२९ जेठ, नेपालगञ्ज । इलाका प्रहरी कार्यालय भगवानपुरको नवनिर्मित भवन उद्घाटन गरिएको छ ।
सोमबार लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्ष उमेश राज जोशी र नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तिायक अहमद शाहले संयुक्त रुपमा नरैनापुरको वडा नं. ५ को भगवानपुरमा नवनिर्मित कार्यालय भवन, कार्यालय प्रमुख निवास, प्रहरी ब्यारेक, भान्सा घर तथा नागरिक सहायता कक्ष भवनहरूको उद्घाटन गरेका हुन् ।
भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी नायब महानिरीक्षक जोशीले प्रहरी संगठनलाई आवास तथा भौतिक पूर्वाधारमा आत्मनिर्भर बनाई प्रहरी कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्नेदेखि वैज्ञानिक र प्राविधिक उपकरणहरूको प्राप्ति र प्रयोगद्वारा संगठनलाई संस्थागत रूपमा मजबुत र सक्षम बनाउन प्रदेश प्रहरी कार्यालय सदैव कटिबद्ध र प्रयासरत रहेको जिकिर गरे ।
प्रहरी नायब महानिरीक्षक जोशीले आधुनिक भवनहरूसँगै प्रहरीको सेवाप्रतिको इमान्दारिता, जिम्मेवारीबोध, प्रहरी आचरण र व्यवहारले प्रहरी प्रतिको जनविश्वास अभिवृद्धि गर्ने विश्वास लिएको बताए ।
कार्यक्रममा प्रहरी नायब महानिरीक्षक जोशीले भवन निर्माण कार्यमा संलग्न निर्माण व्यवसायीहरूलाई कदरपत्र तथा भवन निर्माणमा योगदान पु¥याउने प्रहरी कर्मचारी लाई पुरस्कारसमेत प्रदान गरेका थिए ।
उद्घाटन कार्यक्रममा बोल्दै नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले इलाका प्रहरी कार्यालय नरैनापुर अन्य प्रहरी कार्यालयभन्दा निक्कै महत्वपूर्ण र विशिष्ट नाका भएको बताए । नेपाल भारत सीमावर्तीक्षेत्रमा हुने चोरी, तस्करी, रोकथाम नियन्त्रण गर्नु, शान्ति सुरक्षा अमन चयन कायम गर्नु, अपराध नियन्त्रण र अनुसन्धान गर्नु, समाजमा शान्ति व्यवस्था कायम गर्नु इलाका प्रहरी कार्यालय भगवानपुरको मुख्यः दायित्व र जिम्मेवारी रहेको अध्यक्ष शाहले स्पष्ट पारे ।
अहिलेको मुख्यः समस्या लागूऔषध भएको स्पष्ट पार्दै उनले अवैधरुपमा भित्रिने अन्य वस्तुले देशको अर्थतन्त्र र राजस्वमा असर पु¥याउने तर, लागूऔषले समाज देश नै ध्वाँस पार्ने अध्यक्ष शाहको भनाई थियो।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक सन्तोष सिंह राठोरले स्वागत मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रममा प्रहरी नायब उपरीक्षक ई. ध्रुव अधिकारीले भवन निर्माणसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रदेश सरकारको नियमित बजेटबाट कुल ३ करोड ९ लाख लागतमा नवनिर्मित कार्यालय भवन, कार्यालय प्रमुख निवास, प्रहरी ब्यारेक, भान्सा घर तथा नागरिक सहायता कक्ष भवनको निर्माण कार्य सम्पन्न भएको हो ।
कार्यक्रममा प्रहरी बरिष्ठ उपरिक्षक डिल्ली राज बिष्ट, प्रहरी वरिष्ट उपरिक्षक डा.अमिन कुमार श्रेष्ठ, प्रहरी उपरिक्षक सन्तोष सिहं राठोर, प्रहरी उपरिक्षक तुल बहादुर कार्की, सशस्त्र प्रहरी नायब उपरिक्षक दिपक चन्द, नरैनापुर गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत मणिराम खराल, नरैनापुर १ का अध्यक्ष इसाक जोलाह, २ का अध्यक्ष मसूद अहमद शाह,४ का अध्यक्ष मनोज शर्मा, ५ का अध्यक्ष कृष्ण चन्द्र मौर्य, ६ का अध्यक्ष प्रेम चन्द्र मौर्य, राप्ती सोनारी , ६ का अध्यक्ष नवराज खरेल,७ का अध्यक्ष राम लखन थारु, नेपाली काग्रेशका नेता रामचन्द्र मौर्य, नरैनापुरका जिन्सी शाखा प्रमुख भरत महतो, वडा प्रहरी कार्यालय नेपालगंजका प्रहरी निरिक्षक इन्द्रजित सुनार, ट्राफिक प्रहरी निरिक्षक तिलक सुनार, सशस्त्र प्रहरी निरिक्षक भान बहादुर कार्की, पालिकास्थित राजनैतिक दलका प्रमुख एवं प्रतिनिधिहरू, स्थानीय जनप्रतिनिधिहरू, विभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिनिधिहरू, स्थानीय समाजसेवी, भद्रभलादमी, सञ्चारकर्मी एवं स्थानीयवासी हरूको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन भगवानपुर इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक राजन रायमाजीले गरेका थिए । प्रहरी नायब महानिरिक्षक जोशी सहितको टोलीले भवन उदघाटन पश्चात नरैनापुरको सिमा क्षेत्रको समेत स्थलगत निरिक्षण गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here