११ जेठ, नेपालगञ्ज । बाँके प्रहरीले अनुसन्धानका लागि मोबाईल सेन्टरबाट मोबाईलहरु बरामद गरेको छ ।
२०८१ जेठ ४ गते नेपालगञ्ज उ.म.न.पा. २ स्थित के.सी. मोबाईल सेन्टरमा मर्मतका लागि शंकास्पद रुपमा राखिएका ७७ थान मोबाईलहरु रितपुर्वक बरामद गरि जिल्ला प्रहरी कार्यालय, बाँकेमा राखिएको छ ।
बरामद गरिएका उक्त मोबाईलहरु एमडिएमएस प्रणालीमा दर्ता नभएको पाइएको र बिदेशबाट अबैध रुपमा ल्याईएको हुन सक्ने आशंका सहित मोबाईल सेन्टरमा ल्याउने ब्यक्तिहरुको बारेमा खोजतलास तथा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here