नेपालगन्ज– बाँकेको खजुरा गाउँपालिकालाई बालविवाह मुक्त गाउँपालिका घोषणा गरिएको छ । बालविवाह मुक्त अभियान सञ्चालन निर्देशिका अनुसार गाउँपालिकाका सबै वडालाई बालविवाह मुक्त घोषणा गरेपश्चात् खजुरा गाउँपालिकालाईनै बालविवाह मुक्त घोषणा गरिएको हो ।
गाउँपालिकामा २० प्रतिशत भन्दा...
नेपालगन्ज– दैलेख प्रहरीले ५५ लाख बराबरको गरगहना सहित दुईजनालाई पक्राउ गरेको छ । कैलालीको नारायणपुर गाउँपालिका साबिक–९ घर भई हाल दाङको तुलसीपुर उपमहानगरपालिका–१७ बस्ने डम्बरप्रसाद ढुंगाना र कैलाली टीकापुर नगरपालिका–९ घर भई हाल सुर्खेतको वीरेन्द्रनगर...
नेपालगन्ज– सरकारले देशभरका सरकारी स्वास्थ्य संस्थाबाट आधारभुत स्वास्थ्य सेवा निःशुल्क प्रदान गर्न र उपचार तथा सेवामा एकरुपता ल्याउन आधारभुत स्वास्थ्य सेवाको उपचार प्रोटोकल ल्याएको छ । आधारभुत स्वास्थ्य सेवामा आधारित स्तरीय उपचार पद्दति (स्ट्यान्डर्ड ट्रिटमेन्ट...
नेपालगन्ज– बाँकेसँग जोडिएको भारतीय बजार रुपैडिहाबाट मुखमा लुकाएर ३ ग्राम ब्राउन सुगर ल्याउने क्रममा कोहलपुर नगरपालिका ५ रझेनाका २२ वर्षीय सनिस केसीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाहाबाट खटिएका प्रहरी नायब...
नेपालगन्ज– भारत रुपैडिहास्थित निबियाका २६ वर्षीय डल्लु मनिहार दिनभरी बाँके र बर्दियाका विभिन्न गाउँमा कुखुराको चल्ला बिक्री गर्दै हिड्थे । चल्ला बेच्दै घरघरमा पुग्दा मनिहारले को, कहाँ बस्छ, कति पैसा छ भन्ने ‘रेक्की’ गर्दारहेछन् ।
चल्ला...
नेपालगन्ज– राप्ती सोनारी गाउँपालिकाले विभिन्न ६ वटा विधेयक पारित गरेको छ । गाउँपालिका कार्यालय अगैया बाँकेमा सोमबार सम्पन्न भएको १० औं गाउँसभाले कृषि तथा पशुपंक्षी विधेयक, खानेपानी तथा सरसफाई र स्वच्छता सम्बन्धी विधेयक, नमुना वन...
नेपालगन्ज– स्थानीय तह निर्वाचनको अघिल्लो दिनसम्म १८ वर्ष पूरा भएका व्यक्तिले पनि मतदान गर्न पाउने भएका छन् । स्थानीय तहको निर्वाचन आगामी बैशाख ३० गते गर्ने निर्णय गरिसकेको छ । आयोगका अनुसार वैशाख २९ गतेसम्म...
नेपालगन्ज– बाँकेमा पहिलो बाल विवाह मुक्त वडा घोषणा गरेको खजुरा गाउँपालिकाले पुर्ण गाउँपालिकालाई नै बालविवाह मुक्त घोषणा गर्ने भएको छ । गाउँपालिकाले वडा नम्बर ३ बाट बाल विवाह मुक्त घोषणा गर्न शुरु गरेको थियो ।...
पत्रकार महताराको पुुस्तक विमोचन
नेकपा (माओवादी केन्द्र)का वरिष्ठ नेता कृष्णबहादुर महराले सत्तारुढ गठबन्धनको सहमतिबाटै प्रधानन्यायाधीश चोलेन्द्रशमशेरमाथि महाअभियोगको प्रस्ताव दर्ता भएको बताएका छन् । सोमबार बिहान बर्दियाको सदरमुकाम गुलरियामा पत्रकार डबल महताराद्वारा लिखित ‘जुग जगाउँदाखेरि’ पुस्तक विमोचन...
नेपालगन्ज– लुम्बिनी प्रदेश सरकारले भोली सार्वजनीक बिदा दिएको छ । लुम्बिनी प्रदेश स्थापना दिवसका अवसरमा सार्वजनीक बिदा दिएको हो । प्रदेश सरकारले भने स्थायी राजधानी दाङको देउखुरीमा प्रदेश स्थापना दिवस मनाउने भएको छ ।
आन्तरिक मामिला...