स्वास्थ्य/शिक्षा – नयाँ मुलुक https://nayamuluk.com Sat, 18 May 2024 16:00:46 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.7.5 हेल्थ याद आयोको स्वास्थ्य शिविर मार्फत् मोवाइल एपबाट सम्पूर्ण स्वास्थ्य सेवा https://nayamuluk.com/%e0%a4%b9%e0%a5%87%e0%a4%b2%e0%a5%8d%e0%a4%a5-%e0%a4%af%e0%a4%be%e0%a4%a6-%e0%a4%86%e0%a4%af%e0%a5%8b%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a5%8d/ https://nayamuluk.com/%e0%a4%b9%e0%a5%87%e0%a4%b2%e0%a5%8d%e0%a4%a5-%e0%a4%af%e0%a4%be%e0%a4%a6-%e0%a4%86%e0%a4%af%e0%a5%8b%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a5%8d/#respond Sat, 18 May 2024 16:00:44 +0000 https://nayamuluk.com/?p=4801 ५ जेठ, काठमाडौं। वर्तमान सूचना प्रविधिले विश्वलाई कुनै पनि मुलुकको गाउँ शहर र घर मात्र होइन, एक कोठामा सीमित गरिदिएको छ । अझै भनौं भने प्रत्येक व्यक्तिको औंलामा सीमित गरिदिएको अनुभूति वर्तमान पुस्ताले गर्न थालेको छ । अहिले मोवाइल एपको माध्यमबाट मानिसले हरेक किसिमका सेवाहरु लिइरहेका छन् ।
आधुनिक विज्ञानको उपहारको रुपमा विकसित भइरहेको सूचना प्रविधिले मोवाइल एपको माध्यमबाट हरेक मानिसले मानव स्वास्थ्यसंग सम्बन्धित हरेक किसिमका स्वास्थ्य सेवा
घरमै बसेर सहजै पाउन सकिन्छ भन्ने कुरा आज यहाँ सचेतना सहितको निःशुल्क स्वास्थ्य सेवा कार्यक्रमले नयाँ सन्देश दिएको छ ।
“हेल्थ याद आयो” नामक नीजि क्षेत्रको संस्थाले काठमाडौं महानगरपालिका अन्तर्गत वडा नं. १४ वाफल स्थित कोहिनर हिल कलोनीमा शनिवार आयोजित निःशुल्क स्वास्थ्य परामर्श, परिक्षण तथा ल्याव परिक्षण सेवामा कलोनी भित्र र आसपासका बासिन्दाले पाएका हुन् ।
विहान ७ बजेदेखि १२ बजेसम्म सञ्चालन गरिएको उक्त शिविरमा कोलोनीमा बसोवास गर्ने १०७ आवास गृहका करीब ६० प्रतिशत बासिन्दाले विभिन्न किसिमका स्वास्थ्य सेवा लिएका थिए भने एउटै व्यक्तिले मधुमेह, युरिक एसिड, रक्तचाप, छालारोग, दन्तरोग लगायतका थुप्रै निःशुल्क सेवा लिएका थिए ।
ललितपुर एकान्त कुना स्थित शोवा हेल्थ केयर सेन्टर र लाइफ क्वेष्ट क्लिनिकल ल्यावको सहकार्यमा सञ्चालित उक्त शिविरमा मधुमेह, युरिक एसिड, रक्तचाप र दन्तरोगको परिक्षण निःशुल्क गरिए तापनि अत्याधुनिक स्किन एनेलाइजर मेसीनद्वारा छाला सम्बन्धि रोगको परिक्षण (विश्लेषण सहित), अन्य विभिन्न किसिमका जटिल रोगहरुको लागि रगत तथा पिसाब संकलन र परिक्षणहरु एकदमै तोकिएको दररेट भन्दा कम न्यूनतम शुल्क अर्थात् ६५ प्रतिशतसम्म छुट दिइएको थियो ।
दुई वर्षको बालकदेखि ८३ वर्षका जेष्ठ नागरिकहरुले सेवा लिएको उक्त शिविरमा भिडियोको माध्यमबाट विभिन्न रोगका विशेषज्ञ चिकित्सकहरुले रोगको बारेका सचेतनामूलक लेक्चर दिएका थिए भने “हेल्थ याद आयो” का प्रवन्ध निर्देशक प्रज्वल चुकेले शिविरमा आएका सेवाग्राहीहरुलाई मोवाइल एप डाउनलोड गर्ने, चलाउने तरिका र यसको माध्यमबाट देश भित्र तथा वाह्य मुलुका विभिन्न रोगका विशेषज्ञ चिकित्सकहरुसंग लिन सकिने स्वास्थ्य परामर्श सेवा सम्बन्धि जानकारी दिएका थिए ।
शिविरमा दाँत सम्बन्धि रोगको परिक्षण ३० जनाले लिए भने स्किन एनेलाइजर मेसीनद्वारा छाला सम्बन्धि रोगको परिक्षण २९ जनाले लिएको शोवा हेल्थ केयर सेन्टरकी बजार प्रवन्धक जस्मी कर्माचार्यले जानकारी दिए ।
एक वर्ष अघि ललितपुर महानगरपालिका वडा नं. १ कुपण्डोलमा सेवा शुरु गरिएको “हेल्थ याद आयो” का संस्थापक प्रवन्ध निर्देशक मोवाइल हेल्थ एपका परिकल्पनाकार तथा कम्प्युटर इन्जीनियर प्रज्वल चुकेका अनुसार मोवाइल एपकै माध्यमबाट सेवाग्राहीले घरमै बसेर काठमाडौं, ललितपुर, भक्तपुर, बुटवल, चितवन, पोखरा, नेपालगन्ज, विराटनगर, बिर्तामोड र भैरहवा लगायत नेपालको प्रमुख १० प्रमुख शहरहरुमा स्वास्थ्य परामर्श र ल्याव परिक्षण सेवा लिन सक्ने सुविधा उपलब्ध गराइएको छ । यसका साथै छिमेकी भारत, थाइल्याण्ड, मलेसिया र सिंगापुरका विभिन्न शहरहरुमा रहेका प्रसिद्ध अस्पतालका चिकित्सकहरुसंग भर्चुअल चिकित्सा परामर्श सेवा मोवाइल एपकै माध्यमबाट प्राप्त गर्न सकिने प्रवन्ध निर्देशक चुकेले बताए ।
“हेल्थ याद आयो” का हेल्थ केयर व्यापार प्रवन्धक रिना भट्टराईले यस्तो किसिमको स्वास्थ्य शिविर भविष्यमा काठमाडौं उपत्यका बाहिर नेपालगन्ज लगायत देशका प्रमुख शहरहरुमा सञ्चालन गरेर मोवाइल एपको माध्यमबाट स्वास्थ्य सेवा उपलब्ध गराउने योजना रहेको जानकारी दिए ।
उक्त शिविरको पुरै अवधिभर शिविरका लागि समन्वयकारी भूमिका निर्वाह गर्ने कोहिनुर हिल कलोनी सञ्चालक समितिका पूर्व अध्यक्ष तथा गोरखापत्र दैनिक र नेपाल टेलिभीजनका पूर्व वरिष्ठ पत्रकार अच्युत अधिकारी, समितिका उपाध्यक्ष सुरेश शाक्य लगायत अग्रजहरुको सहभागिता रहेको थियो ।
शिविरमा “हेल्थ याद आयो” को तर्फबाट ल्याव प्रमुख जीवन तिवारी, फर्मासिष्ट विवेक थापा, अनिष श्रेष्ठ र सिमन प्रसाद लगायतले रगत संकलन तथा परामर्श सेवा दिएका थिए ।
सहकार्य गर्ने शोवा हेल्थ केयर सेन्टरको तर्फबाट दन्तरोग विशेषज्ञ डा. स्वीकृति सुवेदी, सानु तामाङ, आर्या चित्रकार र रचना सिलवालले स्वास्थ्य परिक्षण तथा परामर्श सेवा दिएका थिए भने लाइफ क्वेष्ट क्लिनिकल ल्यावका विशाल नेपाल र ल्याव असिष्टेन्ट सविना रावलले रगत संकलन र परिक्षण सेवा उपलब्ध गराएका थिए ।

]]>
https://nayamuluk.com/%e0%a4%b9%e0%a5%87%e0%a4%b2%e0%a5%8d%e0%a4%a5-%e0%a4%af%e0%a4%be%e0%a4%a6-%e0%a4%86%e0%a4%af%e0%a5%8b%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a5%8d/feed/ 0
बालिका अधिकार बारेको वक्तृत्वकला प्रतियोगितामा शिफा प्रथम https://nayamuluk.com/%e0%a4%ac%e0%a4%be%e0%a4%b2%e0%a4%bf%e0%a4%95%e0%a4%be-%e0%a4%85%e0%a4%a7%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%b0-%e0%a4%ac%e0%a4%be%e0%a4%b0%e0%a5%87%e0%a4%95%e0%a5%8b-%e0%a4%b5%e0%a4%95%e0%a5%8d/ https://nayamuluk.com/%e0%a4%ac%e0%a4%be%e0%a4%b2%e0%a4%bf%e0%a4%95%e0%a4%be-%e0%a4%85%e0%a4%a7%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%b0-%e0%a4%ac%e0%a4%be%e0%a4%b0%e0%a5%87%e0%a4%95%e0%a5%8b-%e0%a4%b5%e0%a4%95%e0%a5%8d/#respond Fri, 15 Sep 2023 05:48:24 +0000 https://nayamuluk.com/?p=3803 नेपालगन्ज, भदौ २९ । ५९ औं राष्टिय बाल दिवसको अवसरमा कतार च्यारेटी नेपाल र बाँके युनेस्को क्लबको समन्वयमा नेपालगन्जको आइशा मदरसातुल बनातमा बालिकाको बाल अधिकार बारे वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको छ ।
आइशा बाल क्लबद्धारा आयोजित सो प्रतियोगितामा १७ जना बालिकाहरुले बालिकाको बालअधिकार बारे आ आफ्नो भनाई राखेका थिए । प्रतियोगितामा कक्षा ८ की बालिका शिफा खान प्रथम, कक्षा ९ की जन्नतुन हलवाई द्धितिय, कक्षा ४ की समरिन खान तृतिय र कक्षा ४ कै खुशी कसगढले सान्त्वना पुरस्कार प्राप्त गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि बाँके युनेस्को क्लबका संरक्षण अधिकृत गुलाम गौस, अतिथिहरु मदरसाका संस्थापक तथा कोषाध्यक्ष आलमिन राई, मदरसाका संस्थापक तथा सचिव मोहम्मद असलम हलवाईले पुरस्कार विजेता बालिकाहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो ।
मदरसाका अध्यक्ष बदरेआलम खानको सभापतित्वमा सम्पन्न भएको सो प्रतियोगितामा आफ्नो भनाई राख्दै प्रमुख अतिथि र अतिथिहरुले बालबालिकाको समग्र विकासका लागि बालअधिकार भित्र पर्ने सबै कुराहरु उनिहरुले पाउनुपर्ने जनाउँदै त्यसका लागि सरकारले व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।
मुस्लिम समुदायका बालिकाहरु अभैmपनि विभिन्न कारणले शिक्षाबाट बन्चित हुनु परेकोमो चिन्ता प्रकट गर्दै सोही कार्यक्रममा त्यसका लागि सरकारले आवश्यक सबै कदम चाल्नुपर्नेमा अधिकांश वक्ताको जोड थियो ।
मदरसाहरुको माध्यमबाट अहिले आएर धेरै मुस्लिम बालिकाले शिक्षा लिन पाएकोले मदरसाहरुलाई टिकाई राख्नका लागि पनि सरकारले सहयोग गर्नुपर्ने माग मुस्लिम समुदायका अगुवाहरुको छ ।

]]>
https://nayamuluk.com/%e0%a4%ac%e0%a4%be%e0%a4%b2%e0%a4%bf%e0%a4%95%e0%a4%be-%e0%a4%85%e0%a4%a7%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%b0-%e0%a4%ac%e0%a4%be%e0%a4%b0%e0%a5%87%e0%a4%95%e0%a5%8b-%e0%a4%b5%e0%a4%95%e0%a5%8d/feed/ 0
समाजसेवी, साहित्यकारहरुलाई सम्मान https://nayamuluk.com/%e0%a4%b8%e0%a4%ae%e0%a4%be%e0%a4%9c%e0%a4%b8%e0%a5%87%e0%a4%b5%e0%a5%80-%e0%a4%b8%e0%a4%be%e0%a4%b9%e0%a4%bf%e0%a4%a4%e0%a5%8d%e0%a4%af%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a4%b9%e0%a4%b0%e0%a5%81%e0%a4%b2/ https://nayamuluk.com/%e0%a4%b8%e0%a4%ae%e0%a4%be%e0%a4%9c%e0%a4%b8%e0%a5%87%e0%a4%b5%e0%a5%80-%e0%a4%b8%e0%a4%be%e0%a4%b9%e0%a4%bf%e0%a4%a4%e0%a5%8d%e0%a4%af%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a4%b9%e0%a4%b0%e0%a5%81%e0%a4%b2/#respond Thu, 24 Aug 2023 12:02:13 +0000 https://nayamuluk.com/?p=3686 ७ भाद्र, नेपालगञ्ज । अवधी तथा हिन्दी भाषा सँस्कृतिका महान पण्डित, भक्त कवि, सन्त शिरोमणि तुलसीदास जी महाराजको ५२६औं तुलसीदास जयन्ती तथा २४औं अवधी दिवसको रुपमा अवधी महोत्सव–२०८० मा २८ जना समाजसेवी, साहित्यकारहरुलाई बुधवार सम्मान गरिएको छ ।
अवधी साँस्कृतिक प्रतिष्ठान केन्द्रिय कार्य समितिको आयोजनामा समितिका अध्यक्ष बिष्णुलाल कुमालको अध्यक्षतामा सम्मान अर्पण एवं बिचार गोष्ठी तथा बहुभाषिक काव्य गोष्ठी सम्पन्न भएको थियो ।
नेपालगञ्ज उद्योग बाणिज्य संघको सभाहलमा प्रमुख अतिथि तथा नेपालगञ्ज मेडिकल कलेजका प्रबन्ध निर्देशक डा. सुरेश कुमार कनौडियाले सन्त शिरोमणि तुलसीदास जी महाराजको तस्वीरमा माल्यार्पण र दीप प्रज्जवलित गरी कार्यक्रमको उद्घाटन गरेका थिए । सो कार्यक्रममा नेपाल र भारतका गरी २८ जना साहित्यकारलाई सम्मान गरिएको थियो ।
अवधी साँस्कृतिक प्रतिष्ठानका महासचिव बीरेन्द्र यादव र लेखक तथा साहित्यकार आनन्द गिरी मायालुद्वारा सञ्चालित कार्यक्रममा भारत भिवानी हरियाणका डा. मनोज भारत र बिसंवाँ सीतापुरका सन्दीप मिश्र सरसलाई तुलसी साहित्य शिरोमणी सम्मान, रायबरेलीका इन्द्र बहादुर सिंह “इन्द्रेश”लाई अवधी साहित्य शिरोमणी सम्मान, भारत रायबरेलीका डा. बिद्या सागर मिश्र “सागर”, सीतापुरका अशोक मिश्र, सिधौली सीतापुर देवेन्द्र कश्यप “नीडर”, बहराइचका पी.के. प्रचण्ड, बहराईचका रंजीत यादव, तिलकराम अजनबी, देशराज सिंहलाई तुलसी गौरव सम्मान, रायबरेलीका शिव बहादुर सिंह “दिलबर”, सुल्तानपुर इन्द्रजीत सिंह “अर्चक”, दशौधी रायबरेलीका शिव कुमार सिंह “शिव”, अवधी गौरव सम्मान, भारत आयोध्या धाम वजीरगंजका चन्द्रगत भारती, रामानन्द सागर, बहराईचका प्रदीप बहराइची, बहराईच मिंहीपुर्वा भज्जापुर्वाका मिथिलेश कुमार जायसवाल, बहराइच गौरा पिपराका लक्षमण देशप्रेमी, बहराइचका सोमेश सावन, अजीत कुमार मार्य, शिवपुराका राकेश आर्या, नेपालगञ्ज जमुनहाका मधई सिंह सिख सरदार,कृष्णा देवी पाण्डेय, साहित्यकार शिव प्रसाद पाठक, आनन्द गिरी मायालु, शिव प्रसाद बिश्वकर्मा, बिद्या प्रसाद ठाकुरलाई तुलसी प्रतिभा सम्मानबाट सम्मानित गरिएको थियो । समाजसेवी जयकेश सिंहलाई गत वर्ष सम्मान प्रदान गरिएको थियो ।
सो कार्यक्रममा बिशिष्ट अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव तथा वरिष्ठ कथाकार सनत कुमार रेग्मीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । बिशिष्ट अतिथि भारत भिवानी हरियाणका साहित्यकार कमला देवी, बिशिष्ट अतिथि डा. जर्नादन शर्मा आचार्य, शिक्षाबिद् किरण आचार्य, कृष्ण देवी पाण्डेय, साहिदा शाह वाहिदी लगायत नेपाल र भारतका सम्मानित व्यक्तित्वहरुले शुभकामना मन्तव्य गर्दै आ–आफना रचना वाचन गरेका थिए ।
कार्यक्रममा अवधी लोक गायिका सुशीला बैश्यले गणेश बन्दना, सरस्वती बन्दना, कजरी गीत प्रस्तुत गरेका थिए ।
यसरी कार्यक्रममा नेपाल पे्रस युनियन बाँकेका सचिव भिष्म लोध, अवधी पत्रकार संघका संस्थापक अध्यक्ष सूर्यलाल यादव, महेन्द्र पुस्तकालय नेपालगञ्जका अध्यक्ष बलराम यादव, सोनाली गुप्ता, भेरी एफ.एम. नेपालगञ्जका पत्रकार नन्दलाल साहू, नेपाल टेलिभिजन कोहलपुरका राम चन्दर लोहार, सुरजलाल बैश्य, घनश्याम गुप्ता, सतिश पाठक, सन्तोषी सिंह, सोम गुरुङ्ग, सुनिता यादव, दीपा प्रजापति, आशाीष प्रजापति, राजकुमार बर्नवाल लगायत ७६ जना अवधी पे्रमी, बुद्धिजीवीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा नेपाल र भारत गरी २८ जना अवधी पे्रमी, समाजसेवी, साहित्यकारहरुलाई आयोजक संस्था अवधी साँस्कृतिक प्रतिष्ठान केन्द्रिय कार्य समितिले गम्छा सहित सम्मान–पत्रद्वारा सम्मान गरेको थियो ।

]]>
https://nayamuluk.com/%e0%a4%b8%e0%a4%ae%e0%a4%be%e0%a4%9c%e0%a4%b8%e0%a5%87%e0%a4%b5%e0%a5%80-%e0%a4%b8%e0%a4%be%e0%a4%b9%e0%a4%bf%e0%a4%a4%e0%a5%8d%e0%a4%af%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a4%b9%e0%a4%b0%e0%a5%81%e0%a4%b2/feed/ 0
खजुरामा रक्तदाताहरु संगठित https://nayamuluk.com/%e0%a4%96%e0%a4%9c%e0%a5%81%e0%a4%b0%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%b0%e0%a4%95%e0%a5%8d%e0%a4%a4%e0%a4%a6%e0%a4%be%e0%a4%a4%e0%a4%be%e0%a4%b9%e0%a4%b0%e0%a5%81-%e0%a4%b8%e0%a4%82%e0%a4%97%e0%a4%a0/ https://nayamuluk.com/%e0%a4%96%e0%a4%9c%e0%a5%81%e0%a4%b0%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%b0%e0%a4%95%e0%a5%8d%e0%a4%a4%e0%a4%a6%e0%a4%be%e0%a4%a4%e0%a4%be%e0%a4%b9%e0%a4%b0%e0%a5%81-%e0%a4%b8%e0%a4%82%e0%a4%97%e0%a4%a0/#respond Thu, 08 Jun 2023 15:51:39 +0000 https://nayamuluk.com/?p=3422 २५ जेठ, नेपालगन्ज । खजुरा बजारमा बिहीवार सम्पन्न स्वयम्सेवी रक्तदाताहरुको भेलाले नेपाल स्वयम्सेवी रक्तदाता समाज गठन गरेको छ ।
भेलाले खजुरा गाउँपालिका स्तरीय नेपाल स्वयम्सेवी रक्तदाता समाज खजुरा उपशाखा सर्वसम्मत चयन गरेको हो ।
नेपाल स्वयम्सेवी रक्तदाता समाज, बाँकेकी अध्यक्ष दिला शाहको विशेष उपस्थितिमा भएको भेलामा समाजका सल्लाहकार पूर्णलाल चुकेले २०६२।०६३ सालमा काठमाडौंमा दर्ता गरिएको नेपाल स्वयम्सेवी रक्तदाता समाजको परिचय, पृष्ठभूमि र मानव जीवनमा रगतको महत्वका बारेमा प्रकाश पार्दै रक्तदान जस्तो सबभन्दा ठुलो मानवीय अभियानलाई गाउँपालिका स्तरमा फैलाउनका लागि स्थानीय युवा र रक्तदाताहरुले जागरुक हुनु पर्ने कुरामा जोड दिए ।
सो अवसरमा नेपाल स्वयम्सेवी रक्तदाता समाज, बाँकेकी अध्यक्ष दिला शाहले यो उत्कृष्ठ मानव सेवाका लागि सबै रक्तदाताहरुलाई समाजसंग जोडिएर हातेमालो गरेर यो महान अभियानमा सहभागी हुन आव्हान गरिन् ।
अध्यक्ष शाहले हाम्रो एक पिन्ट रगतले रगत नपाएर छट्पटिएका कुनै एक विरामीले नयाँ जीवन पाउँछ भने हामीले आफ्नो शरीरबाट खेर गइरहेको रगत दिन अरुलाई पनि उत्प्रेरित गर्न सबैलाई अनुरोध गरिन् ।
भेलाले व्यापक छलफल पछि स्थानीय युवा स्वयम्सेवी रक्तदाता विकास काउचा मगरको अध्यक्षतामा गठन भएको उक्त खजुरा गाउँपालिका स्तरीय नेपाल स्वयम्सेवी रक्तदाता समाज खजुरा उपशाखा समितिको उपाध्यक्षमा अरुणा गुरुङ, सचिवमा गौरव सापकोटा, कोषाध्यक्षमा विश्वास कक्षपति रहेका छन् ।
त्यसैगरि सदस्यहरुमा सूर्य प्रसाद नेपाली, सुजाता खरेल, बसन्त भण्डारी, जीवन यादव, रविना खड्का, अस्मिता ओली र विजय के.सी. रहेका छन् । भेलाले सल्लाहकारमा अमित लामा र सुभाष निरौलालाई चयन गरेको छ ।
भेलामा सहभागीहरु यही जेठ ३१ ग्ते विश्व रक्तदाता दिवसका अवसरमा नेपाल स्वयम्सेवी रक्तदाता समाज, बाँकेले नेपालगन्जमा आयोजना गर्ने वृहद् रक्तदान कार्यक्रममा सहभागी हुने प्रतिवद्धता जनाएका थिए ।
भेलामा नेपाल स्वयम्सेवी रक्तदाता समाज, बाँकेका कोषाध्यक्ष मनमोहन वर्मा, समाजका सदस्य होमराज गिरी लगायत करीब तीन दर्जन रक्तदाताहरुको सहभागिता रहेको थियो ।

]]>
https://nayamuluk.com/%e0%a4%96%e0%a4%9c%e0%a5%81%e0%a4%b0%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%b0%e0%a4%95%e0%a5%8d%e0%a4%a4%e0%a4%a6%e0%a4%be%e0%a4%a4%e0%a4%be%e0%a4%b9%e0%a4%b0%e0%a5%81-%e0%a4%b8%e0%a4%82%e0%a4%97%e0%a4%a0/feed/ 0
एबीसी स्कूलमा क्षयरोग सम्बन्धि अभिमुखीकरण गोष्ठी https://nayamuluk.com/%e0%a4%8f%e0%a4%ac%e0%a5%80%e0%a4%b8%e0%a5%80-%e0%a4%b8%e0%a5%8d%e0%a4%95%e0%a5%82%e0%a4%b2%e0%a4%ae%e0%a4%be-%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%af%e0%a4%b0%e0%a5%8b%e0%a4%97-%e0%a4%b8%e0%a4%ae/ https://nayamuluk.com/%e0%a4%8f%e0%a4%ac%e0%a5%80%e0%a4%b8%e0%a5%80-%e0%a4%b8%e0%a5%8d%e0%a4%95%e0%a5%82%e0%a4%b2%e0%a4%ae%e0%a4%be-%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%af%e0%a4%b0%e0%a5%8b%e0%a4%97-%e0%a4%b8%e0%a4%ae/#respond Fri, 02 Jun 2023 14:14:28 +0000 https://nayamuluk.com/?p=3396 १९ जेठ, नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नं.४ गणेशपुर स्थित रहेको एविसी रेजिडेन्सी सेकण्डरी स्कूलका कक्षा १० का विद्यार्थीहरुका लागि नेपाल क्षयरोग निवारण संस्था, बाँके जिल्ला शाखाले शुक्रवार विद्यार्थीहरुका लागि अभिमुखीकरण गोष्ठीको आयोजना गरेको छ ।
गोष्ठीको पहिलो चरणमा नेपाल क्षयरोग निवारण संस्था, बाँकेका पूर्व अध्यक्ष पूर्णलाल चुकेले नेपालकै दोस्रो जेठो सामाजिक संस्थाको रुपमा २०११ सालमा दर्ता भएको उक्त संस्थाको केन्द्रीय कार्यालय र बाँके जिल्ला शाखाको परिचय, ऐतिहासिक पृष्टभूमिको चर्चा गर्दै क्रियाकलापहरुको बारेमा आफ्नो प्रस्तुती गरेका थिए ।
उनका अनुसार नेपालमा क्षयरोग सम्बन्धि उपचार गर्ने एक मात्र अस्पताल कालीमाटीमा छ र जसको सञ्चालन नेपाल क्षयरोग निवारण संस्थाले गरिरहेको छ । कालीमाटी स्थित संस्थाको आफ्नै भवनमा क्षयरोग र छातीसंग सम्बन्धित चेष्ट अस्पताल सञ्चालन गरिरहेको हो । अस्पतालमा संस्थाको आन्तरिक स्रोत र नेपाल सरकारको एकदमै न्यून सहयोग रहेको छ ।
त्यसैगरि २०३२ सालमा बाँके जिल्लामा स्थापना गरिएको उक्त संस्थाको शाखाले क्षयरोग सम्बन्धि विभिन्न किसिमका प्रतिकारात्मक, उपचारात्मक सेवा उपलब्ध गराउँदै क्षयरोग विरुद्ध जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको पनि चुकेले आफ्नो प्रस्तुतिको क्रममा उल्लेख गरे ।
गोष्ठीको दोस्रो चरणमा संस्थाका केन्द्रीय सदस्य सेमराज शाक्यले क्षयरोगको परिचय, लक्षण, रोग लाग्न नदिने उपाय, रोग लागे पछि यसबाट बच्ने उपायहरुका बारेमा विस्तृत चर्चा गरेका थिए ।
उनले पहिलेको समयमा क्षयरोगलाई महामरी रोगको रुपमा लिइन्थ्यो, रोग लागेपछि परिवार र समाजबाट टाढा राख्ने गरिन्थ्यो । तर अब विज्ञानका चमत्कारसंगै नियमित औषधि सेवन गरेमा रोग सदाका लागि निको हुन सकिने पनि शाक्यले बताए ।
शाक्यका अनुसार एक सातासम्म लगातार खोकी लागे, साँझ पख लगातार ज्वरो आउने, छाती दुख्ने, थकाई लाग्ने जस्ता लक्षण देखिएमा क्षयरोग हो भन्ने थाहा पाउनु पर्दछ । बाँके शाखाले आफ्नै भवनबाट निःशुल्क ल्याव सेवा, औषधी वितरण गर्दै आएको छ ।
शाखाका सभापति बदरुद्दीन अन्सारीको अध्यक्षतामा सम्पन्न सो गोष्ठीमा उक्त विद्यालयका ३६ जना छात्रछात्रा तथा शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको थियो ।
सो अवसरमा नेपाल क्षयरोग निवारण संस्था, बाँकेका सहसचिव रचना श्रेष्ठ, सदस्यहरु सुन्दरलाल शाक्य, सुश्री ज्ञानु श्रेष्ठ, जनकराम भण्डारी, पवन जायसवाल तथा विद्यालयका संस्थापक राजु ज्ञवाली, शिक्षिकहरुमा ज्योति वैश्य, विन्दू शर्मा, गिरिश चन्द्र वर्मा लगायतको सहभागिता रहेको थियो ।

]]>
https://nayamuluk.com/%e0%a4%8f%e0%a4%ac%e0%a5%80%e0%a4%b8%e0%a5%80-%e0%a4%b8%e0%a5%8d%e0%a4%95%e0%a5%82%e0%a4%b2%e0%a4%ae%e0%a4%be-%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%af%e0%a4%b0%e0%a5%8b%e0%a4%97-%e0%a4%b8%e0%a4%ae/feed/ 0
डुडुवामा रक्तदान महादान अभियान शुरु हुँदै https://nayamuluk.com/%e0%a4%a1%e0%a5%81%e0%a4%a1%e0%a5%81%e0%a4%b5%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%b0%e0%a4%95%e0%a5%8d%e0%a4%a4%e0%a4%a6%e0%a4%be%e0%a4%a8-%e0%a4%ae%e0%a4%b9%e0%a4%be%e0%a4%a6%e0%a4%be%e0%a4%a8/ https://nayamuluk.com/%e0%a4%a1%e0%a5%81%e0%a4%a1%e0%a5%81%e0%a4%b5%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%b0%e0%a4%95%e0%a5%8d%e0%a4%a4%e0%a4%a6%e0%a4%be%e0%a4%a8-%e0%a4%ae%e0%a4%b9%e0%a4%be%e0%a4%a6%e0%a4%be%e0%a4%a8/#respond Mon, 29 May 2023 13:25:29 +0000 https://nayamuluk.com/?p=3372 १५ जेठ, नेपालगञ्ज । बाँके डुडुवा गाउँपालिकाले रक्तदान महादान अभियान शुरु गर्न लागेको छ ।
मानवको जिवन रक्षाका लागि सामाजिक उत्तरदायित्वको भावनाका लागि यो अभियान शुरु गर्न लागेको गाउँपलिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए ।
अध्यक्ष चौधरीले भने, ‘रगतको व्यवस्था गर्न दैनिक सेवाग्राहीको फोन आउँछ, तर गाउँपालिकासंग रगत छैन, त्यसैले व्यवस्थापन कठिनाई भएपछि यो अभियान शुरु गर्न लागेको छु ।’
गाउँपालिकाले यही जेठ १७ गते बृहत रक्तदान कार्यक्रममार्फत उक्त अभियान शुरु गर्न लागेको छ । गाउँपालिकाभित्र गरिब तथा असहायलगायतका विरामीहरुलाई रगतको व्यवस्थापनका लागि अब गाउँपालिकाले नियमित रुपमा बृहत रक्तदान कार्यक्रम गरि रगत संकलन गर्ने रक्तदान कार्यक्रम सयोजक कौशलकुमार कैरातीले बताए ।
उनका अनुसार बृहत रक्तदान कार्यक्रममा बढी भन्दा बढी मनिसहरुको रगत संकलनका लागि व्यापक रुपमा प्रचारप्रसार, माइकिङ्ग लगायतका कार्यक्रम भईरहेको छ । रक्तदान कार्यक्रममा युवा, युवती, महिला, कर्मचारी, शिक्षक, सुरक्षाकर्मी स्थानीय लगायत सबैको सहभागिता गराइनेछ ।
‘रगत तथा प्लाज्मा नियमितरुपमा दान गरौ, जीवन बचाउने कार्यमा एक्यबद्ध होऔं’ भन्ने नाराका साथ रक्तदान कार्यक्रम गर्न लागिएको छ । गउँपालिका वार्ड नं. ३ बनकट्टीस्थित नयाँ प्रशासनिक भवनको प्राङ्गणमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।
जनचेतनाको अभावमा अझै पनि अधिकाँश नागरिकहरु रक्तदान नगरेकाले यस्तो अभियानले उनीहरुमा चेतना अभिबृद्धि हुने विश्वास लिइएको छ ।

]]>
https://nayamuluk.com/%e0%a4%a1%e0%a5%81%e0%a4%a1%e0%a5%81%e0%a4%b5%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%b0%e0%a4%95%e0%a5%8d%e0%a4%a4%e0%a4%a6%e0%a4%be%e0%a4%a8-%e0%a4%ae%e0%a4%b9%e0%a4%be%e0%a4%a6%e0%a4%be%e0%a4%a8/feed/ 0
पाठेघरको क्यान्सर पहिचान गर्न निःशुल्क शिविर गर्दै नेपालगञ्ज उपमहानगर https://nayamuluk.com/%e0%a4%aa%e0%a4%be%e0%a4%a0%e0%a5%87%e0%a4%98%e0%a4%b0%e0%a4%95%e0%a5%8b-%e0%a4%95%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%a8%e0%a5%8d%e0%a4%b8%e0%a4%b0-%e0%a4%aa%e0%a4%b9%e0%a4%bf%e0%a4%9a%e0%a4%be%e0%a4%a8/ https://nayamuluk.com/%e0%a4%aa%e0%a4%be%e0%a4%a0%e0%a5%87%e0%a4%98%e0%a4%b0%e0%a4%95%e0%a5%8b-%e0%a4%95%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%a8%e0%a5%8d%e0%a4%b8%e0%a4%b0-%e0%a4%aa%e0%a4%b9%e0%a4%bf%e0%a4%9a%e0%a4%be%e0%a4%a8/#respond Sat, 27 May 2023 13:48:10 +0000 https://nayamuluk.com/?p=3359 १३ जेठ, नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले पाठेघरको मुखको क्यान्सर परीक्षण सम्बन्धि निःशुल्क शिविर सञ्चालन गरिरहेको छ ।
महिलाहरुको पाठेघरको मुखको क्यान्सर बढ्दै जान थालेपछि समयमै पहिचान गरी क्षती कम गर्न सहज होस् भन्ने उद्देश्यले वडा वडामा शिविर सञ्चालन गरिरहेको स्वास्थ्य महाशाखाले जनाएको छ ।
चालू आर्थिक बर्षमा ९ वटा वडामा शिविर सञ्चालन गर्ने तय गरेको उपमहानगरपालिकाले हालसम्म ५ वटा वडामा शिविर सम्पन्न गरेको छ । २,९, १२, १५, १७, १९, २०, २१ र २२ नम्बर वडामा शिविर सञ्चालन गर्ने कार्य योजना बनेकोमा हालसम्म वडा नम्बर ९, १२, १७, १९ र २० मा शिविर सम्पन्न गरिएको स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताए । चन्दका अनुसार विभिन्न संघसंस्थासंग सहकार्य गरेर शिविर सञ्चालन भइरहेका छन् । परीक्षण गराएका मध्ये वडा नम्बर १९ मा ६ जना, वडा नम्बर १७ मा ६ जना, वडा नम्बर २० मा ५ जना र वडा नम्बर ९ मा ३ जनाको क्यान्सर ’पोजिटिभ’ देखिएको छ ।
यसैक्रममा शनिवार वडा नम्बर १७ स्थित परसपुर स्वास्थ्य चौकीमा निःशुल्क शिविर सम्पन्न गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको आर्थिक सहयोगमा कान्ति हेल्थ लाइनको आयोजना एवम् नेपालगञ्ज मेडिकल कलेजको समन्वयमा निःशुल्क शिविर गरिएको हो ।
शिविर शुभारम्भ गर्दै नगर प्रमुख प्रशान्त विष्टले पाठेघरको क्यान्सर महिलाहरुको ठूलो स्वास्थ्य समस्याका रुपमा देखिएकाले समस्या लुकाए गम्भीरता बढ्दै जाने बताउँदै नियमित चेकजाँच गराउन आग्रह गरेका छन् । क्यान्सर हुनु भन्दा अघि नै क्यान्सरको जोखिम पहिचान गर्न सके उपचारमा सहजता हुने भन्दै नगर प्रमुख विष्टले नगरबासीको सहजताका लागि ठाउँ ठाउँमा निःशुल्क शिविर सञ्चालन गरिरहेको बताए ।
नगर उपप्रमुख कमरुद्दिन राईले महिलाहरुले लाज मानेर आफ्ना समस्या खुलेर नभन्ने प्रबृत्ति रहेको बताउँदै महिलाहरुलाई निर्धक्कका साथ आफ्नो पाठेघर परीक्षण गराई स्वास्थ्य अवस्थाका बारेमा बेलैमा जानकार रहन आग्रह गरे ।
स्वास्थ्य महाशाखा प्रमुख चन्दले समुदायमा पाठेघरको मुखको क्यान्सरको अवस्था पहिचान गर्न निःशुल्क शिविर आयोजना भइरहेकाले मौकाको लाभ लिन आग्रह गरे । चन्दले क्यान्सर ‘पोजिटिभ’ देखिएमा क्यान्सर अस्पतालमा रेफर गरी नेपाल सरकारले उपलब्ध गराएको उपचार खर्च प्रदान गरिने बताए । उनले क्यान्सरबाट जोगिन ६–६ महिनामा पाठेघरको परीक्षण गर्नुपर्ने बताए । कान्ति आरोग्य अस्पतालकी निर्देशक डा.रोमा बोराले महिलाहरुले आफ्नो पाठेघरको अवस्थामा बारेमा बेला बेलामा जान्न जरुरी रहेको बताउँदै बढ्दो पाठेघरको मुखको क्यान्सरको जोखिम कम गर्न नियमित परीक्षणमा जोड दिइन् ।
वडा नम्बर १७ का वडा अध्यक्ष लक्ष्मणप्रसाद बर्माको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल लगायत स्वास्थ्यकर्मी र पाठेघर परीक्षण गराउने महिलाहरुको उपस्थिति रहेको थियो ।
शिविरमा १८० जनाको पाठेघर परीक्षण गरिएको डा.बोराले जानकारी दिइन् । ती मध्ये ६ जनामा क्यान्सर ‘पोजिटिभ’ र १३ जना महिलामा पाठेघर खस्ने समस्या देखिएको छ । सुशिल कोइराला क्यान्सर अस्पतालका स्त्री क्यान्सर रोग विशेषज्ञ डा.इन्द्रनिल घोष नेतृत्वको कान्ति आरोग्य अस्पतालको मेडिकल टोलीले शिविरमा पाठेघर परीक्षण गरेको थियो ।

]]>
https://nayamuluk.com/%e0%a4%aa%e0%a4%be%e0%a4%a0%e0%a5%87%e0%a4%98%e0%a4%b0%e0%a4%95%e0%a5%8b-%e0%a4%95%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%a8%e0%a5%8d%e0%a4%b8%e0%a4%b0-%e0%a4%aa%e0%a4%b9%e0%a4%bf%e0%a4%9a%e0%a4%be%e0%a4%a8/feed/ 0
नेपालगञ्जको उदयपुरमा ’बहुउद्देश्यीय सेल्टर भवन’ बन्ने https://nayamuluk.com/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%97%e0%a4%9e%e0%a5%8d%e0%a4%9c%e0%a4%95%e0%a5%8b-%e0%a4%89%e0%a4%a6%e0%a4%af%e0%a4%aa%e0%a5%81%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%ac%e0%a4%b9/ https://nayamuluk.com/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%97%e0%a4%9e%e0%a5%8d%e0%a4%9c%e0%a4%95%e0%a5%8b-%e0%a4%89%e0%a4%a6%e0%a4%af%e0%a4%aa%e0%a5%81%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%ac%e0%a4%b9/#respond Wed, 26 Apr 2023 12:58:19 +0000 https://nayamuluk.com/?p=3212 १३ वैशाख, नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १३ मा बहुउद्देश्यीय सेल्टर भवन बन्ने भएको छ ।
वडा नम्बर १३ उदयपुरस्थित स्वास्थ्य चौकी भवन परिसरमा नगर प्रमुख प्रशान्त विष्टले बुधवार बहुउद्देश्यीय सेल्टर भवनको शिलान्यास गरेका छन् । आगामी एक बर्षभित्र निर्माण सम्पन्न गर्ने गरी भवन शिलान्यास गरिएको हो ।
एसियाली विकास बैंक (एडिबी) मार्फत जापानी संस्था जेएफपिआरको लागत अनुदानमा खानेपानी मन्त्रालय र नेपालगञ्ज उपमहानगरपालिकाले बहुउद्देश्यीय सेल्टर भवन निर्माण गर्न लागेका हुन् । भवन निर्माणको जिम्मा सगरमाथा– विडारी जेभीले पाएको छ । करिब १ करोड ७९ लाखको लागतमा भवन बन्न लागेको हो ।
’मिनी अस्पताल’ को अवधारणामा बन्न लागेको उक्त बहुउद्देश्यीय भवनमा अक्सिजन सिलिन्डरसहितको १६ बेड रहनेछ । कोभिड लगायत महामारी र विपतसंगै अन्य नियमित क्रियाकलापहरुमा प्रयोग गर्ने उद्देश्यसहित बहुउद्देश्यीय सेल्टर भवन बनाउन लागिएको नगर प्रमुख विष्टले बताए । शिलान्यास कार्यक्रममा उपप्रमुख कमरुद्दिन राईको पनि उपस्थिति रहेको थियो ।

]]>
https://nayamuluk.com/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%97%e0%a4%9e%e0%a5%8d%e0%a4%9c%e0%a4%95%e0%a5%8b-%e0%a4%89%e0%a4%a6%e0%a4%af%e0%a4%aa%e0%a5%81%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%ac%e0%a4%b9/feed/ 0
डुडुवा पूर्ण खोप सुनिश्चितता घोषणा https://nayamuluk.com/%e0%a4%a1%e0%a5%81%e0%a4%a1%e0%a5%81%e0%a4%b5%e0%a4%be-%e0%a4%aa%e0%a5%82%e0%a4%b0%e0%a5%8d%e0%a4%a3-%e0%a4%96%e0%a5%8b%e0%a4%aa-%e0%a4%b8%e0%a5%81%e0%a4%a8%e0%a4%bf%e0%a4%b6%e0%a5%8d%e0%a4%9a/ https://nayamuluk.com/%e0%a4%a1%e0%a5%81%e0%a4%a1%e0%a5%81%e0%a4%b5%e0%a4%be-%e0%a4%aa%e0%a5%82%e0%a4%b0%e0%a5%8d%e0%a4%a3-%e0%a4%96%e0%a5%8b%e0%a4%aa-%e0%a4%b8%e0%a5%81%e0%a4%a8%e0%a4%bf%e0%a4%b6%e0%a5%8d%e0%a4%9a/#respond Sun, 23 Apr 2023 07:22:34 +0000 https://nayamuluk.com/?p=3188 १० वैशाख, नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको छ ।
गाउँपालिकाका सबै बालबालिकाले पूर्ण खोप लगाएपछि स्थानीय तह खोप सुनिश्चितता घोषणा भएको हो ।
गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले गाउँपालिकालाई पुर्ण खोप घोषणा गर्दै बालबालिकालाई रोगबाट बच्नका लागि खोप अति आवश्यक भएकाले खोप लगाउनबाट कुनै पनि बालबालिका छुट्न नहुने भन्दै त्यसका लागि समुदायस्तरमा स्वास्थ्यकर्मीलाई विशेष निगरानी गर्न निर्देशन दिए ।
उनले स्वास्थ्यको क्षेत्रमा डुडुवाले विशेष मिसनका साथ काम गरिरहेकाले स्वास्थ्य सेवाको गुणस्तरियता तथा प्रभावकारीतालाई विशेष ध्यान दिएको भन्दै कुनैपनि नागरिकले स्वास्थ्य सेवाबाट बञ्चितीकरणमा पर्न नहुने बताए ।
गाउँपालिका अन्तर्गत जन्मेदेखि १५ महिनाका एक हजार तीन सय २९ जना बालबालिकाले शतप्रतिशत पूर्ण खोप लगाएको र १६ महिनादेखि ५९ महिनाका तीन हजार ६ सय १२ जना मध्ये १ सय १७ जना बालबालिकाले खोप लगाउनबाट छुटेकाले तिनीहरुको खोजी गरि सबैलाई खोप लगाएपछि शतप्रतिशत पूर्ण खोप सुनिश्चितता भएको स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले बताए ।
उनका अनुसार वार्षिक रुपमा पालिकालाई पुर्ण खोप सुनिश्चितता घोषणा गर्ने कार्यक्रम अन्तर्गत यसवर्ष पनि घोषणा गरिएको हो । घोषणा कार्यक्रममा वडाध्यक्षहरु पटेश्वरी कुर्मी, दुर्गाप्रसाद बर्मा, आमोद तिवारी, झंकबहादुर थापा र मोहनराम मिश्र, प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद गुरुङ, स्वास्थ्यकर्मी, कर्मचारी, स्थानीय, लगायतको सहभागिता रहेको थियो ।

]]>
https://nayamuluk.com/%e0%a4%a1%e0%a5%81%e0%a4%a1%e0%a5%81%e0%a4%b5%e0%a4%be-%e0%a4%aa%e0%a5%82%e0%a4%b0%e0%a5%8d%e0%a4%a3-%e0%a4%96%e0%a5%8b%e0%a4%aa-%e0%a4%b8%e0%a5%81%e0%a4%a8%e0%a4%bf%e0%a4%b6%e0%a5%8d%e0%a4%9a/feed/ 0
नरैनापुरमा बैशाख १ गते देखि बिद्यार्थी भर्ना अभियान संचालन गरिने https://nayamuluk.com/%e0%a4%a8%e0%a4%b0%e0%a5%88%e0%a4%a8%e0%a4%be%e0%a4%aa%e0%a5%81%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%ac%e0%a5%88%e0%a4%b6%e0%a4%be%e0%a4%96-%e0%a5%a7-%e0%a4%97%e0%a4%a4%e0%a5%87-%e0%a4%a6%e0%a5%87/ https://nayamuluk.com/%e0%a4%a8%e0%a4%b0%e0%a5%88%e0%a4%a8%e0%a4%be%e0%a4%aa%e0%a5%81%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%ac%e0%a5%88%e0%a4%b6%e0%a4%be%e0%a4%96-%e0%a5%a7-%e0%a4%97%e0%a4%a4%e0%a5%87-%e0%a4%a6%e0%a5%87/#respond Tue, 11 Apr 2023 15:22:03 +0000 https://nayamuluk.com/?p=3159 २८ चैत्र, नेपालगञ्ज । ‘समयमै भर्ना, समयमै ज्ञान, गुणस्तरीय शिक्षा सबैको अभियान’ भन्ने नाराका साथ शुक्रबारदेखि बाँकेको नरैनापुर गाउँपालिकाको छ वटै वडामा एकैसाथ विद्यार्थी भर्ना अभियान शुरु हुने भएको छ ।
नरैनापुर गाउँपालिकाको शिक्षा शाखा मार्फत विद्यालय बाहिर रहेका विद्यार्थीलाई विद्यालयमा ल्याउने उद्देश्यका साथ विद्यार्थी भर्ना अभियान शुरु गर्न लागिएको नरैनापुर गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले बताए ।
मंगलबार शिक्षा समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष शाहले विद्यालय भर्ना अभियानमा विद्यार्थीहरुको सहभागिता उत्साहजनक भए पनि असार नलाग्दै पुनः विद्यालय भन्दा बाहिर जाने गरेकोले विद्यार्थीहरुलाई टिकाउने गरी योजना बनाएर अगाडि बढन शिक्षा समितिलाई निर्देशन दिएका थिए । अध्यक्ष शाहले नामका लागि मात्र दर्ता रहेका मदरसाहरुलाई खारेज गर्ने बताए ।
नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालले जुनसुकै बहानामा विद्यार्थीहरु बिचमै बिद्यालय छोड्नु राम्रो होईन । यसका लागि सम्बन्धीत बिद्यालय र अभिभावकलाई गम्भीर बन्न सुझाव दिए । उनले विद्यार्थी टिकाउन र गुणस्तरीय शिक्षा दिन नसक्ने विद्यालयलाई कारवाही गर्ने जिकिर गरे ।
योजना शाखा प्रमुख प्रकाश अधिकारीले लोक सेवाबाट आएका शिक्षकहरुलाई मनोपरी सहमति पत्र दिने काम बन्द गरी शिक्षाको गुणस्तर सुधार गर्न तर्फ केन्द्रित हुन बिद्यालयका प्रधानाध्यपकहरुलाई आग्रह गरेका थिए ।
शिक्षा शाखा प्रमुख कृष्ण थारुले विद्यालय जाने उमेर समूहका कोही बालबालिका पनि विद्यालय जानबाट बञ्चित हुन नपरोस भन्दै भव्यरुपमा घरदैलो अभियान संचालन गर्न शिक्षाहरुलाई निर्देशन दिए । शिक्षा शाखा प्रमुख थारुले मदरसा शिक्षालाई गाउँपालिकाले व्यवस्थित गर्ने तयारी गरेको बताउँदै २०८० को भर्ना अभियानमा असफल हुने मदरसा र विद्यालयलाई नियमानुसार कारवाही गर्ने जिकिर गरे ।
शिक्षा समितिका सदस्य एंव गाउँपालिका अध्यक्षका स्वकीय सचिव बिरजेन्द्र यादवले शिक्षा क्षेत्रमा हुने राजनितिलाई अन्त्य गरी गुणस्तरीय शिक्षा प्रदान गर्न तर्फ केन्द्रित हुन सुझाव दिए । उनले नरैनापुरमा ३० वटा मदरसा र २१ वटा बिद्यालयमा १२ हजार विद्यार्थी रहेको बताए ।
नरैनापुर गाउँपालिकाले बिद्यार्थीहरुलाई बिद्यालयसम्म ल्याउनका लागि बस संचालन गरे पछि विद्यार्थीहरुको संख्य बृद्धि भएको शिक्षा समितिका सदस्य सन्तोष श्रीवस्तवले बताए । शिक्षा समितिको बैठकमा सहभागि शिक्षकहरुले कति पय विद्यालयहरुमा शिक्षकको अभाव र केही विद्यालयमा भवनको अभाव रहेको गुनासो गरेका थिए । गाउँपालिकाले आउने वर्ष देखि शिक्षक लागयतको समस्य हुन नदिने गरी तयारी गरेको गाउँपालिकाले जनाएको छ ।

]]>
https://nayamuluk.com/%e0%a4%a8%e0%a4%b0%e0%a5%88%e0%a4%a8%e0%a4%be%e0%a4%aa%e0%a5%81%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%ac%e0%a5%88%e0%a4%b6%e0%a4%be%e0%a4%96-%e0%a5%a7-%e0%a4%97%e0%a4%a4%e0%a5%87-%e0%a4%a6%e0%a5%87/feed/ 0