विचार/अन्तर्वार्ता – नयाँ मुलुक https://nayamuluk.com Mon, 02 May 2022 11:11:41 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.7.5 मुस्लिम समुदाय को महान पर्व इद उल फित्र को शुभकामना : सीमा कसौधन https://nayamuluk.com/%e0%a4%ae%e0%a5%81%e0%a4%b8%e0%a5%8d%e0%a4%b2%e0%a4%bf%e0%a4%ae-%e0%a4%b8%e0%a4%ae%e0%a5%81%e0%a4%a6%e0%a4%be%e0%a4%af-%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a4%b9%e0%a4%be%e0%a4%a8-%e0%a4%aa%e0%a4%b0/ https://nayamuluk.com/%e0%a4%ae%e0%a5%81%e0%a4%b8%e0%a5%8d%e0%a4%b2%e0%a4%bf%e0%a4%ae-%e0%a4%b8%e0%a4%ae%e0%a5%81%e0%a4%a6%e0%a4%be%e0%a4%af-%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a4%b9%e0%a4%be%e0%a4%a8-%e0%a4%aa%e0%a4%b0/#respond Mon, 02 May 2022 11:06:22 +0000 https://nayamuluk.com/?p=1730 इस्लाम धर्मावलम्बीहरूको महान पर्व, ईद (इदुल फित्र) को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दिदी बहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुका लागि हार्दिक शुभकामना व्यक्त गर्दै वहाँ ले यस पर्व को विशेषता हरु बताउनु भयो ।
मंगलवार नेपालमा मुसलमानहरुले इद मनाउने भएका छन् । इस्लामिक पात्रोको नवौं अर्थात् रमादानको पवित्र महिना सकिएपछि दशौं महिना (शवल)को पहिलो दिनलाई इद अल फित्रको रुपमा मनाइने गरिन्छ ।

रमादानको पवित्र महिनामा हरेक दिन सूर्योदयदेखि सूर्यास्तसम्म मुसलमानहरुले पानी समेत नपिई कठोर ब्रत बस्ने गर्छन् । सोही ब्रत पूरा भएको अवसरमा इद अल फित्र मनाइने गरिन्छ ।

के गरिन्छ इदमा ?
इदका दिन सबै आफन्त तथा साथीभाई भेला भई नमाज पढ्ने, इदको शुभकामना दिने, मिठा खानेकुरा खाने, दान दिने र ‘इद मुबारक’ भनी शुभकामना साटासाट गरी आत्मियता भाइचारा दर्शाइने गरिन्छ । त्यस्तै, विश्वका अधिकांश मुलुकहरुमा इदका दिन सार्वजनिक विदा दिने गरिएको छ ।

चन्द्रमा

इस्लामिक पात्रो चन्द्रमासमा आधारित छ । सोही कारण आकाशमा चन्द्रमा देखिन्छ कि देखिन्न भन्ने हिसाबमा इदको टुङ्गो लाग्ने गरेको छ । हरेक वर्षको रमादान महिना २९ वा ३० दिनको हुने गर्छ । स्थानीय इस्लामिक प्रशासनले चन्द्रमा देखिए–नदेखिएको निक्र्यौल गरी इदको मिति घोषणा गर्ने गरेको छ । विभिन्न भौगोलिक क्षेत्रमा इदको चन्द्रमा कहिले देखिने वा नदेखिने हुनाले विश्वका विभिन्न स्थानमा इद मनाउँदा एक दिनको फरक पर्न सक्छ ।


कसरी शुभकामना दिने ?

इद विश्वको सबैभन्दा महत्वपूर्ण धार्मिक पर्व मध्येको एक हो । विश्वका करिब २ अर्ब मुसलमानहरुले इद मनाउँछन् । इदको शुभकामना दिँदा ‘इद मुबारक’ भन्ने गरिन्छ । यसको अर्थ ‘इदको शुभकमना’ भन्ने हुन्छ । खासमा इदको शुभकामना दिँदा अंकमाल गरी इद मुबारक भन्ने परम्परा छ ।

दुई इद

मुसलमानहरुले वर्षमा दुईपटक इद मनाउने गर्छन् । रमजान सकिएसँगै इद अल फित्र मनाइने गरिन्छ भने इस्लामिक पात्रोको १२ आंै महिना दुः अल हिजाको १० तारिखमा इद अल अजहा मनाइने गरिन्छ । इद अल फित्र रमादान सकिएको शुखीयालीमा मनाइन्छ भने इद अल अजहा चाहिँ ईश्वरले छोरा इस्माइलको बली दिन भनी दिएको आज्ञा पूरा गर्न इब्राहिम तत्पर भएको सम्झनामा मनाइन्छ ।

]]>
https://nayamuluk.com/%e0%a4%ae%e0%a5%81%e0%a4%b8%e0%a5%8d%e0%a4%b2%e0%a4%bf%e0%a4%ae-%e0%a4%b8%e0%a4%ae%e0%a5%81%e0%a4%a6%e0%a4%be%e0%a4%af-%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a4%b9%e0%a4%be%e0%a4%a8-%e0%a4%aa%e0%a4%b0/feed/ 0
सोमबारदेखि नेपालगन्ज विमानस्थलबाट आन्तरिक उडान https://nayamuluk.com/%e0%a4%b8%e0%a5%8b%e0%a4%ae%e0%a4%ac%e0%a4%be%e0%a4%b0%e0%a4%a6%e0%a5%87%e0%a4%96%e0%a4%bf-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%97%e0%a4%a8%e0%a5%8d%e0%a4%9c-%e0%a4%b5%e0%a4%bf%e0%a4%ae/ https://nayamuluk.com/%e0%a4%b8%e0%a5%8b%e0%a4%ae%e0%a4%ac%e0%a4%be%e0%a4%b0%e0%a4%a6%e0%a5%87%e0%a4%96%e0%a4%bf-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%97%e0%a4%a8%e0%a5%8d%e0%a4%9c-%e0%a4%b5%e0%a4%bf%e0%a4%ae/#respond Sat, 19 Sep 2020 18:42:06 +0000 https://nayamuluk.com/?p=63

बुद्ध जस्तै अन्य एयरलाईन्सले पनि प्लेन उडाउने तयारी गरिरहेका छन् । भने नेपालगन्ज विमानस्थलमा मापदण्ड अनुसारको व्यवस्थापन गरिएको छ र नयाँ नियम अनुसार हवाईयात्रुले बोर्डिंग पास लिनु अगाडि हेल्थ डिक्लेरेसन फर्म भर्नुपर्ने छ । यसरी भरेको फर्म आफूले यात्रा गर्ने एयरलाइन्सलाई बुझाउनुपर्ने छ । सबै यात्रुले सेनेटाइजर र मास्क अनिवार्य रुपमा लगाउनुपर्ने छ।

बाँके–नेपालगन्ज विमानस्थलले आउने सोमबार देखि आन्तरीक हवाई उडान सुरु गर्ने भएको छ । लामो समयदेखी बन्द रहेको उडानलाई असोज ५ गतेदेखी नियमित गर्ने तयारी गरीएको विमानस्थल स्रोतले जनाएको छ । हवाई यात्रा शुरु हुने मिति तोकेसंगै टिकट बुकिङ शुरु भएको बुद्ध एयर नेपालगन्जका स्टेशन म्यानेजर बिनित विक्रम शाहले जानकारी दिए । अहिले न्यूनतम भाडा काठमाण्डौका लागि पाँच हजार २ सय ५५ तोकिएको छ ।

]]>
https://nayamuluk.com/%e0%a4%b8%e0%a5%8b%e0%a4%ae%e0%a4%ac%e0%a4%be%e0%a4%b0%e0%a4%a6%e0%a5%87%e0%a4%96%e0%a4%bf-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%97%e0%a4%a8%e0%a5%8d%e0%a4%9c-%e0%a4%b5%e0%a4%bf%e0%a4%ae/feed/ 0
संविधान दिवसमा कालो झण्डा https://nayamuluk.com/%e0%a4%b8%e0%a4%82%e0%a4%b5%e0%a4%bf%e0%a4%a7%e0%a4%be%e0%a4%a8-%e0%a4%a6%e0%a4%bf%e0%a4%b5%e0%a4%b8%e0%a4%ae%e0%a4%be-%e0%a4%95%e0%a4%be%e0%a4%b2%e0%a5%8b-%e0%a4%9d%e0%a4%a3%e0%a5%8d%e0%a4%a1/ https://nayamuluk.com/%e0%a4%b8%e0%a4%82%e0%a4%b5%e0%a4%bf%e0%a4%a7%e0%a4%be%e0%a4%a8-%e0%a4%a6%e0%a4%bf%e0%a4%b5%e0%a4%b8%e0%a4%ae%e0%a4%be-%e0%a4%95%e0%a4%be%e0%a4%b2%e0%a5%8b-%e0%a4%9d%e0%a4%a3%e0%a5%8d%e0%a4%a1/#respond Sat, 19 Sep 2020 17:42:29 +0000 https://nayamuluk.com/?p=42 बाँके–सिके राउत नेतृत्वको जनमत पार्टी बाँकेद्वारा संविधान दिवसमा कालो झण्डा सहित सरकार विरुद्ध बिरोध प्रदर्शन गरेको छ ।

२०७५ सालमा स्थापना भएको जनमत पार्टी बाँकेले जिल्लाको जमुनहा सिमानाकामा नेपाल सरकार विरुद्ध नाराबाजी गर्दै संविधान दिवसमा कालो झण्डा सहित बिरोध प्रदर्शन गरेको हो ।

जनमत पार्टीका केन्द्रिय सदस्य तथा बाँके जिल्लाका इन्चार्ज इरफान शेषले तत्काल नेपाल(भारत सिमानाका खोल्न माग गर्दै नेपालको संविधानको असमर्थन जनाएका छन। उनले भने,”नेपालमा संविधान जारी भए देखि जनमत पार्टीले आफ्नो असहमति जनाउदै प्रत्येक वर्ष कालो दिवसको रुपमा बिरोध प्रदर्शन गर्दै आएको छ ।”

पार्टीका इन्चार्ज शेष लगायतका नेताले जिल्लाका सम्पुर्ण धार्मिक स्थल समेत खोल्न माग गर्दै नारावाजी सहित बिरोध गरेका हुन । सीमानाकामा आम जनतालाई दुस्ख खेप्नु परेको छ भन्दै तत्काल सीमानाका खुल्नको लागी नेपाल सरकार संग माग गरेका हुन ।

यस अघि शुक्रबार पनि जनमत पार्टी बाँकेले गरेको माग सम्वोधन नभए विरोधका कार्यक्रम अघि सार्ने चेतावनी समेत दिएका थिए ।

बिरोध कार्यक्रमको कोर्णसभा सम्पन्न नहुँदै जिल्ला प्रहरी कार्यालय बाँके लगायत वडा प्रहरी कार्यालय नेपालगन्जको प्रहरी टोलिले पार्टीका इन्चार्ज शेष, अध्यक्ष रियाज अहमद शेष, विद्यार्थी जनमत संघमा अध्यक्ष रियाज अन्सारी सहित १३ जनालाई कोर्णसभा बाटै नियन्त्रणमा लिएको थियो ।

]]>
https://nayamuluk.com/%e0%a4%b8%e0%a4%82%e0%a4%b5%e0%a4%bf%e0%a4%a7%e0%a4%be%e0%a4%a8-%e0%a4%a6%e0%a4%bf%e0%a4%b5%e0%a4%b8%e0%a4%ae%e0%a4%be-%e0%a4%95%e0%a4%be%e0%a4%b2%e0%a5%8b-%e0%a4%9d%e0%a4%a3%e0%a5%8d%e0%a4%a1/feed/ 0