३ वैशाख, नेपालगन्ज । बाँके प्रहरीले अवैध भन्सार छलिको सामान बरामद गरेको छ ।
मंगलवार राति करिब ११ बजेको समयमा नेपालगन्ज उ.म.न.पा. वडा नं. १५ जमुनाह हनुमान मन्दिर नजिक अवैध रुपमा भारतबाट नेपालतर्फ ल्याएको अवैध भन्सार छलिको सामान बरामद गरिएको हो ।
करिब १ लाख २२ हजार ५ सय ५० मूल्य बराबरको कुर्ता सुरवाल, चिनी, धोती, माउण्टेन ड्यू नामक पेय पदार्थ लगायतका सामानहरु लुकाई राखेको अवस्थामा फेला पारी सामान सहित ढुवानीमा संलग्न व्यक्तिलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय नेपालगन्ज बाँके पठाइएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जानकारी गराएको छ ।