ब्यानर – नयाँ मुलुक https://nayamuluk.com Sun, 14 Jun 2026 11:53:44 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.7.5 सुरक्षित बैदेशिक रोजगार सम्वन्धी डुडुवामा समुदायस्तरिय अभिमुखीकरण https://nayamuluk.com/%e0%a4%b8%e0%a5%81%e0%a4%b0%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%bf%e0%a4%a4-%e0%a4%ac%e0%a5%88%e0%a4%a6%e0%a5%87%e0%a4%b6%e0%a4%bf%e0%a4%95-%e0%a4%b0%e0%a5%8b%e0%a4%9c%e0%a4%97%e0%a4%be%e0%a4%b0-2/ https://nayamuluk.com/%e0%a4%b8%e0%a5%81%e0%a4%b0%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%bf%e0%a4%a4-%e0%a4%ac%e0%a5%88%e0%a4%a6%e0%a5%87%e0%a4%b6%e0%a4%bf%e0%a4%95-%e0%a4%b0%e0%a5%8b%e0%a4%9c%e0%a4%97%e0%a4%be%e0%a4%b0-2/#respond Sun, 14 Jun 2026 11:53:44 +0000 https://nayamuluk.com/?p=5831 डुडुवा (बाँके) ३१ जेठ । बाँकेको डुडुवा गाउँपालिकाले सुरक्षित बैदेशिक रोजगार सम्वन्धी समुदायस्तरिय सचेतना अभिबृद्धि कार्यक्रम गरेको छ ।
रोजगारीका लागि विदेश जानुभन्दा अघि थाहा पाउनुपर्ने कुराहरुको बारेमा घरपरिवारका सदस्यलाई जानकारी दिइएको छ । नेपालबाट रोजगारीका लागि जाने अधिकाँस युवाहरु दुःख पाउने र केहीको अनाहकमा ज्यान जाने घटनाहरु बढीरहेकाले विदेश जानुभन्दा अघि सबै जानकारी भएमा जोखिमबाट बच्न सकिने बारे जानकारी गराइएको छ ।
डुडुवा गाउँपालिका रोजगार शाखाले आज वार्ड नंं. २ को बेतहनी, नौरीगौढी र बाणीमा सामुदायिक अभिमुखीकरण गरेको छ । कार्यक्रममा सहभागी अभिभावक, युवा, तथा विदेशबाट फर्किएका युवाहरुको सहभागिता रहेको थियो । सुरक्षित आप्रवान (सामी) कार्यक्रम अन्र्तगत सुरक्षित बैदेशिक रोजगार सम्वन्धी विभिन्न जानकारी प्रदान गरिएको थियो ।
वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन तथा वैदेशिक रोजगारमा जाने युवायुवती तथा तिनका परिवारलाई आवश्यक जानकारी प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
सहभागीहरूलाई वैदेशिक रोजगारमा जानुअघि पूरा गर्नुपर्ने कानुनी प्रक्रिया, श्रम स्वीकृति, रोजगारदातासँगको सम्झौता, बीमा, सीप तथा अभिमुखीकरण तालिम, वैदेशिक रोजगार बोर्डबाट प्राप्त हुने सेवासुविधा, विदेशमा श्रमिकको अधिकार तथा कर्तव्य लगायतका विषयमा जानकारी प्रदान गरिएको गाउँपालिकाका रोजगार संयोजक अल्का मिश्रले जानकारी दिनुभयो ।
संयोजक मिश्रका अनुसार विदेश जाने युवाले देशको बारे जानकारी लिने, रोजगारीका लागि सिप अनिवार्य हुनुपर्नेछ । कार्यक्रमका सहभागीले वैदेशिक रोजगारसँग सम्बन्धित विभिन्न जिज्ञासा राखेका थिए ।

]]>
https://nayamuluk.com/%e0%a4%b8%e0%a5%81%e0%a4%b0%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%bf%e0%a4%a4-%e0%a4%ac%e0%a5%88%e0%a4%a6%e0%a5%87%e0%a4%b6%e0%a4%bf%e0%a4%95-%e0%a4%b0%e0%a5%8b%e0%a4%9c%e0%a4%97%e0%a4%be%e0%a4%b0-2/feed/ 0
गुल्जार–ए–अदबको तरही मुशायरा गोष्ठी सम्पन्न https://nayamuluk.com/%e0%a4%97%e0%a5%81%e0%a4%b2%e0%a5%8d%e0%a4%9c%e0%a4%be%e0%a4%b0-%e0%a4%8f-%e0%a4%85%e0%a4%a6%e0%a4%ac%e0%a4%95%e0%a5%8b-%e0%a4%a4%e0%a4%b0%e0%a4%b9%e0%a5%80-%e0%a4%ae%e0%a5%81%e0%a4%b6/ https://nayamuluk.com/%e0%a4%97%e0%a5%81%e0%a4%b2%e0%a5%8d%e0%a4%9c%e0%a4%be%e0%a4%b0-%e0%a4%8f-%e0%a4%85%e0%a4%a6%e0%a4%ac%e0%a4%95%e0%a5%8b-%e0%a4%a4%e0%a4%b0%e0%a4%b9%e0%a5%80-%e0%a4%ae%e0%a5%81%e0%a4%b6/#respond Sat, 13 Jun 2026 17:20:42 +0000 https://nayamuluk.com/?p=5828 नेपालगञ्ज, जेष्ठ ३० — उर्दू साहित्यिक संस्था गुल्जार–ए–अदब द्वारा आयोजित ५ सय ९८औँ श्रृंखलाको तरही मुशायरा गोष्ठी शनिबार नेपालगञ्जस्थित महेन्द्र पुस्तकालयको सभा हलमा सम्पन्न भएको छ।

संस्थाका संरक्षक वरिष्ठ शायर सैय्यद अशफाक रसुल हाश्मी ‘सैय्यद नेपाली’ को अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ शायर अब्दुल लतीफ ‘शौक’ प्रमुख अतिथि तथा “हयात नेपाली” विशेष अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।

गोष्ठीमा मिसरा–ए–तरह “राज़-ए-दिल अब के सरेआम छुपाया जाए” मा आधारित रही सहभागी शायरहरूले आफ्ना सिर्जना प्रस्तुत गरेका थिए।

मुशायरामा प्रस्तुत गजलहरूले प्रेम, संवेदना, सामाजिक यथार्थ तथा मानवीय अनुभूतिका विविध पक्षलाई कलात्मक ढंगले अभिव्यक्त गरेका थिए।

कार्यक्रममा अब्दुल लतीफ ‘शौक’, सैय्यद अशफाक रसुल हाश्मी ‘सैय्यद नेपाली’, मुस्तफा अहसन कुरैशी ‘अहसन’ (अध्यक्ष, गुल्जार–ए–अदब), हयात नेपाली, इस्माइल अन्सारी, सैय्यद आदिल सरवर ‘सरवर नेपाली’, मेराज अहमद ‘हिमालय’, मोहम्मद आरिफ अन्सारी, आसिम सरवर, शाहिदा शाह ‘वाहिदी’ तथा जियाउल हक हल्वाई लगायतका शायरहरूले गजल वाचन गर्नुभएको थियो।

प्रमुख अतिथि अब्दुल लतीफ ‘शौक’ ले गुल्जार–ए–अदबले लामो समयदेखि निरन्तर रूपमा साहित्यिक गतिविधि सञ्चालन गर्दै आएकोमा खुसी व्यक्त गर्दै संस्थाका सम्पूर्ण शायर तथा साहित्यप्रेमीहरूलाई बधाई दिंदै यस्ता कार्यक्रमहरूले उर्दू भाषा, साहित्य र शायरीको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याएको बताउँदै आगामी दिनमा पनि निरन्तरताका साथ अघि बढ्न शुभकामना व्यक्त गर्नुभयो।

गुल्जार–ए–अदबले विगत लामो समयदेखि प्रत्येक महिनाको अन्तिम शनिबार नियमित रूपमा तरही मुशायरा आयोजना गर्दै आएको छ। संस्थाको यो निरन्तर प्रयासले नेपालगञ्जमा उर्दू साहित्यिक वातावरणलाई थप सशक्त बनाउँदै आएको साहित्यप्रेमीहरूको भनाइ रहेको छ।

कार्यक्रममा बब्बु फारुकी र राशिद कमाल लगायतका व्यक्तिहरुको विशेष उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन संस्थाका महासचिव मोहम्मद आरिफ अन्सारीले गर्नुभएको थियो।

]]>
https://nayamuluk.com/%e0%a4%97%e0%a5%81%e0%a4%b2%e0%a5%8d%e0%a4%9c%e0%a4%be%e0%a4%b0-%e0%a4%8f-%e0%a4%85%e0%a4%a6%e0%a4%ac%e0%a4%95%e0%a5%8b-%e0%a4%a4%e0%a4%b0%e0%a4%b9%e0%a5%80-%e0%a4%ae%e0%a5%81%e0%a4%b6/feed/ 0
डुडुवा सञ्चार नीतिको मस्यौदामाथी परामर्श https://nayamuluk.com/%e0%a4%a1%e0%a5%81%e0%a4%a1%e0%a5%81%e0%a4%b5%e0%a4%be-%e0%a4%b8%e0%a4%9e%e0%a5%8d%e0%a4%9a%e0%a4%be%e0%a4%b0-%e0%a4%a8%e0%a5%80%e0%a4%a4%e0%a4%bf%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a4%b8%e0%a5%8d/ https://nayamuluk.com/%e0%a4%a1%e0%a5%81%e0%a4%a1%e0%a5%81%e0%a4%b5%e0%a4%be-%e0%a4%b8%e0%a4%9e%e0%a5%8d%e0%a4%9a%e0%a4%be%e0%a4%b0-%e0%a4%a8%e0%a5%80%e0%a4%a4%e0%a4%bf%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a4%b8%e0%a5%8d/#respond Fri, 12 Jun 2026 13:20:42 +0000 https://nayamuluk.com/?p=5825 २९ जेठ, नेपालगन्ज । डुडुवा गाउँपालिकाको सञ्चार नीति निमार्णका क्रममा विभिन्न चरणमा छलफल तथा परामर्श गरिएको छ । संचार नीतिको मस्यौदा माथी पत्रकार तथा सञ्चार गृहका प्रकाशन सम्पादकसंग नेपालगन्जमा विहीबार सुझाव तथा परामर्श गरिएको हो ।
डुडुवा गाउँपालिकाले आयोजना गरेको परामर्श कार्यक्रममा मस्यौदा निमार्ण समितिका विज्ञ सदस्य राकेश कुमार मिश्रले नीतिको मस्यौदा प्रस्तुतीकरण गरेका थिए । प्रस्तुत गरिएको मस्यौदामाथी पत्रकारहरुले सञ्चारसंग सम्वन्धित विभिन्न कानूनी कुराहरुमा सुझाव दिएका थिए ।
स्थानीय तहको सञ्चार तथा सूचना प्रवाहलाई व्यवस्थित, प्रभावकारी र उत्तरदायी बनाउन नीति निर्माण गर्न लागेको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए । उनले स्थानीय तहमा सञ्चार क्षेत्र तथा पत्रकारहरुको विकासका लागि नीतिगत रुपमा अघि बढने उद्देश्यले कानून बनाउन लागेको बताए ।
कार्यक्रममा स्थानीय सरकार र सञ्चार माध्यमबीचको सम्बन्ध तथा जनउत्तरदायी सञ्चार प्रणाली निर्माणका विषयमा छलफल भएको थियो । कार्यक्रमका सहभागीले यस्तो छलफलले नीति निर्माण प्रक्रियालाई थप व्यवहारिक, समावेशी तथा जनमुखी बनाउन सहयोग पुग्ने धारणा व्यक्त गर्दै सञ्चार नीतिलाई समयसापेक्ष, व्यावहारिक र सञ्चारमैत्री बनाउन आवश्यक सुझावहरू दिएका थिए ।
कार्यक्रममा पालिकाका प्रमुख प्रशासकिय अधिकृत विक्रम गिरीले पत्रकार तथा सञ्चार गृहको हित हुने गरी सञ्चार नीति बनाउने प्रतिबद्धता गरे । कार्यक्रममा पालिकाका सूचना अधिकारी तथा मस्यौदा निर्माण समितिका सदस्य सचिव सञ्जयकुमार कर्ण, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष समेत रहेका समितिका संयोजक नविन गिरी, समिति सदस्य प्रियास्मृति ढकालले नीतिमा भएका विषयबस्तुका बारेमा जानकारी गराएका थिए ।
परामर्श कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईं, महासंघ बाँकेका संस्थापक अध्यक्ष लियाकत अली, पूर्व अध्यक्षहरु निरज कुमार गौतम, प्रेम के.सी., झलक गैरे, सामुदायिक रेडियो प्रशारक संघक केन्द्रीय सदस्य मोहम्मद आरिफ अन्सारी तथा पत्रकारहरू डक्ट धिताल, कमल न्यौपाने, शंकर प्रसाद खनाल, कुमार श्रेष्ठ, विश्वराज पछ्लडंग्या, अर्जुन ओली, रूपनी जिएम, रेजिना मल्ल, रूपा गहतराज, शकिल अहमद कादरी, भिष्म लोध, सविता चन्द लगायतले सुझाव दिएका थिए । पालिकाले मिडिया नीति निर्माणका लागि पत्रकार महासंघ बाँके अध्यक्ष नविन गिरीको संयोजकत्वमा पालिकाबाट सूचना अधिकारी सञ्जयकुमार कर्ण सदस्य सचिव र विज्ञ सदस्यमा पत्रकार राकेशकुमार मिश्र र प्रियास्मृति ढकाल रहेका छन् ।

]]>
https://nayamuluk.com/%e0%a4%a1%e0%a5%81%e0%a4%a1%e0%a5%81%e0%a4%b5%e0%a4%be-%e0%a4%b8%e0%a4%9e%e0%a5%8d%e0%a4%9a%e0%a4%be%e0%a4%b0-%e0%a4%a8%e0%a5%80%e0%a4%a4%e0%a4%bf%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a4%b8%e0%a5%8d/feed/ 0
स्थानीय सरकार, विद्यालय र समुदायले मानव बेचबिखनबिरुद्ध संयुक्त रूपमा काम गर्ने प्रतिवद्धता https://nayamuluk.com/%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a4%be%e0%a4%a8%e0%a5%80%e0%a4%af-%e0%a4%b8%e0%a4%b0%e0%a4%95%e0%a4%be%e0%a4%b0-%e0%a4%b5%e0%a4%bf%e0%a4%a6%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b2%e0%a4%af-%e0%a4%b0/ https://nayamuluk.com/%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a4%be%e0%a4%a8%e0%a5%80%e0%a4%af-%e0%a4%b8%e0%a4%b0%e0%a4%95%e0%a4%be%e0%a4%b0-%e0%a4%b5%e0%a4%bf%e0%a4%a6%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b2%e0%a4%af-%e0%a4%b0/#respond Fri, 12 Jun 2026 08:51:19 +0000 https://nayamuluk.com/?p=5822 बर्दिया, मधुवन जेठ २९ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन नगरपालिका–७ स्थित शुक्र माध्यमिक विद्यालयमा मानव बेचबिखन रोकथामसम्बन्धी सडक नाटक प्रदर्शन गरी जनचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा मधुवन नगरपालिकाको समन्वयमा सञ्चालन गरिरहेको सुरक्षा परियोजनाअन्तर्गत सो जनचेतना कार्यक्रम सम्पन्न गरेको हो ।
विद्यार्थी तथा समुदायका सदस्यहरूलाई मानव बेचबिखनका जोखिम, कारण र प्रभावबारे सचेत गराउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा वास्तविक जीवनका घटनामा आधारित प्रस्तुति तथा अन्तरक्रियात्मक कथनशैली प्रयोग गरिएको थियो ।
नाटकमार्फत बालबालिका तथा किशोरकिशोरीहरूलाई आफू र अरूलाई शोषण तथा बेचबिखनबाट जोगाउन सचेत, जिम्मेवार र सतर्क बन्न प्रेरित गरिएको क्लबले जनाएको छ ।
कार्यक्रममा मधुवन नगरपालिकाकी उपप्रमुख अनिता चौधरी, शिक्षा तथा महिला तथा बालबालिका शाखाका प्रमुखहरू नारायण प्रसाद खनाल र इन्दिरा चुनारा, नगर प्रवक्ता नेक बहादुर गुरुंग, वडा नम्बर ७ का वडा अध्यक्ष राजेन्द्र हमाल, शिक्षक, विद्यार्थी तथा विभिन्न सरोकारवालाहरूको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण बाँके युनेस्को क्लबका परियोजना संयोजक ईश्वर बीकले गर्नु भएको थियो भने फिल्ड सुपरभाइजर सावित्रा भाटले सहयोग गर्नुभएको थियो ।
कार्यक्रममा सडक नाटकमार्फत मानव बेचबिखनमा प्रयोग हुने प्रलोभन र युक्तिहरू पहिचान गर्ने, सुरक्षित आप्रवासनका अभ्यास अपनाउने, निर्णय गर्नुअघि जानकारीको सत्यता पुष्टि गर्ने तथा बालबालिका र जोखिममा रहेका समुदायको सुरक्षामा अभिभावक, शिक्षक, समुदाय र स्थानीय संस्थाहरूको सामूहिक जिम्मेवारीबारे महत्वपूर्ण सन्देश प्रवाह गरिएको परियोजना प्रमुख बिकले बताउनुभयो ।
नाटकपछि आयोजित छलफलमा विद्यार्थीहरूको सक्रिय सहभागिता र उत्साहपूर्ण प्रतिक्रियाले सिर्जनात्मक माध्यममार्फत सामाजिक मुद्दामा सचेतना फैलाउने अभियान प्रभावकारी भएको देखिएको आयोजकले जनाएको छ । सहभागीहरूले बेचबिखन तथा शोषणका सम्भावित जोखिम पहिचान गर्ने र समयमै रोकथामका उपाय अपनाउनेबारे उपयोगी जानकारी प्राप्त गरेका थिए ।
समापन सत्रमा शिक्षा शाखाका प्रमुख नारायण प्रसाद खनालले सडक नाटकलाई जनचेतना अभिवृद्धि तथा व्यवहार परिवर्तनका लागि प्रभावकारी माध्यम भएको बताउँदै यसको प्रशंसा गर्नुभयो । उहाँले मधुवन नगरपालिकाका सबै विद्यालयमा यस्ता सचेतनामूलक कार्यक्रम विस्तार गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
कार्यक्रमको अन्त्यमा स्थानीय सरकार, विद्यालय र समुदायका प्रतिनिधिहरूले मानव बेचबिखन रोकथामकालागि संयुक्त रूपमा काम गर्ने तथा प्रत्येक बालबालिकालाई सुरक्षित, संरक्षणमुखी र अवसरयुक्त वातावरणमा हुर्कने सुनिश्चित गर्ने प्रतिबद्धता जनाएका थिए ।
“समुदाय एकजुट हुँदा सचेतना कार्यमा रूपान्तरण हुन्छ । हरेक बालबालिकालाई सुरक्षित, सशक्त र शोषणमुक्त भविष्य प्रदान गर्न हामी सबैको साझा प्रयास आवश्यक छ ।” भन्ने सन्देशका साथ कार्यक्रम सम्पन्न भएको बाँके युनेस्को क्लबले जनाएको छ ।

]]>
https://nayamuluk.com/%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a4%be%e0%a4%a8%e0%a5%80%e0%a4%af-%e0%a4%b8%e0%a4%b0%e0%a4%95%e0%a4%be%e0%a4%b0-%e0%a4%b5%e0%a4%bf%e0%a4%a6%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b2%e0%a4%af-%e0%a4%b0/feed/ 0
बालिका शसक्त परियोजनाको उपलब्धि समीक्षा तथा सामाजिक परीक्षण सम्पन्न https://nayamuluk.com/%e0%a4%ac%e0%a4%be%e0%a4%b2%e0%a4%bf%e0%a4%95%e0%a4%be-%e0%a4%b6%e0%a4%b8%e0%a4%95%e0%a5%8d%e0%a4%a4-%e0%a4%aa%e0%a4%b0%e0%a4%bf%e0%a4%af%e0%a5%8b%e0%a4%9c%e0%a4%a8%e0%a4%be%e0%a4%95%e0%a5%8b/ https://nayamuluk.com/%e0%a4%ac%e0%a4%be%e0%a4%b2%e0%a4%bf%e0%a4%95%e0%a4%be-%e0%a4%b6%e0%a4%b8%e0%a4%95%e0%a5%8d%e0%a4%a4-%e0%a4%aa%e0%a4%b0%e0%a4%bf%e0%a4%af%e0%a5%8b%e0%a4%9c%e0%a4%a8%e0%a4%be%e0%a4%95%e0%a5%8b/#respond Wed, 10 Jun 2026 09:26:00 +0000 https://nayamuluk.com/?p=5819 गुलरिया, बर्दिया जेठ २७ । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बर्दियामा सञ्चालन गरेको बालिका शसक्त परियोजनाका उपलब्धि, सिकाइ तथा दिगोपनाका पक्षहरूको समीक्षा गर्ने उद्देश्यले निकास बैठक तथा सामाजिक परीक्षण कार्यक्रम गरेको छ ।
कार्यक्रममा गुलरिया नगरपालिकाकी उपप्रमुख सावित्री गौतम, वडा नं. १, २, ४, ५, ११ र १२ का वडा अध्यक्षहरू, वरिष्ठ सामाजिक विकास अधिकृत मुकुन्द अर्याल, शिक्षा शाखाका फोकल व्यक्ति चन्द्रबहादुर खत्री, महिला विकास शाखाकी गीता बकवाल, स्वास्थ्य शाखाका शिवकुमार चौधरी, विभिन्न विद्यालयका प्रधानाध्यापक, पत्रकार, धार्मिक अगुवा, किशोरी समूह, युवा क्लब तथा नगरपालिका स्तरीय युवा सञ्जालका प्रतिनिधिहरू लगायत सरोकारवालाहरूको सहभागिता रहेको थियो ।
गुलरिया नगरपालिकाका उपप्रमुख गौतमले बालिका तथा किशोरीहरूको सशक्तीकरण, सुरक्षित वातावरण निर्माण र गुणस्तरीय शिक्षाको प्रवद्र्धनमा कार्यक्रमले महत्वपूर्ण योगदान पु¥याएको बताउँदै स्थानीय सरकार यस्ता सकारात्मक पहललाई निरन्तर सहयोग गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।
उहाँले परियोजनाले समुदाय, स्थानीय सरकार तथा विकास साझेदारबीचको सहकार्यलाई थप मजबुत बनाउँदै बालिकाहरूलाई सिक्न, नेतृत्व गर्न र आत्मविश्वासका साथ अघि बढ्न सक्षम वातावरण निर्माण गरेको जनाउनुभयो ।
कार्यक्रमको सहजीकरण बाँके युनेस्को क्लबका कार्यक्रम अधिकृत विजय शर्माले गरेका थिए भने परियोजनाको समग्र परिचय, प्रमुख उपलब्धि तथा सिकाइहरू क्लबका उपकार्यकारी निर्देशक गोविन्दप्रसाद लामिछानेले प्रस्तुत गरेका थिए ।
निकास बैठकले परियोजनामार्फत हासिल भएका उपलब्धिहरू, सिकाइहरू तथा प्रभावहरूको समीक्षा गर्नुका साथै सरोकारवालाहरूबाट सुझाव तथा प्रतिक्रिया संकलन गरी परियोजना समाप्तिपछि पनि उपलब्धिहरूलाई दिगो बनाउने विषयमा छलफल गर्ने अवसर प्रदान गरेको क्लबले जनाएको छ ।
त्यसैगरी, सामाजिक परीक्षणमार्फत परियोजनाअन्तर्गत सञ्चालन गरिएका गतिविधि, उपलब्धि तथा स्रोत–साधनको उपयोगबारे सार्वजनिक रूपमा जानकारी गराइएको थिया । यसले परियोजनाको पारदर्शिता, जवाफदेहिता तथा सरोकारवालाहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ ।
कार्यक्रममा सहभागीहरूले परियोजनाले बालिका सशक्तीकरण, लैङ्गिक समानता, शिक्षा, बाल संरक्षण तथा सामुदायिक विकासमा सकारात्मक योगदान पु¥याएको उल्लेख गर्दै यस्ता प्रयासलाई स्थानीय तह र समुदायले निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।

]]>
https://nayamuluk.com/%e0%a4%ac%e0%a4%be%e0%a4%b2%e0%a4%bf%e0%a4%95%e0%a4%be-%e0%a4%b6%e0%a4%b8%e0%a4%95%e0%a5%8d%e0%a4%a4-%e0%a4%aa%e0%a4%b0%e0%a4%bf%e0%a4%af%e0%a5%8b%e0%a4%9c%e0%a4%a8%e0%a4%be%e0%a4%95%e0%a5%8b/feed/ 0
बालबालिकामा अध्ययन बानीको विकास गर्न बर्दियाका घरघरमा पढाइ कुना निर्माण https://nayamuluk.com/%e0%a4%ac%e0%a4%be%e0%a4%b2%e0%a4%ac%e0%a4%be%e0%a4%b2%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%85%e0%a4%a7%e0%a5%8d%e0%a4%af%e0%a4%af%e0%a4%a8-%e0%a4%ac%e0%a4%be%e0%a4%a8%e0%a5%80%e0%a4%95/ https://nayamuluk.com/%e0%a4%ac%e0%a4%be%e0%a4%b2%e0%a4%ac%e0%a4%be%e0%a4%b2%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%85%e0%a4%a7%e0%a5%8d%e0%a4%af%e0%a4%af%e0%a4%a8-%e0%a4%ac%e0%a4%be%e0%a4%a8%e0%a5%80%e0%a4%95/#respond Wed, 10 Jun 2026 09:22:19 +0000 https://nayamuluk.com/?p=5816 बर्दिया, जेठ २७ । बाँके युनेस्को क्लब, प्लान इन्टरनेशनल नेपाल र स्थानीय तहको साझेदारीमा बर्दिया जिल्लाका तीन पालिकाका एउटा वडा र दुई वटा टोललाई “एक घर, एक पढाइ कुनायुक्त वडा÷टोल” क्षेत्र घोषणा गरिएको छ ।
क्लबले संचालन गरेको बालिका शसक्त परियोजना अन्तर्गत बढैयाताल गाउँपालिकाको वडा नम्बर ७, गुलरिया नगरपालिका–१२ को भैसाही टोल र मधुवन नगरपालिका–२ को बंगलिपुर र सुन्दरपुर टोललाई “एक घर, एक पढाइ कुनायुक्त वडा÷टोल” क्षेत्र घोषणा गरिएको हो ।
बालबालिकाको सिकाइ उपलब्धि अभिवृद्धि गर्ने, घरमै अध्ययनमैत्री वातावरण सिर्जना गर्ने तथा अभिभावकको सहभागिता बढाउने उद्देश्यले सञ्चालन गरिएको उक्त अभियानको वडा टोल घोषणा कार्यक्रमहरुमा स्थानीय सरकारका जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, अभिभावक, किशोरी, बिद्यार्थि तथा युवा समूहका प्रतिनिधि र सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
बढैयाताल गाउँपालिकामा सम्पन्न वडा घोषणा कार्यक्रममा गाउँपालिका अध्यक्ष हिमालय त्रिपाठी, उपाध्यक्ष लक्ष्मी अधिकारी, वडा नं. ७ का अध्यक्ष राधेश्याम थारु, शिक्षा शाखाका प्रमुख, नेपाल प्रहरीका अधिकृत, पत्रकार, विद्यालयका प्रतिनिधि तथा बाँके युनेस्को क्लबका सह–अध्यक्ष सिराज खान, प्राविधिक सल्लाहकार बिनय दिल लामा र उपकार्यकारी निर्देशक गोविन्दप्रसाद लामिछाने लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै पालिका अध्यक्ष त्रिपाठी, उपाध्यक्ष अधिकारी र वडा अध्यक्ष थारुले बाँके युनेस्को क्लब र प्लानको सहयोगमा बर्दिया जिल्लामै पहिलो एक घर, एक पढाइ कुनायुक्त वडा घोषणा गर्न पाउनु गौरवको बिषय भएको बताउनुभयो ।
यसैगरि गुलरिया नगरपालिका–१२ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा आयोजित घोषणा कार्यक्रममा नगरपालिकाका उपप्रमुख सावित्री गौतम, शिक्षा शाखा प्रमुख चन्द्रबहादुर खत्री, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेशप्रसाद थारु, वडा अध्यक्ष रामकुमार थारु, प्रधानाध्यापक श्रीप्रसाद सुवेदी तथा विभिन्न विद्यालयका प्रधानाध्यापकहरूको उपस्थिति रहेको थियो ।
सोही प्रकारले मधुवन नगरपालिकामा आयोजित कार्यक्रममा नगर प्रमुख तेजबहादुर भाट, उपप्रमुख अनिता चौधरी, नगर प्रवक्ता मेकबहादुर गुरुङ, शिक्षा शाखा प्रमुख नारायण प्रसाद खनाल, महिला शाखाका इन्द्रा चुनारा, मधुवन २ का वडा अध्यक्ष आशाराम थारु, विभिन्न शाखाका प्रतिनिधि, वडा प्रतिनिधि, विद्यालय व्यवस्थापन समिति सदस्य तथा विद्यालय प्रमुखहरूको सहभागिता रहेको थियो ।
घोषणा कार्यक्रमहरुमा बाँके युनेस्को क्लबका उपकार्यकारी निर्देशक गोविन्दप्रसाद लामिछाने र कार्यक्रम अधिकृत विजय शर्माले “एक घर, एक पढाइ कुना” घोषणा प्रक्रियाबारे जानकारी गराउँदै अभिभावक शिक्षाको महत्व र बालबालिकाको समग्र विकासमा अभिभावकको सक्रिय भूमिकाबारे सहजीकरण गरेका थिए ।
कार्यक्रममा अभियानअन्तर्गत घर–घरमा निर्माण गरिएका पढाइ कुनाहरूको प्रगति तथा उपलब्धिहरू प्रस्तुत गरिएको थियो । यस्ता पढाइ कुनाहरूले बालबालिकामा अध्ययन बानीको विकास, सिर्जनशीलता अभिवृद्धि तथा परिवारभित्र सकारात्मक अन्तरक्रिया बढाउन महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूले बताएका थिए ।
घोषणा समारोहका अवसरमा अभियानलाई सफल बनाउन योगदान पु¥याउने विद्यालय, किशोरी समूह, युवा क्लब, सामाजिक अगुवा तथा अभिभावकहरूलाई सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो ।
कार्यक्रमको सफल कार्यान्वयनमा फिल्ड सुपरभाइजरहरू भगवती बी.के., नग्मा मनिहार लगायत किशोरी तथा युवा समूहका सदस्यहरूको सक्रिय भूमिका रहेको थियो ।
“हरेक घरमा पढाइको वातावरण, हरेक बालबालिकाका लागि सिकाइको अवसर” भन्ने मूल सन्देशसहित संचालन गरिएको सो अभियानले बालबालिकाको उज्ज्वल भविष्य निर्माणका लागि समुदाय, विद्यालय, अभिभावक र स्थानीय सरकारबीचको सहकार्यलाई अझ सुदृढ बनाएको पाईएको छ ।

]]>
https://nayamuluk.com/%e0%a4%ac%e0%a4%be%e0%a4%b2%e0%a4%ac%e0%a4%be%e0%a4%b2%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%85%e0%a4%a7%e0%a5%8d%e0%a4%af%e0%a4%af%e0%a4%a8-%e0%a4%ac%e0%a4%be%e0%a4%a8%e0%a5%80%e0%a4%95/feed/ 0
आचार्यको ‘आरोह अवरोह’ विमोचन https://nayamuluk.com/%e0%a4%86%e0%a4%9a%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%95%e0%a5%8b-%e0%a4%86%e0%a4%b0%e0%a5%8b%e0%a4%b9-%e0%a4%85%e0%a4%b5%e0%a4%b0%e0%a5%8b%e0%a4%b9-%e0%a4%b5%e0%a4%bf/ https://nayamuluk.com/%e0%a4%86%e0%a4%9a%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%95%e0%a5%8b-%e0%a4%86%e0%a4%b0%e0%a5%8b%e0%a4%b9-%e0%a4%85%e0%a4%b5%e0%a4%b0%e0%a5%8b%e0%a4%b9-%e0%a4%b5%e0%a4%bf/#respond Tue, 09 Jun 2026 14:03:30 +0000 https://nayamuluk.com/?p=5813 २६ जेठ, नेपालगन्ज । शिक्षाविद् तथा साहित्यकार किरण आचार्यको आत्मकथा ‘आरोह अवरोह’ एक विशेष समारोहबीच मंगलबार विमोचन गरिएको छ ।
असल शासन मिडियाद्वारा प्रकाशित उक्त कृतिको लुम्बिनी प्राविधिक विश्वविद्यालयका उपकुलपति प्रोफेसर डा. विनोद प्रसाद ढकाल, लेखक आचार्य, आचार्यका पती प्रा. डा. जनार्दन आचार्य, वरिष्ठ साहित्यकार सनत रेग्मी, लेखक नरेन्द्र जंग पिटर, भाषा आयोगका निवर्तमान सदस्य गोपाल अस्क, असल शासन मिडियाका अध्यक्ष नमस्कार शाह लगायले संयुक्त रूपमा विमोचन गरेका हुन् ।
विमोचन समारोहमा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्राविधिक विश्वविद्यालयका उपकुलपति प्रोफेसर डा. विनोद प्रसाद ढकालले आत्मकथा कुनै व्यक्तिको जीवन वृत्तान्त मात्र नभई समाज र समयको इतिहास पनि हुने बताए ।
उनले किरण आचार्यको जीवनयात्रा संघर्ष, समर्पण र निरन्तरताको उदाहरण रहेको उल्लेख गर्दै ‘आरोह अवरोह’ ले शिक्षा, समाज र राष्ट्रप्रतिको जिम्मेवारीबोधलाई समेत उजागर गरेको धारणा राखे । उनले पुस्तकले आगामी पुस्तालाई जीवनका कठिन परिस्थितिसँग जुधेर सफलता हासिल गर्न प्रेरणा दिने विश्वास व्यक्त गरे ।
वरिष्ठ साहित्यकार सनत रेग्मीले किरण आचार्य नेपाली साहित्य र शिक्षा क्षेत्रमा परिचित तथा सम्मानित नाम भएको उल्लेख गर्दै आत्मकथाले एक महिलाको संघर्षशील जीवनको यथार्थ चित्रण गरेको बताए ।
उनले पुस्तकमा समेटिएका अनुभव, भोगाइ र विचारहरूले पाठकलाई भावनात्मक र बौद्धिक रूपमा समृद्ध बनाउने धारणा व्यक्त गरे । रेग्मीले साहित्य समाजको ऐना भएकाले आचार्यको कृतिले समकालीन समाजलाई बुझ्न महत्वपूर्ण आधार प्रदान गर्ने बताए ।
लेखक तथा राजनीतिक विश्लेषक नरेन्द्रजंग पिटरले आत्मकथा लेखन साहसको विषय भएको बताउँदै किरण आचार्यले आफ्ना जीवनका उतारचढावलाई निसंकोच रूपमा प्रस्तुत गरेको उल्लेख गरे । उनले पुस्तकमा व्यक्तिगत अनुभवसँगै देशको राजनीतिक, सामाजिक र शैक्षिक अवस्थाबारे पनि उल्लेख गरिएकाले यो केवल आत्मकथा मात्र नभई समकालीन समयको दस्तावेज बनेको बताए । उनले यस्ता कृतिले इतिहास र समाज बुझ्न महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे ।
भाषा आयोगका निवर्तमान सदस्य गोपाल अस्कले पुस्तकले भाषा, साहित्य र समाजलाई जोड्ने काम गरेको बताए । उनले किरण आचार्यको साहित्यिक योगदानको प्रशंसा गर्दै पुस्तकमा प्रयोग गरिएको भाषा सरल, सहज र पाठकमैत्री रहेको उल्लेख गर्दै पुस्तकले नयाँ पुस्तालाई साहित्य, शिक्षा र सामाजिक उत्तरदायित्वप्रति आकर्षित गर्न सहयोग पु¥याउने बताए ।
कार्यक्रममा हरित अभियन्ता हेमन्तराज काफ्लेले किरण आचार्यलाई सकारात्मक सोच, सामाजिक उत्तरदायित्व र मानवीय मूल्यप्रति समर्पित व्यक्तित्वका रूपमा चित्रण गरे । उनले आचार्यले शिक्षा क्षेत्रमार्फत समाजमा पु¥याएको योगदान प्रशंसनीय रहेको बताए । साहित्यकार भोजराज शर्माले किरण आचार्यको साहित्यिक तथा सामाजिक व्यक्तित्वबारे चर्चा गर्दै उनी निरन्तर अध्ययन, लेखन र समाजसेवामा सक्रिय रहेको बताए । निडर र हक्कि स्वभावको ब्यक्तित्व भएकोे उल्लेख गर्दै आचार्यको जीवनयात्रा धेरैका लागि प्रेरणाको स्रोत भएको शर्माको भनाइ थियो ।
मंगल प्रसाद नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक सन्ध्या गुप्ताले आचार्यको शैक्षिक नेतृत्व, अनुशासन र कार्यक्षमताको चर्चा गर्दै शिक्षा क्षेत्रको विकासमा उनको योगदान महत्वपूर्ण रहेको बताए । उनले आचार्यले शिक्षण पेशामा देखाएको समर्पण भाव अनुकरणीय रहेको उल्लेख गर्दै आफ्नो जीवनको रोलमोडल भएको गुप्ताले बताइन् ।
असल शासन मिडियाका अध्यक्ष नमस्कार शाहले पुस्तकको प्रकाशन प्रक्रिया तथा विषयवस्तुबारे जानकारी गराउँदै ‘आरोह अवरोह’ ले जीवनका विविध अनुभव, संघर्ष र सफलताका कथाहरूलाई समेटेको बताए । उनले पुस्तकले पाठकलाई जीवनका यथार्थ पक्ष बुझ्न र चुनौतीहरू सामना गर्न प्रेरित गर्ने विश्वास लिएको बताए ।
लेखक किरण आचार्यले आफ्नो जीवनका भोगाइ, संघर्ष, सफलता र असफलताका अनुभवलाई पुस्तकमा समेटिएको बताइन् । उनले बाल्यकालदेखि शिक्षण पेशामा प्रवेश गर्दासम्मका अनुभव, पारिवारिक तथा सामाजिक चुनौती, जीवनमा भोगेका उतारचढाव र त्यसबाट सिकेका पाठलाई पुस्तकमा समावेश गरिएको जानकारी दिदै पुस्तक लेखनको उद्देश्य आफ्ना अनुभवलाई समाज र आगामी पुस्तासम्म पु¥याउनु रहेको आचार्यले बताइन् ।
पुस्तकमा आचार्यको बाल्यकाल, शिक्षण क्षेत्रका अनुभव, विभिन्न चुनौती र संघर्ष, सामाजिक तथा पारिवारिक जीवन, देशको राजनीतिक अवस्था, साहित्यिक यात्रा तथा जीवनका विविध आरोह–अवरोह समेटिएका छन् । असल शासन मिडियाका प्रबन्ध निर्देशक मन भण्डारीले सञ्चालन गरेको कार्यक्रममा बिभिन्न क्षेत्रका १०० जनाको सहभागिता रहेको थियो ।

]]>
https://nayamuluk.com/%e0%a4%86%e0%a4%9a%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%95%e0%a5%8b-%e0%a4%86%e0%a4%b0%e0%a5%8b%e0%a4%b9-%e0%a4%85%e0%a4%b5%e0%a4%b0%e0%a5%8b%e0%a4%b9-%e0%a4%b5%e0%a4%bf/feed/ 0
बर्दियामा मानव बेचबिखन तथा लागूऔषध दुव्र्यसनविरुद्ध अभियानमूलक सचेतना https://nayamuluk.com/%e0%a4%ac%e0%a4%b0%e0%a5%8d%e0%a4%a6%e0%a4%bf%e0%a4%af%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%ae%e0%a4%be%e0%a4%a8%e0%a4%b5-%e0%a4%ac%e0%a5%87%e0%a4%9a%e0%a4%ac%e0%a4%bf%e0%a4%96%e0%a4%a8-%e0%a4%a4/ https://nayamuluk.com/%e0%a4%ac%e0%a4%b0%e0%a5%8d%e0%a4%a6%e0%a4%bf%e0%a4%af%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%ae%e0%a4%be%e0%a4%a8%e0%a4%b5-%e0%a4%ac%e0%a5%87%e0%a4%9a%e0%a4%ac%e0%a4%bf%e0%a4%96%e0%a4%a8-%e0%a4%a4/#respond Tue, 09 Jun 2026 06:59:37 +0000 https://nayamuluk.com/?p=5810 बर्दिया, राजापुर जेठ २६ । मानव बेचबिखन तथा लागूऔषध दुव्र्यसन न्यूनीकरणका साथै बालबालिका, युवा तथा जोखिममा रहेका समुदायको संरक्षणका लागि सामुदायिक स्तरमा जनचेतना अभिवृद्धि गर्न सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
सो कार्यक्रम बाँके युनेस्को क्लब, प्लान इन्टरनेशनल नेपाल तथा राजापुर नगरपालिकाको संयुक्त आयोजनामा सुरक्षा परियोजनाअन्तर्गत बर्दियाको राजापुर नगरपालिका–८स्थित भेरी माध्यमिक विद्यालयमा सम्पन्न गरिएको हो ।
कार्यक्रममा विद्यार्थी, युवा, अभिभावक, स्थानीय समुदाय तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । मानव बेचबिखन तथा लागूऔषध दुव्र्यसनका कारण व्यक्ति, परिवार र समाजमा पर्ने नकारात्मक प्रभावबारे जानकारी दिँदै यस्ता सामाजिक समस्याको रोकथाममा समुदायको भूमिकाबारे छलफल गरिएको क्लबले जनाएको छ ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय राजापुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) होमप्रसाद चौधरीले सहजीकरण गर्दै मानव बेचबिखन तथा लागूऔषध सम्बन्धी अपराध नियन्त्रणका लागि समुदायमा सचेतना, सतर्कता र समयमै सूचना प्रवाहको आवश्यकता औंल्याउनुभयो । उहाँले सहभागीहरूलाई जिम्मेवार नागरिकका रूपमा समाजमा सकारात्मक परिवर्तनका संवाहक बन्न आग्रह गर्नुभयो ।
त्यसैगरी, महिला तथा बालबालिका शाखाकी अनिता चौधरीले बाल संरक्षण, महिला तथा बालअधिकार, उपलब्ध सहयोग संयन्त्र तथा मानव बेचबिखन, हिंसा र शोषणसम्बन्धी कानुनी व्यवस्थाबारे जानकारी गराउनुभयो । उहाँले सचेत र सशक्त समुदाय नै हिंसा, शोषण तथा बेचबिखनविरुद्धको सबैभन्दा बलियो सुरक्षा कवच भएको बताउनुभयो ।
कार्यक्रममा सुरक्षित आप्रवासन, बाल संरक्षण, युवा सशक्तीकरण तथा लागूऔषध दुव्र्यसनका हानिकारक असरबारे विशेष सन्देश प्रवाह गरिएको थियो । सहभागीहरूले सक्रिय रूपमा छलफलमा सहभागिता जनाउँदै प्राप्त जानकारीलाई परिवार, साथीभाइ तथा समुदायसम्म पु¥याउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रमको समापनमा मानव बेचबिखन तथा लागूऔषध दुव्र्यसनविरुद्ध सामूहिक प्रयासलाई थप सुदृढ बनाउने तथा सुरक्षित, संरक्षणमुखी र स्वस्थ समाज निर्माणका लागि एकजुट भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अलि सिद्दिकीले बताउनुभयो ।
बालबालिका सुरक्षित, युवा सशक्त र परिवारहरू हिंसा तथा शोषणमुक्त वातावरणमा जीवनयापन गर्न सक्ने समाज निर्माणका लागि यस्ता कार्यक्रमहरूले महत्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको छ ।

]]>
https://nayamuluk.com/%e0%a4%ac%e0%a4%b0%e0%a5%8d%e0%a4%a6%e0%a4%bf%e0%a4%af%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%ae%e0%a4%be%e0%a4%a8%e0%a4%b5-%e0%a4%ac%e0%a5%87%e0%a4%9a%e0%a4%ac%e0%a4%bf%e0%a4%96%e0%a4%a8-%e0%a4%a4/feed/ 0
बर्दियामा चेतनामूलक सडक नाटकमार्फत मानव बेचबिखन नियन्त्रण गरिने https://nayamuluk.com/%e0%a4%ac%e0%a4%b0%e0%a5%8d%e0%a4%a6%e0%a4%bf%e0%a4%af%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%9a%e0%a5%87%e0%a4%a4%e0%a4%a8%e0%a4%be%e0%a4%ae%e0%a5%82%e0%a4%b2%e0%a4%95-%e0%a4%b8%e0%a4%a1%e0%a4%95/ https://nayamuluk.com/%e0%a4%ac%e0%a4%b0%e0%a5%8d%e0%a4%a6%e0%a4%bf%e0%a4%af%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%9a%e0%a5%87%e0%a4%a4%e0%a4%a8%e0%a4%be%e0%a4%ae%e0%a5%82%e0%a4%b2%e0%a4%95-%e0%a4%b8%e0%a4%a1%e0%a4%95/#respond Sun, 07 Jun 2026 07:50:04 +0000 https://nayamuluk.com/?p=5807 बर्दिया, जेठ २४ । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बर्दियाको ठाकुरद्वारामा तीनदिने सडक नाटक तथा अभिनय क्षमता विकास तालिम सम्पन्न गरेको छ ।
२२ जना युवा एम्बेसडरहरूको सक्रिय सहभागिता रहेको सो तालिममा मानव बेचबिखन, लैङ्गिक हिंसा, बाल संरक्षण तथा सुरक्षित आप्रवासनजस्ता सामाजिक मुद्दामा प्रभावकारी जनचेतना फैलाउन युवाहरूको अभिनय, सञ्चार, नेतृत्व तथा वकालतसम्बन्धी क्षमता अभिवृद्धि गर्ने उद्देश्य रहेको क्लबले जनाएको छ ।
तालिमको सहजीकरण चर्चित गायक, रंगकर्मी तथा सप्तरंगी मञ्चका अध्यक्ष विष्णु थापा सरगमले गर्नु भएको थियो । उहाँले सहभागीहरूलाई अन्तरक्रियात्मक सिकाइ, व्यावहारिक अभ्यास, भूमिकानिर्वाह तथा सडक नाटक प्रस्तुतिमार्फत अभिनय कला र सामाजिक सन्देश प्रवाहका विभिन्न पक्षबारे प्रशिक्षण दिनुभयो ।
तालिमका क्रममा सहभागीहरूले मानव बेचबिखन, बालविवाह, लैङ्गिक हिंसा तथा बाल संरक्षणसम्बन्धी विषयवस्तुमा आधारित चेतनामूलक सडक नाटक तयार गरी प्रस्तुति दिएका थिए । यस प्रक्रियाले उनीहरूको आत्मविश्वास, नेतृत्व क्षमता, समूहकार्य, सिर्जनशीलता तथा सार्वजनिक रूपमा बोल्ने क्षमतामा उल्लेखनीय वृद्धि भएको आयोजकले जनाएको छ ।
समापन समारोहका प्रमुख अतिथि बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अली सिद्दिकीले युवाहरूलाई तालिमबाट प्राप्त ज्ञान र सीपलाई समुदायमा सकारात्मक परिवर्तनका लागि उपयोग गर्न आग्रह गर्नुभयो । उहाँले युवाहरू सामाजिक रूपान्तरणका महत्वपूर्ण संवाहक भएको उल्लेख गर्दै समाजमा रहेका विकृति र विसंगतिविरुद्ध सचेतना फैलाउन सक्रिय भूमिका खेल्नुपर्ने बताउनुभयो ।
त्यसैगरी, बाँके युनेस्को क्लबका वरिष्ठ उपाध्यक्ष पञ्चम गुरुङले सामाजिक न्याय, जनचेतना अभिवृद्धि तथा दिगो विकासका लागि युवाहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो ।
तालिम समापनसँगै सहभागीहरूले सडक नाटकलाई जनचेतना, वकालत तथा सामुदायिक सहभागिताको प्रभावकारी माध्यमका रूपमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । कार्यक्रमले युवाहरूलाई सिर्जनात्मक क्षमता विकाससँगै सामाजिक उत्तरदायित्वप्रति थप सचेत बनाएको विश्वास गरिएको छ ।
युवाहरूलाई सीप, अवसर र नेतृत्व प्रदान गर्दै सुरक्षित, समावेशी तथा सचेत समाज निर्माणमा योगदान पु¥याउने उद्देश्यका साथ सञ्चालन गरिएको सो पहलले सामाजिक परिवर्तनका लागि नयाँ पुस्तालाई सशक्त बनाउने अपेक्षा गरिएको बाँके युनेस्को क्लबले जनाएको छ ।

]]>
https://nayamuluk.com/%e0%a4%ac%e0%a4%b0%e0%a5%8d%e0%a4%a6%e0%a4%bf%e0%a4%af%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%9a%e0%a5%87%e0%a4%a4%e0%a4%a8%e0%a4%be%e0%a4%ae%e0%a5%82%e0%a4%b2%e0%a4%95-%e0%a4%b8%e0%a4%a1%e0%a4%95/feed/ 0
सुरक्षित बैदेशिक रोजगार सम्वन्धी समुदायस्तरिय अभिमुखीकरण https://nayamuluk.com/%e0%a4%b8%e0%a5%81%e0%a4%b0%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%bf%e0%a4%a4-%e0%a4%ac%e0%a5%88%e0%a4%a6%e0%a5%87%e0%a4%b6%e0%a4%bf%e0%a4%95-%e0%a4%b0%e0%a5%8b%e0%a4%9c%e0%a4%97%e0%a4%be%e0%a4%b0/ https://nayamuluk.com/%e0%a4%b8%e0%a5%81%e0%a4%b0%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%bf%e0%a4%a4-%e0%a4%ac%e0%a5%88%e0%a4%a6%e0%a5%87%e0%a4%b6%e0%a4%bf%e0%a4%95-%e0%a4%b0%e0%a5%8b%e0%a4%9c%e0%a4%97%e0%a4%be%e0%a4%b0/#respond Sat, 06 Jun 2026 11:03:48 +0000 https://nayamuluk.com/?p=5804 २३ जेठ, नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिकाले सुरक्षित बैदेशिक रोजगार सम्वन्धी समुदायस्तरिय सचेतना अभिबृद्धि अभियान शुरु गरेको छ ।
रोजगारीका लागि विदेश जानुभन्दा अघि थाहा पाउनुपर्ने कुराहरुको बारेमा घरपरिवारका सदस्यलाई जानकारी दिन थालिएको हो । नेपालबाट रोजगारीका लागि जाने अधिकाँस युवाहरु दुःख पाउने र केहीको अनाहकमा ज्यान जाने घटनाहरु बढीरहेकाले विदेश जानुभन्दा अघि सबै जानकारी भएमा जोखिमबाट बच्न सकिने बारे जानकारी गराइनेछ ।
डुडुवा गाउँपालिका रोजगार शाखाले पालिकाका सबै वडालाई समेटर गाउँ टोलका अभिभावक, युवालगायतलाई जानकारी दिन लागेको छ । वडा नंं–५ पदमपुरस्थित सामुदायिक अभिमुखीकरण गरिएको छ ।
गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले सुरक्षित वैदेशिक रोजगार सम्बन्धी सचेतना कार्यक्रमले समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको भन्दै यस्ता कार्यक्रमले पालिकाबासीलाई सचेत बनाउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा सहभागी अभिभावक, युवा, तथा विदेशबाट फर्किएका युवाहरु गरी करिब ५० बढीको सहभागिता रहेको थियो । सुरक्षित आप्रवान (सामी) कार्यक्रम अन्र्तगत सुरक्षित बैदेशिक रोजगार सम्वन्धी विभिन्न जानकारी प्रदान गरिएको थियो ।
वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन तथा वैदेशिक रोजगारमा जाने युवायुवती तथा तिनका परिवारलाई आवश्यक जानकारी प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
सहभागीहरूलाई वैदेशिक रोजगारमा जानुअघि पूरा गर्नुपर्ने कानुनी प्रक्रिया, श्रम स्वीकृति, रोजगारदातासँगको सम्झौता, बीमा, सीप तथा अभिमुखीकरण तालिम, वैदेशिक रोजगार बोर्डबाट प्राप्त हुने सेवासुविधा, विदेशमा श्रमिकको अधिकार तथा कर्तव्य लगायतका विषयमा जानकारी प्रदान गरिएको गाउँपालिकाका रोजगार संयोजक अल्का मिश्रले जानकारी दिइन् ।
कार्यक्रममा विदेश जाने युवाले देशको बारे जानकारी लिने, रोजगारीका लागि सिप अनिवार्य हुनुपर्ने सामी कार्यक्रमका जिल्ला संयोजक कमल सिंहले बताए । उनले वैदेशिक रोजगारका क्रममा हुने मानव बेचबिखन, ठगी, झुटा प्रलोभन तथा अवैधानिक माध्यमबाट विदेश जाने प्रवृत्तिबाट सावधान रहन आग्रह गरे ।
कार्यक्रमका सहभागीले वैदेशिक रोजगारसँग सम्बन्धित विभिन्न जिज्ञासा राखेका थिए । डुडुवाको ६ वटै वडामा अभिमुखीकरण कार्यक्रम संचालन गरिने जनाइएको छ ।

]]>
https://nayamuluk.com/%e0%a4%b8%e0%a5%81%e0%a4%b0%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%bf%e0%a4%a4-%e0%a4%ac%e0%a5%88%e0%a4%a6%e0%a5%87%e0%a4%b6%e0%a4%bf%e0%a4%95-%e0%a4%b0%e0%a5%8b%e0%a4%9c%e0%a4%97%e0%a4%be%e0%a4%b0/feed/ 0