राजनीति – नयाँ मुलुक https://nayamuluk.com Mon, 19 Jan 2026 10:24:54 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.7.5 प्रतिनिधिसभा सदस्य पदमा रमेश चन्द्र कुमालद्वारा स्वतन्त्र उम्मेदवारीको घोषणा https://nayamuluk.com/%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a4%e0%a4%bf%e0%a4%a8%e0%a4%bf%e0%a4%a7%e0%a4%bf%e0%a4%b8%e0%a4%ad%e0%a4%be-%e0%a4%b8%e0%a4%a6%e0%a4%b8%e0%a5%8d%e0%a4%af-%e0%a4%aa%e0%a4%a6%e0%a4%ae%e0%a4%be/ https://nayamuluk.com/%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a4%e0%a4%bf%e0%a4%a8%e0%a4%bf%e0%a4%a7%e0%a4%bf%e0%a4%b8%e0%a4%ad%e0%a4%be-%e0%a4%b8%e0%a4%a6%e0%a4%b8%e0%a5%8d%e0%a4%af-%e0%a4%aa%e0%a4%a6%e0%a4%ae%e0%a4%be/#respond Mon, 19 Jan 2026 10:24:52 +0000 https://nayamuluk.com/?p=5473 ५ माघ, नेपालगन्ज । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा प्रतिनिधिसभा सदस्य पदमा नेपालगन्जका रमेश चन्द्र कुमालले स्वतन्त्र उम्मेदवारीको घोषणा गरेका छन् ।
सामाजिक सञ्जालमार्फत उक्त कुराको जानकारी कुमालले गराएका हुन् ।
उनले भनेका छन्, ‘म रमेश चन्द्र कुमाल, बाँके जिल्ला प्रतिनिधि सभा क्षेत्र नं. २ बाट आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवारको रूपमा उम्मेदवारी दिने औपचारिक घोषणा गर्दछु ।
देशको वर्तमान राजनीतिक अवस्था, जातीय विभेद, सामाजिक असमानता, छुवाछुत, बेरोजगारी, पेशागत उत्पीडन तथा राज्यको पहुँचबाट टाढा पारिएका नागरिकहरूको पीडालाई नजिकबाट महसुस गर्दै मैले यो निर्णय लिएको हुँ । म कुनै दल विशेषको प्रतिनिधि होइन, म जनताको साझा आवाज बन्न चाहन्छु ।
मेरो उम्मेदवारीको मूल उद्देश्य जात, वर्ग, पेशा, लिंग वा पहिचानका आधारमा हुने सबै प्रकारका विभेदको अन्त्य गर्दै समानता, न्याय र समावेशी लोकतन्त्रको स्थापना गर्नु हो । विशेष गरी दलित, आदिवासी÷जनजाति, पिछडिएका वर्ग, श्रमिक, किसान, व्यापारी, युवा, महिला तथा राज्यको पहुँचबाट वञ्चित समुदायहरूको हकहितका लागि म संसदमा दृढतापूर्वक आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्दछु ।
मेरो प्रमुख प्रतिबद्धताहरू यस प्रकार रहेका छन्ः
– जातीय समानता र छुवाछुत अन्त्यका लागि प्रभावकारी कानुनी तथा सामाजिक पहल
– पिछडिएका, सीमान्तकृत र श्रमिक वर्गको अधिकार संरक्षण
– स्थानीय स्तरमै रोजगार र स्वरोजगार सिर्जनाका कार्यक्रम
– साना तथा मझौला व्यापारी र उद्यमीको हकहित सुनिश्चितता
– स्वास्थ्य, शिक्षा र सामाजिक सुरक्षामा सबै नागरिकको समान पहुँच
– सुशासन, पारदर्शिता र भ्रष्टाचारविरुद्ध कडा प्रतिवद्धता
– युवा, महिला तथा अपाङ्गता भएका नागरिकको सशक्तिकरण
– जनताको प्रत्यक्ष सहभागितामा आधारित विकास र नीति निर्माण
– स्वतन्त्र, इमान्दार र जनमुखी प्रतिनिधित्व
म बाँके क्षेत्र नं. २ का सम्पूर्ण नागरिकहरूलाई विचार, विवेक र विश्वासका आधारमा साथ, सहयोग र समर्थनका लागि हार्दिक अपिल गर्दछु ।
जनताको विश्वास नै मेरो शक्ति हो ।’
रमेश चन्द्र कुमाल (स्वतन्त्र उम्मेदवार)
प्रतिनिधिसभा सदस्य, बाँके क्षेत्र नं. २
सम्पर्क नं. ९८५८०२९४११

]]>
https://nayamuluk.com/%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a4%e0%a4%bf%e0%a4%a8%e0%a4%bf%e0%a4%a7%e0%a4%bf%e0%a4%b8%e0%a4%ad%e0%a4%be-%e0%a4%b8%e0%a4%a6%e0%a4%b8%e0%a5%8d%e0%a4%af-%e0%a4%aa%e0%a4%a6%e0%a4%ae%e0%a4%be/feed/ 0
नेपाली कांग्रेस बाँकेले प्रशिक्षण अभियान चलाउने https://nayamuluk.com/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a5%80-%e0%a4%95%e0%a4%be%e0%a4%82%e0%a4%97%e0%a5%8d%e0%a4%b0%e0%a5%87%e0%a4%b8-%e0%a4%ac%e0%a4%be%e0%a4%81%e0%a4%95%e0%a5%87%e0%a4%b2%e0%a5%87-3/ https://nayamuluk.com/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a5%80-%e0%a4%95%e0%a4%be%e0%a4%82%e0%a4%97%e0%a5%8d%e0%a4%b0%e0%a5%87%e0%a4%b8-%e0%a4%ac%e0%a4%be%e0%a4%81%e0%a4%95%e0%a5%87%e0%a4%b2%e0%a5%87-3/#respond Mon, 16 Oct 2023 11:38:55 +0000 https://nayamuluk.com/?p=3937 २९ असोज, नेपालगन्ज । नेपाली कांग्रेस बाँकेले प्रशिक्षण अभियान चलाउने भएको छ ।
कांग्रेस बाँकेले सोमबार पार्टी कार्यालय नेपालगञ्जमा आयोजना गरेको नियमित पत्रकार भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रममा सभापति नारायणप्रसाद गौडेलले चुस्त, दुरुस्त र धारिलो संगठन बनाउने कामलाई अभियानकै रुपमा अघि बढाउन छठ लगत्तै गाउँ केन्द्रित पार्टी प्रशिक्षण अभियान सञ्चालन गर्ने बताएका हुन् । पत्रकार भेटघाटमा वितरित प्रेस नोटमा भनिएको छ, “यसको सुरुवात हामीले केही समय अगाडि ८ पालिका सभापति र ८१ वटै वडा सभापतिहरुको लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गरेर गरिसकेका छौं । ‘सचेत र जागरुक’ कार्यकर्ता उत्पादन गर्ने ध्येयका साथ प्रशिक्षणका कार्यक्रम अगाडि बढाइनेछ ।”
सभापति गौडेलले पार्टीलाई सुनिने, देखिने र महसुस गर्ने संगठनका रुपमा क्रियाशील बनाउने गरी अगाडि बढाउन उद्यत रहेको भन्दै जनतासंग प्रत्यक्ष सरोकार राख्ने सामाजिक र सिर्जनात्मक क्रियाकलापहरुमा पार्टीलाई अग्रसर बनाउने नीति अनुरुप पार्टीले आफ्ना कार्यक्रमहरुलाई केन्द्रित गरेको जानकारी दिए । “जनताका अप्ठेराहरुमा सहानुभूति मात्र प्रकट गर्ने परम्परागत सोचबाट माथि उठेर नेपाली कांग्रेस बाँके समानुभूतिको मन्त्रसहित अघि बढ्न हरदम पर्यत्नशील छ । सामाजिक मुद्दाहरुमा पक्षधरताबाट अलग बसेर जनताका चासो र सरोकारलाई आफ्नो एजेण्डा सम्झँदै पाइला चालिरहेको स्मरण पनि गराउँदछौं,” पत्रकार भेटघाटमा वितरित प्रेस नोटमा भनिएको छ । उनले सञ्चार जगतसंग नियमित र निरन्तर सम्पर्कमा रहँदै विश्वासको जग बलियो बनाउन नेपाली कांग्रेस बाँके प्रतिबद्ध भएको उल्लेख गरे ।
दशैं, तिहार र छठ पर्वहरु तथा नेपाल सम्बत ११४४ को पावन अवसरमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दै नेपाली कांग्रेस बाँकेले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न यी पर्वहरुले सबैमा उत्प्रेरणा प्रदान गरुन् भन्ने कामना गरेको छ ।
पत्रकारहरुको प्रश्नको जवाफ दिँदै सभापति गौडेलले भ्रष्टाचारको मामिलामा नेपाली कांग्रेस बाँके शून्य सहनशिलताका साथ अघि बढेको बताए । कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले सुशासन उल्लंघन गरे पार्टीले संरक्षण नगर्ने भन्दै जनप्रतिनिधिहरुलाई पटक-पटक स्वच्छ छविका साथ काम गर्न झक्झक्याइरहेको बताए । भ्रष्टाचारका सवालमा पार्टीले कुनै कम्प्रमाइज नगर्ने सभापति गौडेलको भनाई छ । गौडेलले भ्रष्टाचार गर्ने जनप्रतिनिधिलाई पार्टीले नछाड्ने दृढता व्यक्त गरे । उनले जनप्रतिनिधिहरुलाई जनअपेक्षा अनुसार काम गर्न सचेत बनाइएको बताए ।
सभापति गौडेलको सभापतित्व एवम् केन्द्रिय सदस्य मैकुलाल बाल्मिकीको प्रमुख आतिथ्यतामा सम्पन्न पत्रकार भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रममा पत्रकारहरुलाई मायाको चिनो स्वरुप डायरी र कलम प्रदान गरिएको थियो । कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य बाल्मिकीले पार्टीबाट निर्वाचित जनप्रतिनिधिले गरिरहेका काम कारबाहीमा पार्टीको चासो रहेको बताउँदै हालसम्म भएका कामका बारेमा अनुगमन गर्ने गरी संयन्त्र बनाएर अघि बढ्न थालेको उल्लेख गरे । जनप्रतिनिधिका कामले पार्टीलाई आघात पुग्ने अवस्था आउनु पार्टीका लागि ठूलो क्षती हुने उनको भनाई छ ।
त्यस अवसरमा नेपाल प्रेस युनियनका बरिष्ठ उपाध्यक्ष प्रेम केसी, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाई, प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल, प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकाय, समाजवादी प्रेस संगठन बाँकेका अध्यक्ष लोकनाथ शर्मा, अनलाइन पत्रकार संघ बाँकेका अध्यक्ष कमल न्यौपाने लगायतले बोनेका थिए । सचिव सुधांशु कोइरालाले सञ्चालन गरेको कार्यक्रममा उपसभापति गोपालप्रसाद अधिकारी, सहसचिवद्वय रेन सिंह ठाकुर र विनोदकुमार थारु, प्रबक्ता डिल्ली गिरी, कार्यसमिति सदस्य, पूर्व पदाधिकारी एवम् सदस्य लगायत ३ दर्जन बढी पत्रकार उपस्थित थिए ।

]]>
https://nayamuluk.com/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a5%80-%e0%a4%95%e0%a4%be%e0%a4%82%e0%a4%97%e0%a5%8d%e0%a4%b0%e0%a5%87%e0%a4%b8-%e0%a4%ac%e0%a4%be%e0%a4%81%e0%a4%95%e0%a5%87%e0%a4%b2%e0%a5%87-3/feed/ 0
उद्योगी व्यवसायीको मनोबल उच्च नहुँदासम्म मुलुक समृद्धितर्फ अग्रसर हुन सक्दैन:मन्त्री रिजाल https://nayamuluk.com/%e0%a4%89%e0%a4%a6%e0%a5%8d%e0%a4%af%e0%a5%8b%e0%a4%97%e0%a5%80-%e0%a4%b5%e0%a5%8d%e0%a4%af%e0%a4%b5%e0%a4%b8%e0%a4%be%e0%a4%af%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a4%a8%e0%a5%8b%e0%a4%ac%e0%a4%b2/ https://nayamuluk.com/%e0%a4%89%e0%a4%a6%e0%a5%8d%e0%a4%af%e0%a5%8b%e0%a4%97%e0%a5%80-%e0%a4%b5%e0%a5%8d%e0%a4%af%e0%a4%b5%e0%a4%b8%e0%a4%be%e0%a4%af%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a4%a8%e0%a5%8b%e0%a4%ac%e0%a4%b2/#respond Thu, 21 Sep 2023 07:52:20 +0000 https://nayamuluk.com/?p=3856 नेपालगन्ज, असोज ४ । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले उद्योगी व्यवसायीको मनोबल उच्च नहुँदासम्म मुलुक समृद्धितर्फ अग्रसर हुन नसक्ने बताएका छन् ।
नेपाली कांग्रेस बाँकेले बुधवार पार्टी कार्यालय नेपालगन्जमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रिजालले उद्योगी व्यवसायीप्रति नकारात्मक सोच रहेको भन्दै त्यस्तो सोच नहटाउँदासम्म उद्योग व्यवसाय फस्टाउन नसक्ने बताए । उद्योग व्यवसाय नफस्टाउँदासम्म मुलुक समृद्धिको यात्रामा अगाडि बढ्न नसक्ने मन्त्री रिजालको भनाई छ । उद्योगी व्यवसायीका समस्या समाधानका लागि सरकार तत्पर रहेको बताउँदै उनले उद्योगी व्यवसायीको मनोबल बढाउने गरी सरकारले काम गर्ने बताए । बाँके नौवस्तास्थित औद्योगिक क्षेत्रमा देखिएको समस्या समाधानका लागि सरकारले काम गर्ने उनको भनाई छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहनुभएका मन्त्री रिजालले उच्च मनोबलका साथ काम गर्न पार्टी पंक्तिलाई आग्रह गरे । लोकतन्त्रको विकास र स्थायित्वका लागि विचलित नभएर आ-आफ्नो कार्यक्षेत्रमा लाग्न उनको आग्रह छ । नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

]]>
https://nayamuluk.com/%e0%a4%89%e0%a4%a6%e0%a5%8d%e0%a4%af%e0%a5%8b%e0%a4%97%e0%a5%80-%e0%a4%b5%e0%a5%8d%e0%a4%af%e0%a4%b5%e0%a4%b8%e0%a4%be%e0%a4%af%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a4%a8%e0%a5%8b%e0%a4%ac%e0%a4%b2/feed/ 0
वीपी कोइरालाको ११०औं जन्मजयन्ती मनाइयो https://nayamuluk.com/%e0%a4%b5%e0%a5%80%e0%a4%aa%e0%a5%80-%e0%a4%95%e0%a5%8b%e0%a4%87%e0%a4%b0%e0%a4%be%e0%a4%b2%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a5%a7%e0%a5%a7%e0%a5%a6%e0%a4%94%e0%a4%82-%e0%a4%9c%e0%a4%a8%e0%a5%8d/ https://nayamuluk.com/%e0%a4%b5%e0%a5%80%e0%a4%aa%e0%a5%80-%e0%a4%95%e0%a5%8b%e0%a4%87%e0%a4%b0%e0%a4%be%e0%a4%b2%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a5%a7%e0%a5%a7%e0%a5%a6%e0%a4%94%e0%a4%82-%e0%a4%9c%e0%a4%a8%e0%a5%8d/#respond Sun, 10 Sep 2023 12:22:21 +0000 https://nayamuluk.com/?p=3772 २४ भाद्र, नेपालगञ्ज । नेपाली कांग्रेसका संस्थापक नेता, पूर्व सभापति एवम् प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको ११०औं जन्मजयन्ती नेपाली कांग्रेस बाँकेले विभिन्न कार्यक्रम गरी मनाएको छ ।
नेपाली कांग्रेस बाँकेले आइतवार बिहान नेपालगञ्ज वीपी चोकस्थित वीपीको शालिकमा माल्यार्पण गरेको थियो । पार्टी सभापति गौडेलले महामानव वीपीको शालिकमा माल्यार्पण गरेका थिए । त्यसक्रममा बोल्दै गौडेलले बीपी कोइरालाको चिन्तनले मुलुकलाई समृद्ध बनाउन सकिने भन्दै वीपी विचारबाट दिग्भ्रमित हुन नहुनेमा जोड दिए । नेपालका सबै राजनीतिक दलहरूले कुनै न कुनै दृष्टिकोणले आज पनि बिपीको विचार नै अनुकरण गरिरहेको भन्दै गौडेलले वीपी नेपाली राजनीतिका महान विचारक भएको बताए । कांग्रेस र कांग्रेसजनले वीपीले अघि सारेको गरेको आदर्श भूल्न नहुने गौडेलको भनाई छ ।
यस्तै कांग्रेस बाँकेले ’वीपीको समाजवाद र आजको सन्दर्भ विषयक’ विचार गोष्ठीको पनि आयोजना गर्यो । सभापति गौडेलको सभापतित्व एवम् पूर्व मन्त्री गजेन्द्र हमालको प्रमुख आतिथ्यतामा सम्पन्न विचार गोष्ठीमा नेताहरु हेमन्त कर्माचार्य, अशोक बस्नेत र प्रल्हादबहादुर कार्कीले कार्यपत्र प्रस्तुत गरेका थिए । प्रमुख अतिथि हमालले वीपी कोइराला राजनीतिक जगतमा सबैका अनुकरणीय विचारक र चिन्तक भएको बताए । उनले वीपीको समाजवादलाई व्यवहारमा लागू गर्न सके मुलुकले काँचुली फेर्न समय नलाग्ने बताए । आदर्शमा समाजवाद भएपनि व्यवहारमा हुन नसकेको भन्दै हमालले पार्टी बीपीको राजनीतिक चिन्तनको मार्गमा हिँड्नुपर्नेमा जोड दिए ।
दिवसकै अवसरमा तरुण दल बाँकेको आयोजना र नेपाल लोकतान्त्रिक खेलकुद संघको सहकार्यमा रक्तदान कार्यक्रम गरिएको नेपाली कांग्रेस बाँकेका सचिव सुधांशु कोइरालाले जानकारी दिएका छन् ।

]]>
https://nayamuluk.com/%e0%a4%b5%e0%a5%80%e0%a4%aa%e0%a5%80-%e0%a4%95%e0%a5%8b%e0%a4%87%e0%a4%b0%e0%a4%be%e0%a4%b2%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a5%a7%e0%a5%a7%e0%a5%a6%e0%a4%94%e0%a4%82-%e0%a4%9c%e0%a4%a8%e0%a5%8d/feed/ 0
राज्य संरचना विकेन्द्रित भएजस्तै कांग्रेसमा पनि विकेन्द्रिकरण जरुरी छः नेता कोइराला https://nayamuluk.com/%e0%a4%b0%e0%a4%be%e0%a4%9c%e0%a5%8d%e0%a4%af-%e0%a4%b8%e0%a4%82%e0%a4%b0%e0%a4%9a%e0%a4%a8%e0%a4%be-%e0%a4%b5%e0%a4%bf%e0%a4%95%e0%a5%87%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%a4/ https://nayamuluk.com/%e0%a4%b0%e0%a4%be%e0%a4%9c%e0%a5%8d%e0%a4%af-%e0%a4%b8%e0%a4%82%e0%a4%b0%e0%a4%9a%e0%a4%a8%e0%a4%be-%e0%a4%b5%e0%a4%bf%e0%a4%95%e0%a5%87%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%a4/#respond Sat, 26 Aug 2023 15:49:33 +0000 https://nayamuluk.com/?p=3695 ९ भाद्र, नेपालगञ्ज । नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले कांग्रेसलाई विकेन्द्रिकरण गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस बाँकेले शनिवार पार्टी कार्यालय नेपालगञ्जमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै निवर्तमान महामन्त्री कोइरालाले पार्टी केन्द्रमुखी र केन्द्रिकृत भइरहेको बताउँदै राज्य संरचना विकेन्द्रित भएजस्तै कांग्रेसमा पनि विकेन्द्रिकरण जरुरी रहेको उल्लेख गरे ।
जिल्लाका विवाद र समस्याहरु केन्द्रमा जाँदा केन्द्र नै ध्रृबिकृत हुने अवस्था बनेको भन्दै उनले जिल्ला तहका समस्या जिल्लास्तरमै समाधान गर्न सक्ने गरी अधिकार प्रत्योजनमा जोड दिए ।
गुट अधिवेशनको समयमा हुनु स्वभाविक भएको बताउँदै केन्द्रिय सदस्य कोइरालाले अधिवेशन पश्चात गुटहरु स्वतः निस्क्रिय भएर जाने जिकिर गरे । कांग्रेस आफैंले खुट्टा कमाएका कारण अन्य दलहरुसंग गठबन्धन गर्नुपरिरहेको औल्याउँदै उनले कांग्रेस सक्षम भए कसैसंग पनि गठबन्धन गर्नु नपर्ने बताए । “कांग्रेस आफ्नो खुट्टामा आफैं उभियो भने कसैले पनि हल्लाउन सक्दैन, कोइरालाले भने, “हामी एक भयौं भने कसैले पनि कांग्रेसलाई हराउन सक्दैन ।“
उनले आफ्नो मन्त्री वा प्रधानमन्त्री बन्ने कुरामा कुनै आशक्ति नरहेको भन्दै आफू केही परिवर्तन गर्न राजनीतिमा लागेको उल्लेख गरे । कोइरालाले भ्रष्टाचारलाई कम गर्न सबै इमान्दारपूर्वक लाग्नुपर्नेमा जोड दिँदै तत्काल भ्रष्टाचार निर्मूल गर्न नसके पनि कम गर्न सकिने बताए । नेतृत्व नै भ्रष्ट भएमा सबै कुरा विग्रिने भन्दै उनले नेतृत्व अझै इमान्दार बन्नुपर्नेमा जोड दिए । कोइरालाले पार्टीका कार्यक्रमहरुमा युवा र महिलाको उल्लेखनीय उपस्थिति हुनुपर्नेमा समेत जोड दिए ।
केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री दीपक गिरीले संविधान र पार्टीको विधानका बारेमा नै पुनर्विचार गर्नुपर्ने बेला आएको बताए । मिश्रित निर्वाचन प्रणालीले मुलुकलाई अस्थिर र असफल बनाउने दिशातर्फ डोर्याइरहेको भन्दै उनले निर्वाचन प्रणालीका बारेमा समेत सोच्नुपर्ने अवस्था आइसकेको जिकिर गरे ।
नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलेको सभापतित्वमा भएको कार्यक्रमलाई केन्द्रिय सदस्यहरु सञ्जयकुमार गौतम र उर्मिला थपलियाले समेत सम्बोधन गरेका थिए । सभापति गौडेलले केन्द्रमा पार्टीले माओवादीसंग मिलेर सरकार बनाउने तर जिल्ला तहमा माओवादीले एमालेसंग मिलेर कांग्रेससंग दुरी बढाउने नीतिले पार्टीको भलो नहुने भन्दै नेताहरुको ध्यानाकर्षण समेत गराए । पार्टीका नेता कार्यकर्ता स्वयम् परिचालन हुनुपर्नेमा जोड दिँदै उनले निम्तो खोजेर बसे पार्टी नबन्ने चेतावनी समेत दिए ।
कार्यक्रममा विभिन्न नेता कार्यकर्ताले आफ्ना सुझाब, सल्लाह, प्रश्न नेताहरुसमक्ष राखेका थिए । उपसभापति कृष्णबहादुर काकीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव सुधांशु कोइरालाले गरेका थिए ।

]]>
https://nayamuluk.com/%e0%a4%b0%e0%a4%be%e0%a4%9c%e0%a5%8d%e0%a4%af-%e0%a4%b8%e0%a4%82%e0%a4%b0%e0%a4%9a%e0%a4%a8%e0%a4%be-%e0%a4%b5%e0%a4%bf%e0%a4%95%e0%a5%87%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%a4/feed/ 0
पुनः मतगणना नभए चरणबद्ध आन्दोलन गरिने चेतावनी https://nayamuluk.com/%e0%a4%aa%e0%a5%81%e0%a4%a8%e0%a4%83-%e0%a4%ae%e0%a4%a4%e0%a4%97%e0%a4%a3%e0%a4%a8%e0%a4%be-%e0%a4%a8%e0%a4%ad%e0%a4%8f-%e0%a4%9a%e0%a4%b0%e0%a4%a3%e0%a4%ac%e0%a4%a6%e0%a5%8d%e0%a4%a7-%e0%a4%86/ https://nayamuluk.com/%e0%a4%aa%e0%a5%81%e0%a4%a8%e0%a4%83-%e0%a4%ae%e0%a4%a4%e0%a4%97%e0%a4%a3%e0%a4%a8%e0%a4%be-%e0%a4%a8%e0%a4%ad%e0%a4%8f-%e0%a4%9a%e0%a4%b0%e0%a4%a3%e0%a4%ac%e0%a4%a6%e0%a5%8d%e0%a4%a7-%e0%a4%86/#respond Sat, 26 Aug 2023 13:57:14 +0000 https://nayamuluk.com/?p=3689 ९ भाद्र, नेपालगञ्ज । भाद्र २ गते सम्पन्न नेपालगञ्ज उद्योग वाणिज्य संघको विवादित बनेको महासचिव पदको मतगणनाका विषयमा शनिबार नेपालगञ्जमा साझा प्रजातान्त्रिक उद्योगी व्यावसायी समूहले पत्रकार सम्मेलन गरेर पुनः मतगणनाको माग गरेको छ । पत्रकार सम्मेलनमा बोल्दै साझा प्रजातान्त्रिक उद्योगी व्यावसायी समूहका अध्यक्ष संजय थापाले महासचिव पदको पुनः मतगणना नभए चरणबद्धरुपमा आन्दोलन गर्ने बताएका हुन् ।
साझा प्रजातान्त्रिक समूहले आफ्ना मागहरुको सम्बोधनका लागि विज्ञप्ति जारी गर्दै चरणबद्ध आन्दोलनको घोषण गरेको हो । उनीहरुले सार्वजनिक गरेको विज्ञप्तिमा मतगणनाको क्रममा केही मतहरु मतपेटिकामा रहेका र गणना गर्ने क्रममा उक्त मतपत्रहरु गणना हुनु हुँदैन भनि प्रतिद्वन्द्वी पक्षले विरोध गरेका कारण तत्काल मगगणना हुन नसकेको उल्लेख गरेको छ ।
साझा प्रजातान्त्रिक समूहले निर्वाचन आयोगद्वारा एक पक्षिय गतिविधि गर्दै आई रहेको भन्दै कूनै पनि हालतमा पुनःगतगणना नगरिए सम्पूर्ण मतगणना नै कैफियत र बैइमानी हुनसक्ने आशंका रहेको व्यक्त गरेको छ ।
यसअघि भदौं २ गते नेपालगञ्ज उद्योग वाणिज्य संघको चुनाव सकियो र भदौ ३ गते बिहानदेखि मतगणनाको काम सुरु भयो । बढी मत पाएर निर्वाचन भएका सबै पदाधिकारीको नाम सार्वजनिक हुँदै गर्दा महासचिव पदको मत परिणाममा भने विवाद उत्पन्न भयो ।
विवादित बनेको महासचिव पदको मतगणना गर्न ढिलाई गरेको भन्दैं साझा प्रजातान्त्रिक उद्योगी व्यावसायिहरुको समूहले नेपालगञ्ज उद्योग वाणिज्य संघमा तालाबन्दी गरेको थियो । महासचिव पदमा आफ्ना उम्मेदवार टंकप्रसाद शर्मालाई सुनियोजित तरिकाले पराजित गरिएको भन्दैं त्यसको बिरुद्धमा शुक्रबार साँझ संघको कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरिएको हो ।
निर्वाचन आयुक्त टीकाजंग सिंहले सम्पूर्ण मतपत्र गणना नभएको अवस्थामा नतिजा सार्वजनिक गरेको भन्दैं त्यसको विरुद्धमा संघमा अनिश्चितकालीन तालाबन्दी गरिएको नवनिर्वाचित कोषाध्यक्ष मख्खन धामीले बताए । ताला लगाउने क्रममा उनले निर्वाचन आयोगको जुन किसिमको रबैया छ, एकपक्षिय रुपमा निर्णय गरिएको छ । त्यसको बिरोध गरिएको हो । निर्वाचन टिमले स्वच्छ र धाधलीरहित निर्वाचन सम्पन्न गर्नु पर्ने हो । तर निर्वाचन आयोगले त्यस्तो नगरीकन हाम्रा उम्मेदवारलाई सुनियोजित रुपमा पराजित गरिएको उनको भनाइ छ ।
महासचिव पदको पुनः मतगणना नहुँदासम्म साझा प्रजातान्त्रिकबाट विजेता बनेका पदाधिकारी र सदस्यहरुले सपथ नलिने समेत साझा प्रजातान्त्रिक समूहका अध्यक्ष थापाले बताए । उनले आन्दोलन अनिश्चितकालीन रुपमा सुरु भएको बताउँदै प्रमुख निर्वाचन आयुक्तको गलत क्रियाकलापको घोर भत्र्सना गर्छौ भनेका छन् ।
महासचिव पदको मतगणनामा विवाद आएपछि प्रमुख निर्वाचन आयुक्त सिंहले मंगलबार बिहान ८ बजेदेखि पुनः मतगणना गर्ने भनेर विज्ञप्ति जारी गरेका थिए । तर मंगलबार बिहानै उनी अस्पताल भर्ना भएपछि पुनः मतगणना सुरु हुन सकेन । पछि सिंहले अर्को विज्ञप्ति जारी गर्दै तिन दिनसम्मको पुनः मतगणना कार्य स्थगित भएको जानकारी गराएका थिए ।
मंगलबार बिहानै मतगणना स्थलमा भिडभाड बढेको थियो । तर प्रमुख निर्वाचन आयुक्त बिरामी भएर वेस्र्टन अस्पतालमा भर्ना भएपछि मतगणना कार्य प्रभावित बनेको थियो । प्रमुख निर्वाचन आयुक्त सिंहले महासचिव पदको नतिजा सार्वजनिक गरेपछि विवादमा तानिएका थिए ।
महासचिव पदका उम्मेदवार टंकप्रसाद शर्माले सम्पूर्ण मतपत्र गणना नभएको अवस्थामा नतिजा सार्वजनिक गरेको भन्दैं पुनः मतगणना गर्नु पर्ने माग राख्दै निर्वाचन कार्यालयमा निवेदन दिएका थिए । त्यसपछि साझा प्रजातान्त्रिक उद्योगी व्यावसायी समूहले निर्वाचन कार्यालयमा तालाबन्दी गरिरहेका हो ।
सोमबार १ हजार ९ सय २६ मत प्राप्त गरेका समावेशी प्यानलका उम्मेदवार भिमबहादुर रानाभाटलाई निर्वाचन अधिकारीले विजेता घोषणा गरेका थिए । साझा प्रजातान्त्रिकका टंक प्रसाद शर्माले १ हजार ९ सय २० मत पाएका थिए । ६ मत अन्तरले रानाभाटलाई विजेता घोषणा गरिएको थियो ।
अन्तिम मत परिणाम भन्दै भीमबहादुर रानाभाटलाई विजयी घोषणा गरेपछि मतगणना पूरा नहुँदै घोषणा गरिएको भन्दै रानाभाटका प्रतिद्वन्द्वी टंकप्रसाद शर्मा र साझा प्रजातान्त्रिक समूहले प्रमुख अधिकृत सिंहसहित अन्य ४ जनालाई बन्धक बनाउँदै तालाबन्दी गरेपछि प्रमुख निर्वाचन अधिकृतले पुनः मतगणना गर्ने सहमति गरेर बन्धक मुक्त बनेका थिए ।
उनले गरेको सहमतिलाई समावेशी समूहले भने स्वीकार गरेको छैन ।

]]>
https://nayamuluk.com/%e0%a4%aa%e0%a5%81%e0%a4%a8%e0%a4%83-%e0%a4%ae%e0%a4%a4%e0%a4%97%e0%a4%a3%e0%a4%a8%e0%a4%be-%e0%a4%a8%e0%a4%ad%e0%a4%8f-%e0%a4%9a%e0%a4%b0%e0%a4%a3%e0%a4%ac%e0%a4%a6%e0%a5%8d%e0%a4%a7-%e0%a4%86/feed/ 0
बाँकेमा कांग्रेसको ’विशेष आन्तरिक अभियान समापन https://nayamuluk.com/%e0%a4%ac%e0%a4%be%e0%a4%81%e0%a4%95%e0%a5%87%e0%a4%ae%e0%a4%be-%e0%a4%95%e0%a4%be%e0%a4%82%e0%a4%97%e0%a5%8d%e0%a4%b0%e0%a5%87%e0%a4%b8%e0%a4%95%e0%a5%8b-%e0%a4%b5%e0%a4%bf%e0%a4%b6%e0%a5%87/ https://nayamuluk.com/%e0%a4%ac%e0%a4%be%e0%a4%81%e0%a4%95%e0%a5%87%e0%a4%ae%e0%a4%be-%e0%a4%95%e0%a4%be%e0%a4%82%e0%a4%97%e0%a5%8d%e0%a4%b0%e0%a5%87%e0%a4%b8%e0%a4%95%e0%a5%8b-%e0%a4%b5%e0%a4%bf%e0%a4%b6%e0%a5%87/#respond Tue, 15 Aug 2023 13:53:11 +0000 https://nayamuluk.com/?p=3639 ३० श्रावण, नेपालगञ्ज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरीले अहिले गुट बनाउने बेला नभई संगठन बनाउने बेला भएको बताएका छन् ।
नेपाली कांग्रेस बाँकेले केन्द्रीय सर्कुलर अनुसार साउन २० गतेदेखि सुरु गरेको ’विशेष आन्तरिक अभियान’ को मंगलवार नेपालगञ्जमा समापन गर्दै गिरीले पार्टीको आन्तरिक प्रतिस्पर्धामा गुट बनाए पनि अहिले संगठन बनाउने बेला भएको बताए । २०८४ मा कांग्रेसलाई बलियो तागतका रुपमा स्थापित गर्न संगठन निर्माणमा जुट्नुपर्ने गिरीको भनाई छ ।
‘अहिले गुट–उपगुट बिर्सनुस्, यो संगठन गर्ने बेला हो, गुट बनाउने बेला होइन,’ गिरीले भने–‘आवश्यक भयो भने गुट १५औं महाधिवेशनमा बनाउँला, यो त संगठन गर्ने समय हो ।’ पार्टीमा अनुशासन जरुरी रहेको आवश्यकता औंल्याउँदै गिरीले अनुशासन भएन भने संगठन जति बलियो भएपनि अर्थ नरहने उल्लेख गरे । कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले गरेका राम्रा कामहरु समेत जनतामाझ भन्न नसकिरहेको भन्दै उनले जनसरोकारका मुद्दा सम्बोधनमा गम्भीर बन्न आग्रह गरे ।
अर्का केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीले पार्टीबाट टिकट लिएर निर्वाचित भएका जनप्रतिनिधिले समेत पार्टीका नेता कार्यकर्तालाई नटेर्ने गरेको भन्दै पार्टीप्रति उत्तरदायी बन्न आग्रह गरे । पार्टी सभापति नारायणप्रसाद गौडेलले नेता कार्यकर्तालाई आसन र भाषण भन्दा पनि कर्ममा ध्यान दिन आग्रह गरे । अब नेपाली कांग्रेस बाँके कांग्रेस बनाउन घर–घरमा पुग्ने उद्घोष गौडेलले गरे । २०८४ को निर्वाचनमा बाँकेमा काँग्रेसलाई एक्लै लड्ने शक्तिका रुपमा स्थापित गर्ने दृढता व्यक्त गर्दै उनले पार्टी हित विपरीत काम गर्नेहरुलाई तत्काल कार्वाही गरिने चेतावनी दिए ।
पार्टी उपसभापति गोपालप्रसाद अधिकारीले स्वागत मन्तव्य ब्यक्त गरेको कार्यक्रममा पूर्व मन्त्री एवम् पूर्व जिल्ला उपसभापति गजेन्द्रबहादुर हमाल, संविधानसभा सदस्य एवम् लुम्बिनी प्रदेश सांसद बादसाह कुर्मी, संविधानसभा सदस्य अब्दुल हमिद सिद्दिकी (भोला), महासमिति सदस्य एवम् कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्य, क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रमेशकुमार गुप्ता, क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति नक्की खाँ लगायतले बोलेका थिए ।
कार्यक्रमको संचालन पार्टी सचिव सुधांशु कोइरालाले गरेका थिए । त्यसक्रममा विभिन्न नेता कार्यकर्ताले पार्टीको सांगठनिक अवस्थाबारे ब्रीफिङ गर्दै सल्लाह–सुझाब समेत दिएका थिए ।

]]>
https://nayamuluk.com/%e0%a4%ac%e0%a4%be%e0%a4%81%e0%a4%95%e0%a5%87%e0%a4%ae%e0%a4%be-%e0%a4%95%e0%a4%be%e0%a4%82%e0%a4%97%e0%a5%8d%e0%a4%b0%e0%a5%87%e0%a4%b8%e0%a4%95%e0%a5%8b-%e0%a4%b5%e0%a4%bf%e0%a4%b6%e0%a5%87/feed/ 0
डुडुवाको १३औ गाउँसभाबाट बजेट तथा कार्यक्रम संशोधन https://nayamuluk.com/%e0%a4%a1%e0%a5%81%e0%a4%a1%e0%a5%81%e0%a4%b5%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a5%a7%e0%a5%a9%e0%a4%94-%e0%a4%97%e0%a4%be%e0%a4%89%e0%a4%81%e0%a4%b8%e0%a4%ad%e0%a4%be%e0%a4%ac%e0%a4%be%e0%a4%9f/ https://nayamuluk.com/%e0%a4%a1%e0%a5%81%e0%a4%a1%e0%a5%81%e0%a4%b5%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a5%a7%e0%a5%a9%e0%a4%94-%e0%a4%97%e0%a4%be%e0%a4%89%e0%a4%81%e0%a4%b8%e0%a4%ad%e0%a4%be%e0%a4%ac%e0%a4%be%e0%a4%9f/#respond Fri, 26 May 2023 10:55:20 +0000 https://nayamuluk.com/?p=3349 १२ जेठ, नेपालगञ्ज । बाँके डुडुवा गाउँपालिकाको १३औँ गाउँसभाले बजेट तथा कार्यक्रम संशोधन गरेको छ । शुक्रबार बसेको गाउँसभामा अध्यक्ष नरेन्द्रकुमार चौधरीले चालु आर्थिक वर्षको संशोधन बजेट तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
चालु आर्थिक वर्षमा यस गाउँपालिकाको निति कार्यक्रम तथा बजेटबाट बिनियोजित कार्यक्रमहरु कार्यावन्यन गर्ने क्रममा नेपाल सरकार संघिय अर्थ मन्त्रालयको परिपत्र तथा निर्णयबाट बिनियोजित विभिन्न अनुदान रकम कटौती भएपछि योजना तथा कार्यक्रम संचालन हुन सकेन । बजेट कटौतीले गाउँपालिकाबाट चालु आर्थिक वर्षका लागि प्रस्तावित विभिन्न (चालुगत तथा पूँजीगत) कार्यक्रमहरु कार्यावन्यन हुन नसकेको र आन्तरिक स्रोततर्फको नदीजन्य पदार्थको ठेक्का बन्दोबस्त हुन नसकेको, विकास निर्माणका कार्यमा स्रोत अभावका कारण कार्यान्वयन हुन नसेकेको अध्यक्ष चौधरीले संशोधन प्रस्तावमार्फत जानकारी गराएका थिए ।
हाल संचालनमा रहेका विभिन्न आयोजनामा स्रोत सुनिश्चिता गर्नुपर्ने र कार्यालय संचालनका लागि अनिवार्य दायित्वहरु तलब भत्ता पानी बिजुली पदाधिकारी सेवा सुविधा इन्धन संचार र मसलन्द तथा कार्यालय सामाग्री शिर्षकमा समेत स्रोत सुनिश्चित गरी भुक्तानी गर्न चालु आर्थिक वर्षको कार्यक्रमको संशोधन प्रस्ताव सर्वसम्म रुपमा पारित गरिएको हो ।
सभामा अध्यक्ष चौधरीले चालु आर्थिक वर्षमा जनप्रतिनिधीविच आपसी विवाद, ढिलो गरि बजेट पास र आर्थिक मन्दीले सरकारले गरेको बजेट कटौतीले गाउँपालिकाले खासै उपलब्धी गर्न नसकेको भन्दै नयाँ आर्थिक वर्षदेखि विशेष कार्यक्रम तथा अभियान लागु गरि लुम्बिनी प्रदेशकै नमुना पालिका बनाउने लक्ष्यका साथ अघि बढने बताए ।
सभामा उपाध्यक्ष शाहिदा बानो, वडाध्यक्षहरु पटेश्वर कुर्मी, दुर्गाप्रसाद बर्मा, आमोद तिवारी, सगिर खाँले पनि योजना तथा कार्यक्रमका बारेमा बोलेका थिए । सदस्य सचिव अशोक कुमार पाण्डेले संचालन गरेको गाउँसभामा ३२ जना सभासदमध्ये २२ जनाको उपस्थिति रहेको थियो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार प्रत्येक आर्थिक वर्षमा कम्तीमा दुई पटक गाउँसभा बस्नुपर्ने प्रावधान अनुरुप सभा बसेको हो ।

]]>
https://nayamuluk.com/%e0%a4%a1%e0%a5%81%e0%a4%a1%e0%a5%81%e0%a4%b5%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a5%a7%e0%a5%a9%e0%a4%94-%e0%a4%97%e0%a4%be%e0%a4%89%e0%a4%81%e0%a4%b8%e0%a4%ad%e0%a4%be%e0%a4%ac%e0%a4%be%e0%a4%9f/feed/ 0
नेपाली कांग्रेस बाँकेले मनायो राष्ट्रिय समता दिवस https://nayamuluk.com/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a5%80-%e0%a4%95%e0%a4%be%e0%a4%82%e0%a4%97%e0%a5%8d%e0%a4%b0%e0%a5%87%e0%a4%b8-%e0%a4%ac%e0%a4%be%e0%a4%81%e0%a4%95%e0%a5%87%e0%a4%b2%e0%a5%87-2/ https://nayamuluk.com/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a5%80-%e0%a4%95%e0%a4%be%e0%a4%82%e0%a4%97%e0%a5%8d%e0%a4%b0%e0%a5%87%e0%a4%b8-%e0%a4%ac%e0%a4%be%e0%a4%81%e0%a4%95%e0%a5%87%e0%a4%b2%e0%a5%87-2/#respond Wed, 24 May 2023 12:36:49 +0000 https://nayamuluk.com/?p=3338 १० जेठ, नेपालगञ्ज । नेपाली कांग्रेसका केन्द्रिय सदस्य मैकुलाल बाल्मिकीले समाजमा छुवाछुत र विभेद अहिले पनि कायमै रहेको बताएका छन् ।
’राष्ट्रिय समता दिवस’ का अवसरमा नेपाली कांग्रेस बाँकेले बुधवार पार्टी कार्यालय नेपालगञ्जमा आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय सदस्य बाल्मिकीले संविधान र कानुनले बन्देज गरेपनि समाजमा विभेद कायमै रहेको भन्दै जातीय छुवाछुत र विभेदबाट नेपाली समाजले मुक्ति पाउन नसकेको बताए । उनले कांग्रेसले संविधानको मर्म अनुसार पार्टी विधानमा व्यवस्था भए बमोजिम आरक्षणको अभ्यास गरिरहेको उल्लेख गरे ।
बाल्मिकीले दलितको उत्थान र समताका लागि दलित आयोग बनेपनि सोचे अनुरुप काम हुन नसकेको टिप्पणी गरे ।
नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले कांग्रेसका नेता कार्यकर्तालाई गाउँगाउँमा छुवाछुत र विभेद विरुद्ध सचेतना र जागरण फैलाउन आग्रह गरे । उनले कांग्रेसले छुवाछुत र विभेद विरुद्ध सशक्त आवाज मुखरित गर्न कुनै कन्जुस्याइँ गर्न नहुने बताए । गौडेलले छुवाछुत सामाजिक रोगको रुपमा रहेको बताए । छुवाछुत अन्त्यको घोषणा भइसके पनि व्यवहारिक कार्यान्वयन नभएको भन्दै उनले सचेतना र जागरणमा जोड दिए । उनले कांग्रेस बाँके छुवाछुत अन्त्यको अभियान अन्तरगत सहभोज गर्ने तयारीमा रहेको जानकारी समेत दिए ।
कार्यक्रममा कांग्रेस बाँकेकी निवर्तमान सभापति किरण कोइराला, पूर्व सभापति एवम् पूर्व मन्त्री गजेन्द्र हमाल, संविधानसभा सदस्य अब्दुल हमिद सिद्दिकी, लुम्बिनी प्रदेशसभा सदस्य सुशिला बादी, महासमिति सदस्य लक्ष्मीनारायण शाह, क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रमेशकुमार गुप्ता, नेपालगञ्ज–१२ का वडा सभापति रामु चिडिमार र दलित संघका सल्लाहकार एवम् कोहलपुर नगरपालिकाका कार्यपालिका सदस्य इश्वरी बिकले बोलेका थिए । पार्टी उपसभापति कृष्णबहादुर कार्कीले स्वागत मन्तव्य ब्यक्त गरेको कार्यक्रमको संचालन सचिव सुधांशु कोइरालाले गरेका थिए ।
वि.सं. २००९ जेठ १० गते जनकपुरमा सम्पन्न नेपाली कांग्रेसको पाँचौं महाधिवेशनबाट जातीय छुवाछूत र विभेद जस्ता सामाजिक अत्याचार तथा विसंगतिको अन्त्य गर्ने संकल्प गरेको दिनको स्मरणमा २०६७ असोज १–५ गते काठमाडौमा सम्पन्न बाह्रौं महाधिवेशनले उक्त दिनलाई ’राष्ट्रिय समता दिवस’ को रूपमा मनाउने निर्णय गरेको थियो ।

]]>
https://nayamuluk.com/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a5%80-%e0%a4%95%e0%a4%be%e0%a4%82%e0%a4%97%e0%a5%8d%e0%a4%b0%e0%a5%87%e0%a4%b8-%e0%a4%ac%e0%a4%be%e0%a4%81%e0%a4%95%e0%a5%87%e0%a4%b2%e0%a5%87-2/feed/ 0
लोकतन्त्र दिवसमा कांग्रेस बाँकेद्वारा दीप प्रज्ज्वलन https://nayamuluk.com/%e0%a4%b2%e0%a5%8b%e0%a4%95%e0%a4%a4%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0-%e0%a4%a6%e0%a4%bf%e0%a4%b5%e0%a4%b8%e0%a4%ae%e0%a4%be-%e0%a4%95%e0%a4%be%e0%a4%82%e0%a4%97%e0%a5%8d%e0%a4%b0%e0%a5%87/ https://nayamuluk.com/%e0%a4%b2%e0%a5%8b%e0%a4%95%e0%a4%a4%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0-%e0%a4%a6%e0%a4%bf%e0%a4%b5%e0%a4%b8%e0%a4%ae%e0%a4%be-%e0%a4%95%e0%a4%be%e0%a4%82%e0%a4%97%e0%a5%8d%e0%a4%b0%e0%a5%87/#respond Mon, 24 Apr 2023 16:43:12 +0000 https://nayamuluk.com/?p=3197 ११ वैशाख, नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेले लोकतन्त्र दिवसमा दीप प्रज्ज्वलन गरेको छ । नेपालगञ्जस्थित विपी चोकमा सोमवार साँझ दीप प्रज्ज्वलन गरिएको हो ।
१७औँ लोकतन्त्र दिवसमा कांग्रेस बाँकेले ०६२÷६३ को लोकतान्त्रिक आन्दोलनका क्रममा सहादत प्राप्त गर्ने सहिदहरुलाई सम्झँदै दीप प्रज्ज्वलन गरेको हो ।
सभापति नारायणप्रसाद गौडेलको सभापतित्व एवम् केन्द्रिय सदस्य मैकुलाल बाल्मिकीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै नेताहरुले कांग्रेसको नेतृत्वमा भएको ०६२÷६३ को जनआन्दोलनका जगमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापित भएको बताए ।
केन्द्रिय सदस्य मैकुलाल बाल्मिकीले ०६२÷६३ को जनआन्दोलनको बलमा संविधानसभामार्फत बनेको संविधान बमोजिम दुई पटक तीनै तहको निर्वाचन सम्पन्न भई कार्यान्वयन भइरहेको बताए । सभापति गौडेलले कांग्रेसको नेतृत्वमा भएको दोस्रो जनआन्दोलन पश्चात सामान्य जनताको छोरा वा छोरी मुलुकको राष्ट्र प्रमुख वा उपप्रमुख हुने अवस्था बनेको भन्दै अब जनताका आकाँक्षालाई सम्बोधन गर्दै राष्ट्र विकास र समृद्धिका लागि पार्टीले गम्भीर ढंगले काम गर्नुपर्ने बताए ।
राष्ट्रिय सभा सदस्य एवम् पूर्व पार्टी जिल्ला सभापति युवराज शर्माले लोकतन्त्र ल्याउन कांग्रेसको नेतृत्वमा भएको आन्दोलनले व्यवस्था परिवर्तन गरेको बताउँदै अब अवस्था परिवर्तनका लागि गम्भीर भएर लाग्नुपर्नेमा जोड दिए । पूर्व मन्त्री एवम् पूर्व पार्टी जिल्ला सभापति गजेन्द्रबहादुर हमालले लोकतन्त्र दिवसको सार्वजनिक विदा हटाएर सरकारले गम्भीर गल्ती गरेको भन्दै दोस्रो जनआन्दोलनको सम्मानका लागि सार्वजजिक विदा दिइनुपर्नेमा जोड दिए । उपसभापति गोपालप्रसाद अधिकारीले स्वागत मन्तब्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव सुधांशु कोइरालाले गरेका थिए ।
विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्र बमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनस्थापना गरेका थिए । जनताको विजय भएको खुसियालीमा विसं २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो ।

]]>
https://nayamuluk.com/%e0%a4%b2%e0%a5%8b%e0%a4%95%e0%a4%a4%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0-%e0%a4%a6%e0%a4%bf%e0%a4%b5%e0%a4%b8%e0%a4%ae%e0%a4%be-%e0%a4%95%e0%a4%be%e0%a4%82%e0%a4%97%e0%a5%8d%e0%a4%b0%e0%a5%87/feed/ 0