हुने जनाउँदै यसबाट उनिहरुको जिवनमा ठुलो आर्थिक परिवर्तन आउने विश्वास गर्नुभयो ।
कोहलपुर नगरपालिकाका २, खजुरा र जानकी गाउँपालिकाका एक एक किसान समुहलाई सो पावर टिलर वितरण गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो ।
सो अवसरमा गैर सरकारी संस्था महासंघ बाँकेका अध्यक्ष नमस्कार शाह, बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकी, खजुरा वडा नम्बर ५ का वडा अध्यक्ष गरिबे शेष, बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधर, कार्यकारी निर्देशक साजिद अलि सिद्दिकी, वित्तिय प्रमुख वेद पंगाली लगायतको पनि उपस्थिति रहेको थियो ।
विपन्न किसानले गरेको कृषि उत्पादन बृद्धिका लागि किसान समुहलाई साना ट्याक्टर वितरण गरिएको क्लबका प्रमुख संरक्षक सिद्दिकीले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here