मनोरञ्जन – नयाँ मुलुक https://nayamuluk.com Fri, 10 Nov 2023 02:32:42 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.7.5 आज नेपालगञ्जमा कन्सर्ट हुँदै https://nayamuluk.com/%e0%a4%86%e0%a4%9c-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%97%e0%a4%9e%e0%a5%8d%e0%a4%9c%e0%a4%ae%e0%a4%be-%e0%a4%95%e0%a4%a8%e0%a5%8d%e0%a4%b8%e0%a4%b0%e0%a5%8d%e0%a4%9f-%e0%a4%b9/ https://nayamuluk.com/%e0%a4%86%e0%a4%9c-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%97%e0%a4%9e%e0%a5%8d%e0%a4%9c%e0%a4%ae%e0%a4%be-%e0%a4%95%e0%a4%a8%e0%a5%8d%e0%a4%b8%e0%a4%b0%e0%a5%8d%e0%a4%9f-%e0%a4%b9/#respond Fri, 10 Nov 2023 02:32:41 +0000 https://nayamuluk.com/?p=4034 २४ कार्तिक, नेपालगञ्ज । नेपालगञ्जमा आज शुक्रबार ‘रक अन फेस्टिवल सेलिबे्रर्सन विईथ सुनिल सिंह ठकुरी’ कन्सर्ट हुदैंछ । कालपृष्ठ दैनिकले आयोजना गर्न लागेको कन्सर्टको सम्पूर्णमा नेपालका चर्चित पप गायक सुनिल सिंह ठकुरीसँगै अन्य स्थानीय कलाकारले आफनो प्रस्तुती देखाउनेछन् ।
शुक्रबार नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर ९ स्थित यातायात कार्याल नजिकैको खुला मैदानमा कन्सर्ट हुनेछ । कन्सर्टबाट आम्दानी भएको रकम मानवीय सेवामा खर्चे गर्ने कालपृष्ठ दैनिकका प्रकाशक कमल खत्रीले बताएका छन् । देशले आर्थिक मन्दीको सामना गरिरहेको बेला स्थानीय कलाकारलाई प्रोत्साहन गर्दै मानवीय सेवा गर्ने उद्देश्यले कार्यक्रम गर्न लागेको खत्रीले बताए ।
कन्सर्टमा सुनिलसँगै करिब एक दशकदेखि नेपालगञ्जमा बसेर गीत संगीतका क्षेत्रमा योगदान गरिरहेको ‘आवाज द ब्यान्ड’ र स्थानीय कलाकारले पनि आफ्नो प्रस्तुती देखाउने छन् । कन्सर्टमा प्रवेश शुल्क भने निःशुल्क राखिएको खत्रीले बताए ।
कन्सर्टको सोसियल मिडिया पार्टनरका रुपमा नेपालगञ्ज ग्यालरी र इन्टरटेन्मेन्ट पार्टनर चित्रभित्र अनलाइन पोर्टल रहेको छ । कन्सर्ट नेपालगञ्ज ग्यालरीमार्फत लाइभ देखाइने आयोजकले जनाएको छ ।
कन्सर्ट आयोजनाको लागि नेपालगञ्ज उप–महानगरपालिका, जंयमगलम सिमेन्ट्स प्रालि, नेबिको विस्कुट, पिसफुल स्पा, रेडचिल्ली फ्लोरा रेष्टुरेन्ट एन्ड बार, समशेर मान महतारा, नेपालगञ्ज एफजि चर्च, सिने रोयल, क्युएफएक्स, बागेश्वरी, भिएफएक्स, थोपा प्रयोगशाला लगायतले सहयोग गरेको आयोजकले जनाएको छ ।
गायक तथा संगीतकारसमेत रहेका ठकुरीका दुई दर्जनभन्दा बढी गीत सार्वजनिक भई सकेका छन् । हाल जापानमा बस्दै आएका सुनिलको पहिलो एल्बम ‘क्रेजी ह्याट’ हो । पहिलो एल्बममा रहेको ‘भुलीभुली देउ’गीत १०औं इमेज अर्वाडको नयाँ गायक विधाको मनोनयनमा समेत पर्न सफल भएको थियो ।
सुनिलले गाएका गीतमध्ये ‘घटना घट्यो’, ‘जनताजान्न चाहन्छन्’, ‘१४ अञ्चल’, ‘म मान्छे बिन्दास’, ‘बेबी सुन न’चर्चित छन् । उनले जापानमा गाएको ‘नागोया नागोया आउन बेबी नागोया’चर्चित बनेको थियो । उक्त गीतमार्फत् जापानको धार्मिक, सांस्कृतिक र सामाजिक पक्षको प्रचार प्रसारमा योगदान गरेको भन्दैं जापानी सरकार र जापानी सरकारी टेलिभिजन एनएचकेले ठकुरीलाई नगदसहित पुरस्कृतसमेत गरेको थियो ।

]]>
https://nayamuluk.com/%e0%a4%86%e0%a4%9c-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%97%e0%a4%9e%e0%a5%8d%e0%a4%9c%e0%a4%ae%e0%a4%be-%e0%a4%95%e0%a4%a8%e0%a5%8d%e0%a4%b8%e0%a4%b0%e0%a5%8d%e0%a4%9f-%e0%a4%b9/feed/ 0
कार्तिक २४ गते सुनिल सिंहको ओपन कन्सर्ट हुँदैं https://nayamuluk.com/%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%a4%e0%a4%bf%e0%a4%95-%e0%a5%a8%e0%a5%aa-%e0%a4%97%e0%a4%a4%e0%a5%87-%e0%a4%b8%e0%a5%81%e0%a4%a8%e0%a4%bf%e0%a4%b2-%e0%a4%b8%e0%a4%bf%e0%a4%82%e0%a4%b9/ https://nayamuluk.com/%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%a4%e0%a4%bf%e0%a4%95-%e0%a5%a8%e0%a5%aa-%e0%a4%97%e0%a4%a4%e0%a5%87-%e0%a4%b8%e0%a5%81%e0%a4%a8%e0%a4%bf%e0%a4%b2-%e0%a4%b8%e0%a4%bf%e0%a4%82%e0%a4%b9/#respond Tue, 07 Nov 2023 11:44:08 +0000 https://nayamuluk.com/?p=4016 २१ कार्तिक, नेपालगञ्ज । आगामी शुक्रबार नेपालगञ्जमा लोकप्रिय पप गायक सुनिल सिंह ठकुरीको एकल कन्सर्ट हुँदैंछ ।
कात्तिक २४ गते हुने कन्र्सटको तयारी तिव्र गतिमा अगाडी बढेको आयोजक कालपृष्ठ दैनिकले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।
नेपाली पप गायन क्षेत्रका लोकप्रिय गायक हुन सुनिल सिंह ठकुरी । ‘रक अन फेस्टिवल सेलिबे्रर्सन विईथ सुनिल सिंह ठकुरी’ कन्र्सटबाट भएको आम्दानी मानवीय सेवामा खर्च गरिने आयोजक कालपृष्ठ दैनिकका प्रकाशक कमल खत्रीले बताए ।
कालपृष्ठ दैनिकका संचालक एवम् कन्र्सट निर्देशक कमल खत्रीले पत्रकार सम्मेलनमा पहिलोपटक कालपृष्ठ दैनिकले कन्र्सट आयोजना गरेको बताए ।
‘आर्थिक मन्दीले सबै क्षेत्रमा असर परिरहेको बेला नेपालगञ्जमा हुन लागेको कन्र्सटले मनोरञ्जनसँगै आर्थिक पक्षमा थोरै भए पनि योगदान गर्नेछ । कालपृष्ठ दैनिकले आयोजना गरेको यस कन्र्सटबाट आम्दानी भएको रकम मानविय सेवामा खर्च गरिनेछ,’ पत्रकार सम्मेलनमा खत्रीले बताए ।
कन्र्सटमा सुनिलसँगै करिब एक दशकदेखि नेपालगञ्जमा बसेर गीत संगीतका क्षेत्रमा योगदान गरिरहेको ‘आवाज द ब्यान्ड’ र स्थानीय कलाकारले पनि आफ्नो प्रस्तुती देखाउने छन् । नेपालगञ्ज बाँकेस्थित यातायात कार्यालय नजिकैको मैदानमा हुने उक्त कन्र्सटमा प्रवेश शुल्क भने निःशुल्क राखिएको खत्रीले बताए । उनले कार्यक्रम स्थिलमा फुड स्टिलसमेत राखिने बताए ।
उक्त कन्र्सटले स्थानीय कलाकारलाई समेत प्रोत्साहन गर्ने बताउँदै खत्रीले ठकुरीसँगै स्थानीय कलाकारले आफ्नो प्रस्तुती प्रदर्शन गर्ने बताए ।
कन्र्र्सटको सोसियल मिडिया पार्टनरका रुपमा नेपालगञ्ज ग्यालरी र इन्टरटेन्मेन्ट पार्टनर चित्रभित्र अनलाइन पोर्टल रहेको छ । कन्र्सट नेपालगञ्ज ग्यालरीमार्फत लाइभ देखाइने आयोजकले जनाएको छ ।
हालसम्म कन्र्सट आयोजनाका लागि नेबिको विस्कुट, रकस्ट्रङ सिमेन्ट, पिसफुल स्पा, रेडचिल्ली फ्लोरा रेष्टुरेन्ट एन्ड बारले सहयोगसमेत गरेको आयोजकले जनाएको छ ।
गायक तथा संगीतकारसमेत रहेका ठकुरीका दुई दर्जनभन्दा बढी गीत सार्वजनिक भई सकेका छन् । हाल जापानमा बस्दै आएका सुनिलको पहिलो एल्बम ‘क्रेजी ह्याट’ हो । पहिलो एल्बममा रहेको ‘भुलीभुली देउ’गीत १०औं इमेज अर्वाडको नयाँ गायक विधाको मनोनयनमा समेत पर्न सफल भएको थियो ।
सुनिलले गाएका गीतमध्ये ‘घटना घट्यो’, ‘जनताजान्न चाहन्छन्’, ‘१४ अञ्चल’, ‘म मान्छे बिन्दास’, ‘बेबी सुन न’चर्चित छन् । उनले जापानमा गाएको ‘नागोया नागोया आउन बेबी नागोया’चर्चित बनेको थियो । उक्त गीतमार्फत् जापानको धार्मिक, सांस्कृतिक र सामाजिक पक्षको प्रचार प्रसारमा योगदान गरेको भन्दैं जापानी सरकार र जापानी सरकारी टेलिभिजन एनएचकेले ठकुरीलाई नगदसहित पुरस्कृतसमेत गरेको थियो ।

]]>
https://nayamuluk.com/%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%a4%e0%a4%bf%e0%a4%95-%e0%a5%a8%e0%a5%aa-%e0%a4%97%e0%a4%a4%e0%a5%87-%e0%a4%b8%e0%a5%81%e0%a4%a8%e0%a4%bf%e0%a4%b2-%e0%a4%b8%e0%a4%bf%e0%a4%82%e0%a4%b9/feed/ 0
राफल्सको तिहारमय देउसी गीत बजारमा https://nayamuluk.com/%e0%a4%b0%e0%a4%be%e0%a4%ab%e0%a4%b2%e0%a5%8d%e0%a4%b8%e0%a4%95%e0%a5%8b-%e0%a4%a4%e0%a4%bf%e0%a4%b9%e0%a4%be%e0%a4%b0%e0%a4%ae%e0%a4%af-%e0%a4%a6%e0%a5%87%e0%a4%89%e0%a4%b8%e0%a5%80-%e0%a4%97/ https://nayamuluk.com/%e0%a4%b0%e0%a4%be%e0%a4%ab%e0%a4%b2%e0%a5%8d%e0%a4%b8%e0%a4%95%e0%a5%8b-%e0%a4%a4%e0%a4%bf%e0%a4%b9%e0%a4%be%e0%a4%b0%e0%a4%ae%e0%a4%af-%e0%a4%a6%e0%a5%87%e0%a4%89%e0%a4%b8%e0%a5%80-%e0%a4%97/#respond Tue, 07 Nov 2023 08:41:21 +0000 https://nayamuluk.com/?p=4010 २१ कार्तिक, नेपालगञ्ज । तिहारको अवसरमा दुर्गेश थापा अभिनित राफल्स एडुकेयरको तिहार गीत सार्वजानिक भएको छ । राफल्स एडुकेरको आधिकारिक फेसबूक पेज र दुर्गेश थापाको फेसबुक पेजबाट उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । राफल्स एडुकेरको निर्माण रहेको यो गीतमा बालबालिकादेखि युवापुस्ता सम्मले देउसी भैलो खेलेर आफ्नो परम्परा जोगाएको देख्न सकिन्छ भने भिडियोमा धार्मिक, सास्कृतिक र परम्परालाई विशेष मह्त्व दिदै क्यानाडा, युके, युसए र अष्ट्रेलिया लागाएत देशमा उच्च शिक्षा हासिल गर्न जाने विद्यार्थीलाई विशेष शन्देश यो गीतको शब्दले दिएको छ ।

विगत १८ बर्स देखि सञ्चालनमा आएको राफ्लस एडुकेरले विद्यार्थीको उज्ज्वल भबिस्यको लागि विद्यार्थीलाई क्यानाडा, युके, युसए र अष्ट्रेलिया पठाउदै आएको छ ।
दुर्गेश थापा अभिनित तिहार गीत सुन्न र हेर्न को लागि फयानहरु आतुर रहेको देख्न सकिन्छ । कुनै पनि चलचित्रको प्रमोसन होस वा विज्ञापनमा दुर्गेश जता ततै छाएको देख्न सकिन्छ । युवा पुस्तामा छाइरहेका दुर्गेश थापाको गीत सोसल मिडियामा रिलिज हुने बित्तिकै भाइरल हुने गर्द्छ ।
राफल्स एडुकेरको निर्माणमा रहेको गीतमा सुदिप कुवरको स्वर रहेको छ ।

]]>
https://nayamuluk.com/%e0%a4%b0%e0%a4%be%e0%a4%ab%e0%a4%b2%e0%a5%8d%e0%a4%b8%e0%a4%95%e0%a5%8b-%e0%a4%a4%e0%a4%bf%e0%a4%b9%e0%a4%be%e0%a4%b0%e0%a4%ae%e0%a4%af-%e0%a4%a6%e0%a5%87%e0%a4%89%e0%a4%b8%e0%a5%80-%e0%a4%97/feed/ 0
फरक कथामा बनेको ‘ज्याकी– आई एम ट्वान्टिवान’ https://nayamuluk.com/%e0%a4%ab%e0%a4%b0%e0%a4%95-%e0%a4%95%e0%a4%a5%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%ac%e0%a4%a8%e0%a5%87%e0%a4%95%e0%a5%8b-%e0%a4%9c%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%95%e0%a5%80/ https://nayamuluk.com/%e0%a4%ab%e0%a4%b0%e0%a4%95-%e0%a4%95%e0%a4%a5%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%ac%e0%a4%a8%e0%a5%87%e0%a4%95%e0%a5%8b-%e0%a4%9c%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%95%e0%a5%80/#respond Sun, 23 Apr 2023 11:58:12 +0000 https://nayamuluk.com/?p=3191 १० वैशाख, नेपालगञ्ज । आगामी वैशाख २१ गतेदेखि देशभरका सिनेमा घरहरुमा प्रदर्शन हुन लागेकोे ‘ज्याकी – आई एम ट्वान्टिवान’ विल्कुलै फरक विधाको चलचित्र रहेको चलचित्रको टिमले दाबी गरेको छ । ‘ज्याकी आई– एम ट्वान्टिवान’को प्रचारप्रसारका क्रममा शनिबार नेपालगञ्ज आइपुगेको चलचित्रको टिमले नेपाली दर्शकलाई उक्त चलचित्रको माध्यमबाट नयाँ कथा प्रस्तुत गर्न खोजिएको जनाएको हो ।
मोफासलको यात्रामा काठमाडौंबाट बुटवल हुँदै नेपालगञ्ज आइपुगेको टोलीले बाँकेका पत्रकारहरुसँग साक्षात्कार गर्दै ‘ज्याकी– आई एम ट्वान्टिवान’मा युवाहरुलाई आफ्नो उद्देश्य प्राप्त गर्न गर्नुपर्ने सघर्षप्रति प्रेरित गर्ने चलचित्रका अभिनेता धिरज मगरले बताए । उनले ‘ज्याकी– आई एम ट्वान्टिवान’को माध्यमबाट नेपालमा पहिलोपटक ‘हिप्पप डान्स’को कथालाई समेटिएको बताए ।
त्यस्तै साक्षात्कारमा अभिनेत्री जसिता गुरुङले युवाहरुको ढुकढुकीलाई ‘ज्याकी– आई एम ट्वान्टिवान’ले समेटेको बताइन् । नेपाली दर्शकको फरक कथाप्रतिको चाहलाई ‘ज्याकी – आई एम ट्वान्टिवान’ले पूरा गर्ने विश्वास आफूले लिएको उनले बताइन् ।
कार्यक्रममा पत्रकारहरुको प्रश्नको जवाफ दिँदै चलचित्र पत्रकार संघ नेपालका केन्द्रीय उपाध्यक्ष विजय सुवेदी आवाजले नयाँ कथामा बनेको ‘ज्याकी– आई एम ट्वान्टिवान’ले राम्रै ब्यापार गर्ने बताए । साथै उनले ‘डान्स’मात्रै नभएर युवा र उनीहरुको व्यथालाई चलचित्रमा समेटिएको बताए ।
उक्त साक्षात्कार कार्यक्रमको समन्वय तथा व्यवस्थापन चलचित्र पत्रकार संघ नेपाल बाँके शाखाले गरेको थियो ।
अब ‘ज्याकी– आई एम ट्वान्टिवान’को टोली प्रचारप्रसारका लागि पूर्वका सहरहरुमा जाने चलचित्र टिमले जनाएको छ । कोरोनापछि मोफसलमा नेपाली चलचित्रले राम्रो ब्यापार गर्दै आएकोे हुनाले चलचित्र निर्माताहरुको आकर्षण मोफसलमा बढ््दै गएको साक्षात्कारमा जनाइएको थियो ।

]]>
https://nayamuluk.com/%e0%a4%ab%e0%a4%b0%e0%a4%95-%e0%a4%95%e0%a4%a5%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%ac%e0%a4%a8%e0%a5%87%e0%a4%95%e0%a5%8b-%e0%a4%9c%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%95%e0%a5%80/feed/ 0
अभिनेता पल शाह रिहा https://nayamuluk.com/%e0%a4%85%e0%a4%ad%e0%a4%bf%e0%a4%a8%e0%a5%87%e0%a4%a4%e0%a4%be-%e0%a4%aa%e0%a4%b2-%e0%a4%b6%e0%a4%be%e0%a4%b9-%e0%a4%b0%e0%a4%bf%e0%a4%b9%e0%a4%be/ https://nayamuluk.com/%e0%a4%85%e0%a4%ad%e0%a4%bf%e0%a4%a8%e0%a5%87%e0%a4%a4%e0%a4%be-%e0%a4%aa%e0%a4%b2-%e0%a4%b6%e0%a4%be%e0%a4%b9-%e0%a4%b0%e0%a4%bf%e0%a4%b9%e0%a4%be/#respond Mon, 27 Feb 2023 08:43:37 +0000 https://nayamuluk.com/?p=2976 १५ फागुन, तनहुँ । बालयौन दुरुपयोग मुद्दामा हिरासतमा रहेका अभिनेता पल शाह रिहा भएका छन् ।
कारागारबाट रिहा हुँदै गर्दा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिंदै उनले भने, ‘अहिलेलाई यति मात्र भन्न चाहन्छु सबैलाई धन्यवाद ।’ परिवारका सदस्यबाट घेरिएका उनी छोटो कपाल र कालो ज्याकेटमा प्रफुल्ल देखिएका थिए ।
कारागार बाहिर उभिएका फ्यानलाई हेरेर अभिवादन गरेका उनी खुसी देखिन्थे । उनलाई बहिनी रोशनीले गाडीसम्म आइपुग्न साथ दिएकी थिइन् । पलनिकट संगीतकार योगेशकाजीका अनुसार पल सोमवार पोखरामा आराम गरेर मंगलवार मात्र काठमाडौं आइपुग्ने तयारी छ । काठमाडौंमा आउने बित्तिकै उनलाई एयरपोर्टमा स्वागत गर्ने तयारीमा उनी निकट फिल्म र संगीतकर्मी देखिएका छन् । बालयौन दुरुपयोग मुद्दामा तनहुँ जिल्ला कारागारमा २ वर्ष ६ महिनाको जेल सजाय काटिरहेका शाह उच्च अदालतले सफाइ दिएपछि रिहा भएका हुन् । उनी सोमबार बिहान साढे ११ बजे तनहुँ कारागारबाट रिहा भए । उनका निकट साथीहरुका अनुसार छिट्टै फिल्ममा फर्किने पलको चाहना छ । तर साथीहरुले केही समय आराम गरेर मात्र अभिनयमा फर्कन सुझाव दिएका छन् ।

]]>
https://nayamuluk.com/%e0%a4%85%e0%a4%ad%e0%a4%bf%e0%a4%a8%e0%a5%87%e0%a4%a4%e0%a4%be-%e0%a4%aa%e0%a4%b2-%e0%a4%b6%e0%a4%be%e0%a4%b9-%e0%a4%b0%e0%a4%bf%e0%a4%b9%e0%a4%be/feed/ 0
नेपालगञ्जमा हुन लागेको प्रदेश स्तरीय महोत्सवको तयारी तीव्र https://nayamuluk.com/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%97%e0%a4%9e%e0%a5%8d%e0%a4%9c%e0%a4%ae%e0%a4%be-%e0%a4%b9%e0%a5%81%e0%a4%a8-%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a5%87%e0%a4%95%e0%a5%8b-%e0%a4%aa/ https://nayamuluk.com/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%97%e0%a4%9e%e0%a5%8d%e0%a4%9c%e0%a4%ae%e0%a4%be-%e0%a4%b9%e0%a5%81%e0%a4%a8-%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a5%87%e0%a4%95%e0%a5%8b-%e0%a4%aa/#respond Wed, 18 Jan 2023 09:16:40 +0000 https://nayamuluk.com/?p=2769 ४ माघ, नेपालगञ्ज । नेपालगञ्जमा हुन गईरहेको ‘चौथो प्रादेशिक औद्योगिक, लघु घरेलु तथा कृषि, प्रविधि व्यापार एवं पर्यटन महोत्सव–२०७९’को तयारी तीब्र रुपमा अगाडि बढेको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको आयोजना र सिवालय सेक्युरिटी एण्ड मल्टी पर्पज कम्पनी प्रा.लि. को सहआयोजनामा यही माघ १० गते देखि २४ गते सम्म नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ स्थित सडक डिभिजन कार्यालय कारकाँदोको परिसरमा ‘चौथो प्रादेशिक औद्योगिक, लघु घरेलु तथा कृषि, प्रविधि व्यापार एवं पर्यटन महोत्सव २०७९’को सम्पूर्ण तयारी तीब्र रुपमा अगाडि बढेको प्रचारप्रसार समितिले जनाएको छ ।
प्रचारप्रसार समिति अनुसार महोत्सवका लागि सम्पुर्ण फिल्डका कार्यहरुलाई तीव्रता दिईएको छ । स्टल निर्माण, वाल उद्यान निर्माण र सजावटको कामलाई तिव्र पारिएको हो । महोत्सव परिसर टिनले बार्ने कार्य भइसकेको छ भने मुख्य आकर्षण स्टेज समेत निर्माण थालिएको छ ।
कलाकार सहितको महोत्सवको प्रचा पम्पलेट टाँस्ने, मिडिया मार्फत प्रचारप्रसार गर्ने, अटोहरुमा व्यानर टाँस्ने र जिङ्गल बजाएर विभिन्न स्थानमा प्रचार प्रसार सुरु समेत गरिएको सचिवालयले जनाएको छ ।
‘समृद्ध नेपालको प्रमुख आधार कृषि, उद्योग, पर्यटन संस्कृति र व्यापार प्रवद्र्धनका साथ नागरिक स्वरोजगार’ भन्ने मुल नाराका साथ उक्त महोत्सव आयोजना हुन लागेको नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेकी अध्यक्ष मधु खड्काले जानकारी दिइन् ।
अध्यक्ष खड्काले भनिन्, ‘विगत केही वर्ष देखि देशमा आर्थिक संकटले व्यवसायीहरु बढी मारमा परिरहेका छन् । यसलाई मध्य नजर गरी यो महोत्वसको आयोजना गरिएको हो ।’
महोत्सवमा मुख्य आकर्षणमा यस क्षेत्र मै पहिलो पटक कुस्ती प्रतियोगिता आयोजना हुने छ । जसमा नेपालकै उत्कृष्ट इन्टरनेशनल खेलाडी दावा थापा लगायतका खेलाडीको सहभागिता रहने छ महोत्सवमा प्रवेशका लागि ६० रुपैया प्रवेश शुल्क र विद्याबीलाई ५० रुपैँया टिकट दर राखिएको प्रचारप्रसार समितिले जनाएको छ । जेष्ठ नागरिक एवं ‘ग’ र ‘घ’ वर्गका अपाङ्गताका लागि परिचयपत्रको आधारमा रु. ५० भने पुर्ण अशक्त र अति अशक्त अपाङ्गता भएकाहरुका लागि प्रवेश निःशुल्क हुनेछ । यस्तै विषेश पासका लागि रु. ५ सय दर तोकिएको छ जसमा महोत्सव अवधि भर फोटो सहितको पास कार्ड निःशुल्क उपलब्ध गराइनेछ ।
महोत्सवमा २९० देखि ३०० वटा औद्योगिक पर्यटन तथा व्यापारिक प्रतिष्ठान, लघु, घरेलु कृषि एवं महिला उद्यमशिलता क्षेत्रका स्टलहरु रह्नेछन् जसभित्र थारु होमस्टे, थारु गाउँ पनि रहने छ । महोत्सव भित्र टिकटक पारखीका लागि टिकटक प्वाइन्ट समेत रहने छ ।
यस्तै, खेलमा बाल उद्यान लगायतका विभिन्न खेलहरुको स्टल समेत रहने छ महोत्सवमा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहने छ जसमा ५० बढि कलाकारहरुको सहभागिता रहने छ महोत्सव अवधिभर करिब १ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
उद्घाटनको दिन धम्बोझीदेखि कार्यक्रम स्थलसम्म भव्य झाँकी समेतको आयोजना गरिने आयोजकले जनाएको छ । महोत्सवमा १२ जिल्लाका उद्यमीहरुको उत्पादन गरेको वस्तुलाई पहिलो प्रथामिकता तथा स्थानिय बस्तुलाई पनि प्राथमिकता दिइनेछ ।

]]>
https://nayamuluk.com/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%97%e0%a4%9e%e0%a5%8d%e0%a4%9c%e0%a4%ae%e0%a4%be-%e0%a4%b9%e0%a5%81%e0%a4%a8-%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a5%87%e0%a4%95%e0%a5%8b-%e0%a4%aa/feed/ 0
“मरे त सम्झना” बोलको गीत बजारमा https://nayamuluk.com/%e0%a4%ae%e0%a4%b0%e0%a5%87-%e0%a4%a4-%e0%a4%b8%e0%a4%ae%e0%a5%8d%e0%a4%9d%e0%a4%a8%e0%a4%be-%e0%a4%ac%e0%a5%8b%e0%a4%b2%e0%a4%95%e0%a5%8b-%e0%a4%97%e0%a5%80%e0%a4%a4-%e0%a4%ac/ https://nayamuluk.com/%e0%a4%ae%e0%a4%b0%e0%a5%87-%e0%a4%a4-%e0%a4%b8%e0%a4%ae%e0%a5%8d%e0%a4%9d%e0%a4%a8%e0%a4%be-%e0%a4%ac%e0%a5%8b%e0%a4%b2%e0%a4%95%e0%a5%8b-%e0%a4%97%e0%a5%80%e0%a4%a4-%e0%a4%ac/#respond Wed, 07 Dec 2022 08:57:47 +0000 https://nayamuluk.com/?p=2635 २१ मंसिर, काठमाडौँ । गायक राजन तामाङ र गायिका एलिना चौहानको आवाजमा “मरे त सम्झना” बोलको गीत बजारमा आएको छ । उनै गायक राजन तामाङको आफ्नै युटुब च्यानल मार्फत राजन तामाङमार्फत गीतलाई बजारमा ल्याएको हो । दर्शक एंव श्रोताहरुले गीतलाई मन पराउनेमा आफु विश्वस्त रहेको गायक राजन तामाङले बताए ।

गायक एंव संगीतकार आर बि लामाको शब्द र संगीत रहेको उक्त गीतलाई रिकेश गुरुङले संगीत संयोजन गरेका हुन भने श्याम श्वेत रसाइलिले मिक्सिङ गरेका हुन् ।
 

भिडियोमा कार्टुन क्रुका सरोज अधिकारी, आश्मा विश्वकर्मा, आर बि लामा, अनु तामाङ र बाल कलाकार देवानसी राज्य लक्ष्मी शाह र श्रेयस तामाङको अभिनय समेटिएको छ । राम कुमार केसिले छायांकन र राजिव समरले कोरियोग्राफी गरेको उक्त गीतको म्युजिक भिडियोलाई टेकेन्द्र शाहले सम्पादन, कलर र निर्देशन गरेका हुन् ।

]]>
https://nayamuluk.com/%e0%a4%ae%e0%a4%b0%e0%a5%87-%e0%a4%a4-%e0%a4%b8%e0%a4%ae%e0%a5%8d%e0%a4%9d%e0%a4%a8%e0%a4%be-%e0%a4%ac%e0%a5%8b%e0%a4%b2%e0%a4%95%e0%a5%8b-%e0%a4%97%e0%a5%80%e0%a4%a4-%e0%a4%ac/feed/ 0
नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव समापन, दुई वर्षपछि अर्को संस्करण https://nayamuluk.com/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%85%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a4%b0%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%af-%e0%a4%a8-5/ https://nayamuluk.com/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%85%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a4%b0%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%af-%e0%a4%a8-5/#respond Mon, 05 Dec 2022 11:26:08 +0000 https://nayamuluk.com/?p=2628 १९ मंसिर, काठमाडौं । सामाजिक रुपान्तरणका लागि रङ्गमञ्चः विविधताको उत्सव’ भन्ने नारामा साथ सुरु भएको दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ निटफेस्ट २०२२ समापन भएको छ । मंसिर ९ गते सुरु भएको महोत्सव १२ देशको १८ नाटक मञ्चन तथा विभिन्न कार्यशाला, अन्तरक्रिया, मास्टरक्लास गर्दै शनिबार समापन भएको हो ।

औपचारिक समापन समारोहका प्रमुख अतिथिका रुपमा अर्थमन्त्री जनार्दन शर्माले रङ्गकर्मीको प्रयासबाट नेपालमा रङ्गमञ्चको सक्रियता र विकास भइरहेकोमा प्रशंसा गर्दै सरकारले यसमा आवश्यक पहल गर्न नसकेको स्वीकारे । उनले भने, “सरकारले नाटक र रङ्मञ्चको लागि निश्चित नीति तय गर्न सकेको छैन, गर्नुपर्ने जति बजेको व्यवस्था पनि गर्न सकेको छैन, रङ्गमञ्चको विकास र सहजीकरणका लागि आवश्यक पहलहरु आगामी दिनमा गर्ने प्रयत्न रहन्छ ।”

त्यस्तै नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिहर शर्माले रङ्गमञ्च समाजको लागि अपरिहार्य भएकोले यसको संरक्षण र विकासमा सबै लाग्नुपर्ने बताए । उनले भने, “रङ्गमञ्चको विविध आयाम आइसक्यो, हामीले उहिले गर्ने र अहिलेको समकालिन रङ्गमञ्चको शैली, विधिहरु भिन्न भइसके । यसले समाज र मानिसको मनलाई प्रभाव पारिरहेको छ । यसमा लागिपर्ने सबै कलाकर्मी, रङ्गकर्मी यसका धन्यवादका पात्र हुनुहुन्छ ।”

समापन मन्तव्य दिँदै महोत्सव निर्देशक सिर्जना सुब्बाले कोभिडको लामो अन्योलपछि पुनः चलायनमान हुन थालेको नेपाली रंगमञ्चलाई नाट्य महोत्सवले नयाँ उर्जा दियो होला भन्ने अपेक्षा गरेको बताए । उनले भने, “समृद्ध समाज र सुन्दर जीवनका लागि रंगमञ्च, कला, साहित्यको अपरिहार्यतालाई जिम्मेवार निकाय र आम रुपमा पु¥याउन नेपाली रंगमञ्च प्रतिवद्ध छ । हाम्रो यो प्रतिवद्धतामा राज्य स्तरबाट पनि उत्तिकै प्रतिवद्धता र पहलहरु आओस् भन्ने हामी चाहन्छौं । किनकी रंगमञ्च, कला, साहित्य विना समाज विकासित त हुन सक्लान् तर समृद्ध हुन पक्कै सक्दैन ।”

त्यस्तै समापन समारोहलाई सञ्चालन गर्ने क्रममा नाटक र रङ्गमञ्चले चर्चित र धनीभन्दा पनि जीवित र असल मान्छे बनाउँछ’ भन्ने ब्रोडवे थिएटरका रङ्गकर्मी टेरेन्स मनको भनाई उदृत गर्दै रङ्गकर्मी केदार श्रेष्ठले समृद्ध समाजका लागि रङ्गमञ्चको संरक्षण, विकास र समृद्धितिर लाग्न आह्वान गरेका थिए । समारोहमा माहेत्सवका सम्पूर्ण सदस्यहरु, सहयोगी, प्रयोजकहरुलाई सम्मान गरिएको थियो ।

समापन नाटकको रुपमा आयोजक मण्डला थिएटरको ‘कुभिण्डोको कथा’को प्रिमियर भएको थियो । लोककथामा आधारित प्रनिश मगर लिखित, विकास जोशीको सह दिर्नेशन र पै्रमिला खनालको कोरियोग्राफीका साथ दयाहाङ राईले निर्देशन गरेको ‘कुभिण्डोको कथा’ मञ्चन भएको थियो । यो नाटक पुस १७ सम्म नियमित मण्चन हुँदैछ ।

समापनको दिन शनिबार ‘रङ्गमञ्च अभिनय र चलचित्र अभिनयका फरक आयाम’ शीर्षकमा प्यानल डिसकसन पनि भएको थियो । जसमा दयाहाङ राई, सुरक्षा पन्त, मीन भामका साथ खगेन्द्र लामिछानेले अन्तरक्रिया गरेका थिए । त्यस्तै सन् २०१९ मा विभिन्न नाट्य संस्थाले संयुक्त रुपमा आयोजना गरेको यस महोत्सवको दोस्रो संस्करणको् आयोजना मण्डला थिएटरले गरेको हो । तेस्रो संस्करण दुई वर्षपछि हुनेछ ।

]]>
https://nayamuluk.com/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%85%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a4%b0%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%af-%e0%a4%a8-5/feed/ 0
अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा भारत र अर्जेन्टिनाको नाटक, रङ्गमञ्च समीक्षामा अन्तरक्रिया https://nayamuluk.com/%e0%a4%85%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a4%b0%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%af-%e0%a4%a8%e0%a4%be%e0%a4%9f%e0%a5%8d%e0%a4%af-%e0%a4%ae-2/ https://nayamuluk.com/%e0%a4%85%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a4%b0%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%af-%e0%a4%a8%e0%a4%be%e0%a4%9f%e0%a5%8d%e0%a4%af-%e0%a4%ae-2/#respond Fri, 02 Dec 2022 09:22:18 +0000 https://nayamuluk.com/?p=2618 १६ मंसिर, काठमाडौं । ‘सामाजिक रुपान्तरणका लागि रङ्गमञ्चः विविधताको उत्सव’ भन्ने नारामा साथ भइरहेको नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) अन्त्यतिर आइपुगेको छ । नौ दिवसीय महोत्सवको आठौं दिन शुक्रबार भारत र अर्जेन्टिनाको नाटक तथा विविध कार्यक्रम हुँदैछ । 

शुक्रबार राजेश सिंह निर्देशित भारतको नाटक ‘ब्ल्याकबोर्ड ल्याण्ड’ मञ्चन हुँदैछ । ९० मिनेट लामो नाटक युद्धको समयमा कुनै एकान्त ठाँउमा भेटिएका तीन व्यक्तिहरुको वरिपरि घुम्दछ । कथा अगाडि बढ्दै जाँदा, उनीहरुबीचको मतभेद र भिन्नताहरुले द्वन्द निम्त्याउँछ, फलस्वरुप उनीहरु शारीरिक हिंसामा उत्रन्छन् । ‘ब्ल्याकबोर्ड ल्याण्ड’ मध्यान्ह १२ बजे र दिउँसो ४ बजे मञ्चन हुँदैछ ।

त्यस्तै साँझ ६ बजे कस्ट्यान्जा विटअफ निर्देशित अर्जेन्टिनी नाटक ‘नोम्याड’ मञ्चन हुँदैछ । यो सांगितिक तथा शारिरीक शैलीको नाटकले सामाजिक परिवर्तनका अभियान र त्यसको गतिलाई प्रस्तुत गर्नेछ ।

किन चाहिन्छ रङ्गमञ्च समीक्षा रु

शुक्रबार प्यानल डिसकसनको विषयमा रङ्गमञ्चको समीक्षा रहेको छ । रङ्गमञ्चको समीक्षाको आवश्यकता, यसको प्रभाव, वर्तमान समीक्षा परिपाटी लगायतका विषयमा अन्तरक्रिया हुनेछ । रङ्गकर्मी र समीक्षकहरुबीचको अन्तरक्रिया कार्यक्रम दिउँसो १ बजे हुँदैछ ।

चौतारी नाटक र साङ्गितिक कविता

शुक्रबार नै नेपाल र भारतको कलाकारहरु मिलेर चौतारी नाटक ‘प्लेब्याक थिएटर’ पनि हुँदैछ । यसमा दर्शकहरुले आफ्ना जीवनमा भोगेका, देखेका वा सुनेका घटना र अनुभूतिलाई कलाकारमाझ सुनाउनेछन् । दर्शकले सुनाएका सन्दर्भलाई कलाकारहरुले तत्काल विभिन्न विधि प्रयोग गरेर नाटकीय स्वरुपमा ढालेर प्रस्तुत हुनेछन् ।

त्यस्तै साँघm ७ः३० बजे विभिन्न युवा कवि तथा संगीतवाधको कविता र संगीतको संगम हुनेछ । शुक्रबारै बिहान ८ बजेदेखि ‘सुजुकी एण्ड भिउप्वाइन्ट’ शीर्षकमा कार्यशाला सुरु भइसकेको छ ।

बिहिबार र के के भए रु

सातौं दिन बिहिबार मञ्चन भएको इटालीको नाटक ‘मेड इन इल्भा’ले प्रतिकुल उत्पादन प्रणालीभित्र कैद एक मजदुरको कथा भनेको थियो । कम्बोडियाको कचहरी नाटक र त्यसको कार्यशाला पनि भएको थियो ।

त्यस्तै साँझ भएको ‘थिएटर शिक्षाः अवसर र चुनौती’ प्यानल डिसकसनकमा प्रा।डा। अभि सुवेदी, डा। शिव रिजाल, त्रिभुवन विश्वविद्यालयका मानविकी संकायका प्रमुख कुसुम शाक्य, पाठ्यक्रम विकासका खिलानाथ धमलाका साथ शिशिर उप्रतीले अन्तरक्रिया गरेको थियो ।

त्यस्तै मण्डला थिएटरले सञ्चालन गरेको पहिलो एक वर्षे ड्रामा स्कूलका क्रियाकलाप, उपलब्धी र प्रतिक्रिया समेटिएको वृत्तचित्र पनि प्रदर्शन गरिएको थियो । महोत्सव शनिबार समापन हुँदैछ ।

]]>
https://nayamuluk.com/%e0%a4%85%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a4%b0%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%af-%e0%a4%a8%e0%a4%be%e0%a4%9f%e0%a5%8d%e0%a4%af-%e0%a4%ae-2/feed/ 0
अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा मजदुरको कथा https://nayamuluk.com/%e0%a4%85%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a4%b0%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%af-%e0%a4%a8%e0%a4%be%e0%a4%9f%e0%a5%8d%e0%a4%af-%e0%a4%ae%e0%a4%b9/ https://nayamuluk.com/%e0%a4%85%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a4%b0%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%af-%e0%a4%a8%e0%a4%be%e0%a4%9f%e0%a5%8d%e0%a4%af-%e0%a4%ae%e0%a4%b9/#respond Thu, 01 Dec 2022 13:25:35 +0000 https://nayamuluk.com/?p=2614 १५ मंसिर, काठमाडौं । इटालीको मजदुरको कथा बोकेर ‘सामाजिक रुपान्तरणका लागि रङ्गमञ्चः विविधताको उत्सव’ भन्ने नारामा साथ भइरहेको नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) सातौं दिनमा आइपुगेको छ । बिहिबार इटालीको नाटक ‘मेड इन इल्भा’ मञ्चन भएको छ । यस नाटकले प्रतिकुल उत्पादन प्रणालीभित्र कैद एक मजदुरको कथा भन्छ ।
उत्तरआधुनिक परिव्शमा एक मानिस मेकानिक मानिसभन्दा पनि एकोहोरो चालको मेसिनमा परिणत हुन्छ र मात्र प्राविधिक कृत्रिम अस्तित्वमा रहन बाध्य हुन्छ । मानिसलाई मानवीय रुपमा नभई उपकरणको रुपमा मात्र लिने औधोगिक मालिकहरुको प्रवृत्तिलाई नाटकले यस नाटकले मञ्चन गर्छ ।

अन्ना डोरा डोर्नो निर्देशित तथा निकोला पियन्जोला लिखित ‘मेड इन इल्भा’ मध्यान्ह १२ र दिउँसो ४ बजे मञ्चन भएको छ ।

त्यस्तै सातौं दिनको प्यानल डिसकसनको विषय ‘थिएटर शिक्षाः अवसर र चुनौती’ रहेको थियो । साँझ ५ बजे यस विषयमा विश्वविद्यालयका सम्बन्धितहरु र थिएटर व्यक्तित्वबीच अन्तरक्रिया भएको छ ।

बिहिबारै कचहरी नाटक र क्लाउन नाटक सम्बन्धी कार्यशाला पनि सञ्चालन भएको छ भने मण्डला थिएटरले सञ्चालन गरेको पहिलो एक वर्षे ड्रामा स्कूलका क्रियाकलाप, उपलब्धी र प्रतिक्रिया समेटिएको वृत्तचित्र पनि प्रदर्शन गरिएको छ ।

]]>
https://nayamuluk.com/%e0%a4%85%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a4%b0%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%af-%e0%a4%a8%e0%a4%be%e0%a4%9f%e0%a5%8d%e0%a4%af-%e0%a4%ae%e0%a4%b9/feed/ 0