बजार – नयाँ मुलुक https://nayamuluk.com Fri, 13 Mar 2026 11:29:10 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.7.5 बर्दिया बढैयातालमा विद्यालयबाहिरका बालबालिकाबारे कार्यशाला सम्पन्न https://nayamuluk.com/%e0%a4%ac%e0%a4%b0%e0%a5%8d%e0%a4%a6%e0%a4%bf%e0%a4%af%e0%a4%be-%e0%a4%ac%e0%a4%a2%e0%a5%88%e0%a4%af%e0%a4%be%e0%a4%a4%e0%a4%be%e0%a4%b2%e0%a4%ae%e0%a4%be-%e0%a4%b5%e0%a4%bf%e0%a4%a6%e0%a5%8d%e0%a4%af/ https://nayamuluk.com/%e0%a4%ac%e0%a4%b0%e0%a5%8d%e0%a4%a6%e0%a4%bf%e0%a4%af%e0%a4%be-%e0%a4%ac%e0%a4%a2%e0%a5%88%e0%a4%af%e0%a4%be%e0%a4%a4%e0%a4%be%e0%a4%b2%e0%a4%ae%e0%a4%be-%e0%a4%b5%e0%a4%bf%e0%a4%a6%e0%a5%8d%e0%a4%af/#respond Fri, 13 Mar 2026 11:29:09 +0000 https://nayamuluk.com/?p=5581 २९ फागुन, नेपालगन्ज । बर्दियाको बढैयाताल गाउँपालिकामा विद्यालयबाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने उद्देश्यले “विद्यालय बाहिर रहेका बालबालिकाको समावेश सुनिश्चित गर्ने निर्देशिका २०८२” सम्बन्धी दुई दिने कार्यशाला सफलतापूर्वक सम्पन्न भएको छ ।
कार्यक्रम बढैयाताल गाउँपालिकाको शिक्षा इकाइको आयोजनामा, बाँके युनेस्को क्लबसँग समन्वय गर्दै गल्र्स स्ट्यान्डिङ स्ट्रङ परियोजना अन्तर्गत प्लान इन्टरनेशनल नेपालको सहकार्यमा सञ्चालन गरिएको थियो ।
निर्देशिकाको मुख्य उद्देश्य गाउँपालिकाभित्रका सबै बालबालिकालाई शिक्षामा समान पहुँच सुनिश्चित गर्नु, सीमान्तकृत समुदायबीच देखिएको असमानता घटाउनु तथा विद्यालयबाहिर रहेका बालबालिकाको पहिचान, भर्ना र निरन्तरता सुनिश्चित गर्न स्थानीय सरकारको जिम्मेवारीलाई अझ प्रभावकारी बनाउनु रहेको क्लबले जनाएको छ ।
कार्यक्रम गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो भने गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठी प्रमुख अतिथिका रूपमा उपस्थित थिए । कार्यक्रममा मधुवन नगरपालिकाका शिक्षा अधिकृत नारायण प्रसाद खनालले सहजीकरण तथा समन्वय रामबहादुर थारुले गरेका थिए ।
कार्यशालामा बढैयाताल गाउँपालिकाका कार्यपालिका सदस्यहरू, वडा नं. १ देखि ९ सम्मका वडा अध्यक्षहरू, १५ वटा सरकारी विद्यालयका प्रधानाध्यापकहरू, शिक्षा विज्ञहरू, शिक्षा इकाइ प्रमुख विश्वराज ढकाल, शिक्षिका बिमला गुरुङ तथा सञ्चारकर्मीहरूको सक्रिय सहभागिता रहेको थियो । साथै बाँके युनेस्को क्लबका उप–कार्यकारी निर्देशक गोविन्द प्रसाद लमिछाने र परियोजना अधिकृत विजय शर्माले पनि छलफलमा महत्वपूर्ण योगदान दिएका थिए ।
कार्यशालाका क्रममा “विद्यालय बाहिर रहेका बालबालिकाको समावेश सुनिश्चित गर्ने लगायत २०८२” का विषयमा निर्देशिकाबारे विस्तृत छलफल गर्दै विद्यालयबाहिर रहेका बालबालिकाको पहिचान गर्ने उपाय, प्रभावकारी भर्ना तथा विद्यालयमा निरन्तरता कायम गर्ने संयन्त्र सुदृढ गर्ने विषयमा विचार आदानप्रदान गरिएको थियो । साथै समावेशी शिक्षालाई सुनिश्चित गर्न स्थानीय सरकार, विद्यालय र समुदायको भूमिका स्पष्ट पार्ने विषयमा समेत जोड दिइएको थियो ।
कार्यशालाको अन्त्यमा बढैयाताल गाउँपालिकाको शिक्षा इकाइको नेतृत्वमा २०२६ मार्च महिनाभित्र निर्देशिकालाई अन्तिम रूप दिने तथा आधाररेखा सर्वेक्षण सञ्चालन गर्ने सामूहिक प्रतिबद्धता जनाइएको थियो ।
यस पहलले गाउँपालिकाभित्र कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित नहोस् भन्ने उद्देश्यलाई बलियो बनाउँदै समावेशी र समान शैक्षिक अवसर सुनिश्चित गर्ने दिशामा महत्वपूर्ण कदमका रूपमा लिइएको छ ।

]]>
https://nayamuluk.com/%e0%a4%ac%e0%a4%b0%e0%a5%8d%e0%a4%a6%e0%a4%bf%e0%a4%af%e0%a4%be-%e0%a4%ac%e0%a4%a2%e0%a5%88%e0%a4%af%e0%a4%be%e0%a4%a4%e0%a4%be%e0%a4%b2%e0%a4%ae%e0%a4%be-%e0%a4%b5%e0%a4%bf%e0%a4%a6%e0%a5%8d%e0%a4%af/feed/ 0
बर्दियामा अभिभावक शिक्षा निकै प्रभावकारी https://nayamuluk.com/%e0%a4%ac%e0%a4%b0%e0%a5%8d%e0%a4%a6%e0%a4%bf%e0%a4%af%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%85%e0%a4%ad%e0%a4%bf%e0%a4%ad%e0%a4%be%e0%a4%b5%e0%a4%95-%e0%a4%b6%e0%a4%bf%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%be/ https://nayamuluk.com/%e0%a4%ac%e0%a4%b0%e0%a5%8d%e0%a4%a6%e0%a4%bf%e0%a4%af%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%85%e0%a4%ad%e0%a4%bf%e0%a4%ad%e0%a4%be%e0%a4%b5%e0%a4%95-%e0%a4%b6%e0%a4%bf%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%be/#respond Thu, 24 Jul 2025 10:03:10 +0000 https://nayamuluk.com/?p=5324 नेपालगन्ज, साउन ८ । बालिका शसक्त परियोजना अन्तर्गत अभिभावकहरूलाई लक्षित गरी प्रदान गरिएको अभिभावक शिक्षा कार्यक्रमबाट प्रभावित भएर बर्दियाका अभिभावकहरुले आफ्ना बालबालिकाकालागि आफै पढाइ कुनाको स्थापना गर्न थालेका छन् । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालद्वारा सञ्चालित बालिका शसक्त परियोजना अन्तर्गत बर्दियाका मधुवन, गुलरिया र बढैयाताल गरेर तीन पालिकाका अभिभावकहरूलाई अभिभावक शिक्षा प्रदान गरिएको थियो । सो शिक्षाबाट प्रभावित भएर अभिभावकहरुले आफ्ना बालबालिकाको शिक्षालाई गुणस्तरीय बनाउन धमाधम आफैले घरमा पढाई कुना स्थापना गरिरहेको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो । उहाँले बालबालिकाको समग्र विकासमा अभिभावकहरूको सक्रिय भूमिका सुनिश्चित गर्नका लागि अभिभावक शिक्षा प्रदान गरिएको बताउनुभयो । सो क्रममा घरमै बालबालिकाको सिकाइ र विकासकोलागि सहयोगी वातावरण सिर्जना गर्ने उदेश्यले बर्दिया जिल्लाको मधुवन वडा नं. २ स्थित सुन्दरपुर बस्तीका २३ जना अभिभावकले आफ्नो घरमा आफै पढाई कुना स्थापना गरेका छन् । अभिभावक शिक्षाबाट घरको वातावरणले बालबालिकाको अध्ययनप्रतिको रुचि, मनोबल र अनुशासनमा ठुलो प्रभाव पार्ने निश्चित भएपछि आफुले घरमा बालबालिकाको लागि पढाई कुना स्थापना गरेको मधुवन २ सुन्दरपुरका अभिभावक सुनिता थारुले बताउनुभयो । उहाँले अभिभावक शिक्षामार्फत अभिभावकत्वका ७ मुख्य सन्देश बारे जानकारी पाएपछि पढाई कुना स्थापना गरेर पढ्नको लागि छुट्टै स्थान व्यवस्था गर्ने, पढ्ने टेबल खरिद गर्ने, बालमैत्री वातावरण बनाउने, शिक्षासम्बन्धी सामग्री सजाउने लगायतका काम गरेको बताउनुभयो । सोही प्रकारले सुन्दरपुरकै अर्का अभिभावक शान्ति थारुले पढाइ कुनाले बालबालिकामा सिक्ने बानी बसाल्ने, ध्यान केन्द्रित गराउने र पठन–पाठनलाई रमाइलो बनाउने काम गर्ने हुँदा यो अतिनै महत्वपूर्ण रहेको बताउनुभयो । बालिका शसक्त परियोजनाका संयोजक गोविन्द प्रसाद लामिछानेका अनुसार मधुवन २ सुन्दरपुरका ६० जना अभिभावकलाई अभिभावक शिक्षा प्रदान गरिएकोमा उनिहरुमध्ये २३ जना अभिभावकले आफ्ना घरहरूमा विशेष पढाइ कुनाको स्थापना गरेको र अन्यले पनि गर्ने तयारीमा रहेका छन् । अभिभावक शिक्षाले बालबालिकाको पढाईप्रति अभिभावकलाई थप जिम्मेवार र गम्भीर बनाएको मधुवन वडा नम्बर २ का वडा अधयक्ष आशाराम थारुले बताउनुभयो । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालले यस्ता सकारात्मक प्रयासहरूको निरन्तर अनुगमन गर्दै थप अभिभावकहरूलाई समेत यस अभियानमा समावेश गराउने लक्ष्य राखेको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो । उहाँले क्लबले बर्दियाको मधुवन २ को सुन्दरपुर, गुलरिया १२ भैंसाही र बढैयाताल ७ पचासालाई पढाई कुना टोल बनाउने अभियान सञ्चालन गरिएको जनाउँदै ती तीनवटै टोलका सबै घरमा पढाई कुना स्थापना गराउने बताउनुभयो । बालिका शसक्त परियोजनाका संयोजक गोविन्द लामिछानेले गत आर्थिक वर्षमा बर्दियाका तीनवटा पालिकाका एक हजार ८८ जना अभिभावकलाई १२२ वटा सेसनमार्फत अभिभावक शिक्षा प्रदान गरिएकोमा एकसय कुना संस्थाले स्थापना गरेको तथा २९२ पढाई कुना अभिभावक आफैले स्थापना गरेको बताउनुभयो । उहाँका अनुसार अभिभावक शिक्षामार्फत अभिभावकत्वका ७ मुख्य सन्देश बारे जानकारी दिइएको थियो । ती सन्देशहरू मार्फत अभिभावकहरूलाई बालबालिकाको पालनपोषण, संरक्षण, सिकाइ, मनोवैज्ञानिक अवस्था तथा समग्र विकासमा ध्यान दिन प्रेरित गरिएको थियो ।

]]>
https://nayamuluk.com/%e0%a4%ac%e0%a4%b0%e0%a5%8d%e0%a4%a6%e0%a4%bf%e0%a4%af%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%85%e0%a4%ad%e0%a4%bf%e0%a4%ad%e0%a4%be%e0%a4%b5%e0%a4%95-%e0%a4%b6%e0%a4%bf%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%be/feed/ 0
बाँके युनेस्को र प्लानद्धारा साथी संस्थाको सूचना केन्द्रलाई विभिन्न सामाग्री हस्तान्तरण https://nayamuluk.com/%e0%a4%ac%e0%a4%be%e0%a4%81%e0%a4%95%e0%a5%87-%e0%a4%af%e0%a5%81%e0%a4%a8%e0%a5%87%e0%a4%b8%e0%a5%8d%e0%a4%95%e0%a5%8b-%e0%a4%b0-%e0%a4%aa%e0%a5%8d%e0%a4%b2%e0%a4%be%e0%a4%a8%e0%a4%a6%e0%a5%8d/ https://nayamuluk.com/%e0%a4%ac%e0%a4%be%e0%a4%81%e0%a4%95%e0%a5%87-%e0%a4%af%e0%a5%81%e0%a4%a8%e0%a5%87%e0%a4%b8%e0%a5%8d%e0%a4%95%e0%a5%8b-%e0%a4%b0-%e0%a4%aa%e0%a5%8d%e0%a4%b2%e0%a4%be%e0%a4%a8%e0%a4%a6%e0%a5%8d/#respond Fri, 27 Jun 2025 03:51:53 +0000 https://nayamuluk.com/?p=5279 नेपालगन्ज, असार १३ । बाँके युनेस्को क्लबले नेपाल भारत सीमा नाका लगायतमा मानवबेचविखन बिरुद्ध काम गर्दै आएको एक संस्थालाई सुदृढ बनाउनुका साथै सेवालाई प्रभावकारी बनाउन बिभिन्न सामाग्री हस्तारन्तरण गरेको छ । प्लान इन्टरनेसनल नेपालको साझेदारीमा क्लबद्धारा बर्दियामा सञ्चालित सुरक्षा परियोजना अन्तर्गत साथी संस्थाद्वारा सञ्चालित सूचना केन्द्रलाई विभिन्न आवश्यक सामग्रीहरू हस्तान्तरण गरिएको हो ।बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले मानवबेचविखन नियन्त्रणमा सघाउ पुग्ने गरि साथी संस्थाको सूचना केन्द्रलाई सक्षम बनाउन विभिन्न सामाग्री हस्तान्तरण गरिएको बताउनुभयो । हस्तान्तरण कार्यक्रममा सुरक्षा परियोजनाका कार्यक्रम संयोजक ईश्वर बिकले यो पहल मानव बेचबिखनबाट प्रभावित समुहहरूको सेवामा सुधार गर्न समुदायस्तरमै सेवा प्रवाह प्रणालीलाई सुदृढ बनाउने उदेश्य अन्तर्गत गरिएको जानकारी गराउनुभयो । साथी संस्थाको सूचना केन्द्रलाई हस्तान्तरण गरिएका सामाग्रीहरुमा ल्यापटप, स्टिल क्याबिनेट, काठको टेबल, घुम्ने कुर्सी, एयर कूलर, कार्पेट, पारदर्शी पर्दा, सिलिङ फ्यान, भ्याकुम क्लिनर, प्रोजेक्टर, टेबल फ्यान, इनभर्टर र ब्याट्री लगायतका सामग्रीहरू रहेको बाँके युनेस्को क्लबले जनाएको छ । यस सहयोगले सिमा नाकामा आवत जावत गर्ने लाभग्राहीहरू र त्यहाँ कार्यरत कर्मचारीहरूलाई सेवा प्रदान गर्न सहज र सरल हुने विश्वास लिइएको छ उक्त सामग्रीहरू बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक गÞुलाम गÞौस र परियोजना संयोजक ईश्वर बिकले साथी संस्थाकी कार्यकारी समिति सदस्य सरस्वती शर्मालाई औपचारिक रूपमा हस्तान्तरण गर्नु भएको थियो । सामग्रीहरु प्राप्त गरेपछि साथी संस्थाकी कार्यकारी समिति सदस्य शर्माले भन्नुभयो–‘हामीले चाहिने अत्यावश्यक सामग्रीहरू प्राप्त गरेका छौँ, जसले सूचना केन्द्र सञ्चालनमा निकै सहजता ल्याउनेछ । अब काम गर्न कर्मचारीलाई सहज पनि हुनेछ ।’ बर्दियामा सञ्चालित सुरक्षा परियोजनाले मानवबेचविखन नियन्त्रणका लागि सीमा नाकामा काम गर्नेहरुदेखि समुदायमा समेत बिभिन्न गतिविधि र कार्यक्रमहरु निरन्तर गरिरहेको छ । सोही परियोजना अन्तर्गत बर्दिया जिल्ला प्रशासनमा डिजिटल बोर्ड स्थापना गरिएको छ भने सीमा नाकामा काम गर्ने सुरक्षाकर्मी र सरोकारवालालाई विभिन्न प्रशिक्षण र अभिमुखिकरण समेत दिंदै आएको क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो ।

]]>
https://nayamuluk.com/%e0%a4%ac%e0%a4%be%e0%a4%81%e0%a4%95%e0%a5%87-%e0%a4%af%e0%a5%81%e0%a4%a8%e0%a5%87%e0%a4%b8%e0%a5%8d%e0%a4%95%e0%a5%8b-%e0%a4%b0-%e0%a4%aa%e0%a5%8d%e0%a4%b2%e0%a4%be%e0%a4%a8%e0%a4%a6%e0%a5%8d/feed/ 0
बालिकाहरुको शिक्षामा पहुँच बढाउन साइकल बितरण https://nayamuluk.com/%e0%a4%ac%e0%a4%be%e0%a4%b2%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%b9%e0%a4%b0%e0%a5%81%e0%a4%95%e0%a5%8b-%e0%a4%b6%e0%a4%bf%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%aa%e0%a4%b9%e0%a5%81/ https://nayamuluk.com/%e0%a4%ac%e0%a4%be%e0%a4%b2%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%b9%e0%a4%b0%e0%a5%81%e0%a4%95%e0%a5%8b-%e0%a4%b6%e0%a4%bf%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%aa%e0%a4%b9%e0%a5%81/#respond Mon, 02 Jun 2025 04:59:33 +0000 https://nayamuluk.com/?p=5144 नेपालगन्ज, जेठ १९ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन नगरपालिकाका बालिकाहरुलाई नियमित विद्यालयमा उपस्थिति गराउन तथा पछाडी पारिएका समुदाय एवं जोखिममा रहेका बालिकाहरूको शिक्षामा पहुच बढाउन उनिहरुलाई साइकल वितरण गरेको छ ।
क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालन गरेको सुरक्षा परियोजना अन्तर्गत बालिका तथा किशोरीहरुलाई बिद्यालयमा टिकाइराख्ने उदेश्यले मधुवन नगरपालिकाको समन्वयमा साइकल बितरण गरिएको हो ।
बालिकाहरुलाई साइकल वितरण गर्दै मधुवन नगरपालिकाका मेयर तेज बहादुर भाटले साइकल वितरणले बालिकाहरूको दैनिक यात्रा सहज मात्र बनाउने होइन, उनीहरूलाई आत्मविश्वास, मर्यादा र आशाका साथ निरन्तर पढ्न प्रोत्साहन पनि गर्ने बताउनुभयो ।
उहाँले यो अभियान समावेशी, शिक्षित र सशक्त भविष्य निर्माणतर्फको एक महत्वपूर्ण कदम भएको जनाउँदै यसले शिक्षाको विकासमा ठुलो योगदान गर्ने बताउनुभयो ।
ग्रामिण क्षेत्रमा बिद्यालय धेरै टाढा टाढा हुने भएकोले पनि धेरैले पढाई छाड्ने गरेको जनाउँदै मेयर भाटले साइकल पाएपछि सो समस्या समाधान हुने बताउनुभयो ।
सो बितरण कार्यक्रममा मधुवनका प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षहरु, शिक्षा शाखा प्रमुख र महिला तथा बालबालिका शाखा प्रमुख लगायतको पनि सहभागिता रहेको थियो ।
कार्यक्रमको सञ्चालन बाँके युनेस्को क्लबका परियोजना संयोजक ईश्वर बीकले गर्नुभएको थियो भने फिल्ड सुपरवाइजर सावित्रा भाटले व्यवस्थापनमा सहयोग गर्नु भएको थियो ।

]]>
https://nayamuluk.com/%e0%a4%ac%e0%a4%be%e0%a4%b2%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%b9%e0%a4%b0%e0%a5%81%e0%a4%95%e0%a5%8b-%e0%a4%b6%e0%a4%bf%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%aa%e0%a4%b9%e0%a5%81/feed/ 0
अनुगमनका क्रममा होटललाई जरिबाना https://nayamuluk.com/%e0%a4%85%e0%a4%a8%e0%a5%81%e0%a4%97%e0%a4%ae%e0%a4%a8%e0%a4%95%e0%a4%be-%e0%a4%95%e0%a5%8d%e0%a4%b0%e0%a4%ae%e0%a4%ae%e0%a4%be-%e0%a4%b9%e0%a5%8b%e0%a4%9f%e0%a4%b2%e0%a4%b2%e0%a4%be%e0%a4%88/ https://nayamuluk.com/%e0%a4%85%e0%a4%a8%e0%a5%81%e0%a4%97%e0%a4%ae%e0%a4%a8%e0%a4%95%e0%a4%be-%e0%a4%95%e0%a5%8d%e0%a4%b0%e0%a4%ae%e0%a4%ae%e0%a4%be-%e0%a4%b9%e0%a5%8b%e0%a4%9f%e0%a4%b2%e0%a4%b2%e0%a4%be%e0%a4%88/#respond Mon, 15 Apr 2024 14:52:08 +0000 https://nayamuluk.com/?p=4659 ३ वैशाख, नेपालगञ्ज । जिल्ला प्रशासन कार्यालय बाँकेको नेतृत्व तथा सरोकारवाला निकायहरु समेतको सहभागितामा सोमवार राप्ती सोनारी लौकी र चपरगौडी राजमार्ग आसपासमा बजार अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय, बाँकेले जनाएको छ ।
राप्ती सोनारी–१ लौकी र चपरगौडी राजमार्ग आसपासमा रहेका ६ वटा होटलहरूको स्थलगत अनुगमनको क्रममा न्यू मल्ल स्टाफ होटललाई तत्काल रू. १० हजार जरिबाना गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जानकारी गराए । यस्तै खान नहुने अवस्थामा रहेको चुक, दुधको तर र अबैध सुर्ती गरी रू. ३ हजार मूल्य बराबरको सामान जफत गरी नष्ट पनि गरिएको प्रजिअ पोखरेलले बताएका छन् ।
यस्तै जीवन प्रेम खाना तथा खाजा नास्ता होटललाई तत्काल रू. १० हजार जरिवाना गरी रू. ३ सय मूल्य बराबरको अबैध सुर्ती जफत गरी नष्ट गरिएको छ ।
अन्य ४ वटा होटल लगायत सबैलाई पकाउने स्थल अनिवार्य रूपमा सुधार गरी सकेसम्म भान्सा पछाडि सार्न तथा सरसफाई र स्वच्छतामा विशेष ध्यान दिन निर्देशन दिइएको प्रजिअ पोखरेलले जानकारी गराएका छन् ।

]]>
https://nayamuluk.com/%e0%a4%85%e0%a4%a8%e0%a5%81%e0%a4%97%e0%a4%ae%e0%a4%a8%e0%a4%95%e0%a4%be-%e0%a4%95%e0%a5%8d%e0%a4%b0%e0%a4%ae%e0%a4%ae%e0%a4%be-%e0%a4%b9%e0%a5%8b%e0%a4%9f%e0%a4%b2%e0%a4%b2%e0%a4%be%e0%a4%88/feed/ 0
पप्पु कन्ट्रक्सनका सञ्चालक एवं पूर्वसांसद हरिनारायण रौनियार पक्राउ https://nayamuluk.com/%e0%a4%aa%e0%a4%aa%e0%a5%8d%e0%a4%aa%e0%a5%81-%e0%a4%95%e0%a4%a8%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%95%e0%a5%8d%e0%a4%b8%e0%a4%a8%e0%a4%95%e0%a4%be-%e0%a4%b8%e0%a4%9e%e0%a5%8d%e0%a4%9a%e0%a4%be/ https://nayamuluk.com/%e0%a4%aa%e0%a4%aa%e0%a5%8d%e0%a4%aa%e0%a5%81-%e0%a4%95%e0%a4%a8%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%95%e0%a5%8d%e0%a4%b8%e0%a4%a8%e0%a4%95%e0%a4%be-%e0%a4%b8%e0%a4%9e%e0%a5%8d%e0%a4%9a%e0%a4%be/#respond Fri, 30 Jun 2023 13:57:12 +0000 https://nayamuluk.com/?p=3508 १५ असार, काठमाडौं । पप्पु कन्ट्रक्सन प्रालिका सञ्चालक एवं पूर्वसांसद हरिनारायण रौनियार पक्राउ परेका छन् ।
रौनियारलाई शुक्रबार काठमाडौंबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता कुवेर कडायतले जानकारी दिएका छन् । रौनियारविरुद्ध गत वैशाखमै बाँके प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो ।
रौनियारलाई बाँके पठाउने तयारी भइरहेको प्रवक्ता कडायतले जनाए । तत्कालीन संघीय समाजवादी फोरमका नेता रौनियार २०७४ को निर्वाचनमा पर्सा निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचित भएका थिए ।
पप्पु कन्ट्रक्सनले देशका विभिन्न ठाउँमा आयोजनाको निर्माण जिम्मा लिएर कामै नगरी अलपत्र पार्ने गरेको छ ।
गत असोज १९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दियाको जब्दिघाटको बबई पुल निर्माणमा गुणस्तर कायम नगरी भ्रष्टचार गरेको भन्ने विषयमा विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको थियो ।

]]>
https://nayamuluk.com/%e0%a4%aa%e0%a4%aa%e0%a5%8d%e0%a4%aa%e0%a5%81-%e0%a4%95%e0%a4%a8%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%95%e0%a5%8d%e0%a4%b8%e0%a4%a8%e0%a4%95%e0%a4%be-%e0%a4%b8%e0%a4%9e%e0%a5%8d%e0%a4%9a%e0%a4%be/feed/ 0
मानव बेचबिखन रोक्न नेपाल र भारतका सुरक्षा निकाय र संघ सस्थाविच सहमति https://nayamuluk.com/%e0%a4%ae%e0%a4%be%e0%a4%a8%e0%a4%b5-%e0%a4%ac%e0%a5%87%e0%a4%9a%e0%a4%ac%e0%a4%bf%e0%a4%96%e0%a4%a8-%e0%a4%b0%e0%a5%8b%e0%a4%95%e0%a5%8d%e0%a4%a8-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2/ https://nayamuluk.com/%e0%a4%ae%e0%a4%be%e0%a4%a8%e0%a4%b5-%e0%a4%ac%e0%a5%87%e0%a4%9a%e0%a4%ac%e0%a4%bf%e0%a4%96%e0%a4%a8-%e0%a4%b0%e0%a5%8b%e0%a4%95%e0%a5%8d%e0%a4%a8-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2/#respond Wed, 30 Nov 2022 09:31:16 +0000 https://nayamuluk.com/?p=2603 १४ मंसिर,  नेपालगञ्ज । नेपाल भारत नाकाको प्रयोग गरेर लामो समयदेखि भैरहेको मानवबेचविखन रोक्न दुबै देशका सम्बन्धित अधिकारी र संघ संस्थाविच सहमति बनेको छ ।

प्लान नेपालको आर्थिक सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकासंगको सहकार्यमा बाँके युनेस्को क्लवले नेपालगञ्जमा आयोजना गरेको बेचविखनका बिरुद्ध क्रस बोर्डर अन्तरक्रिया तथा अनुभव आदान प्रदान बैठकमा सो सहमति बनेको हो ।

मानव बेचखिनकाबिरुद्ध सक्रिय नेपाल–भारतका सुरक्षा अधिकारी र सामाजिक संघसंस्थाहरुले बेचविखनको जोखिममा परेकालाई उद्दार गर्न र जोखिमबाट जोगाउनको लागि संयुक्त पहलका साथै सहकार्यका साथ काम गर्ने सहमति बनेको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।

उहाँले दुबै देशका प्रहरी, विभिन्न संघसंस्थाका प्रतिनिधि र स्थानीय सरकारका प्रतिनिधिविच मानवबेचविखन रोक्न सहकार्य र सहयोग आदान प्रदान गरेर अगाडी बढ्ने निर्णय भएको बताउनुभयो ।

मानव बेचखिनको जोखिममा परेकालाई उद्दार गर्नको लागि आवश्यक कानूनी अड्चनका कारण आफुहरुलाई कार्य क्षेत्रमा असहजता आएकोले विषय वस्तुको गम्भीरतालाई बुझेर सहकार्य र हातेमालोका साथ काम गर्ने निश्कर्ष सो बैठकमा निकालिएको आयोजक बाँके युनेस्को क्लवका कार्यकारी निर्देशक साजिद अली सिद्दिकीले जानकारी दिनुभयो ।

सो समन्वय बैठकमा जिल्ला प्रहरी कार्यालय बाँके महिला तथा बालबालिका सेलका ईन्चार्ज प्रहरी निरिक्षक महेश्वरी विष्ट, भारतको रुपैडिहा थानाका निरीक्षक तथा बालसंरक्षण अधिकारी विजय चौधरी, देहात संस्थाका अध्यक्ष देवयानी चर्तुवेदी, नेपालगञ्ज उपमहानगरका मानव बेचबिखन विरुद्धका अधिकृत आशा शाही, वडा प्रहरी कार्यालयका वरिष्ठ सई अभय रावत, प्लान नेपालका कार्यक्रम अधिकृत सन्तोष पुलामी, देहात संस्थाका हसन फिरोज र नागरिक समाज संस्थाहरु साना हाथ, साथी संस्था, शान्ति पुर्नस्थापना केन्द्रका प्रतिनिधिको सहभागिता रहेको थियो ।

सोही प्रकारको बैठक यस अघि केही महिना पहिले भारतको बहराईचमा पनि आयोजना गरिएको थियो ।

]]>
https://nayamuluk.com/%e0%a4%ae%e0%a4%be%e0%a4%a8%e0%a4%b5-%e0%a4%ac%e0%a5%87%e0%a4%9a%e0%a4%ac%e0%a4%bf%e0%a4%96%e0%a4%a8-%e0%a4%b0%e0%a5%8b%e0%a4%95%e0%a5%8d%e0%a4%a8-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2/feed/ 0
५ रुपैयाँका दरले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि https://nayamuluk.com/%e0%a5%ab-%e0%a4%b0%e0%a5%81%e0%a4%aa%e0%a5%88%e0%a4%af%e0%a4%be%e0%a4%81%e0%a4%95%e0%a4%be-%e0%a4%a6%e0%a4%b0%e0%a4%b2%e0%a5%87-%e0%a4%aa%e0%a5%87%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a5%8b%e0%a4%b2/ https://nayamuluk.com/%e0%a5%ab-%e0%a4%b0%e0%a5%81%e0%a4%aa%e0%a5%88%e0%a4%af%e0%a4%be%e0%a4%81%e0%a4%95%e0%a4%be-%e0%a4%a6%e0%a4%b0%e0%a4%b2%e0%a5%87-%e0%a4%aa%e0%a5%87%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a5%8b%e0%a4%b2/#respond Thu, 03 Mar 2022 18:00:34 +0000 https://nayamuluk.com/?p=1566 नेपालगन्ज– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले बिहीबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर ५(५ रूपैयाँका दरले बढाएको हो।

इन्डियन आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएपछि निगमले फेरि पेट्रोल र डिजेलको मूल्य बढाएको छ ।
निगमका अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १५० रूपैयाँ पुगेको छ। बढेपछि डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर पाँच १३३ रुपैयाँ पुगेको छ । एलपी ग्यास र हवाई इन्धनको मूल्य यथावत राखेको निगमले जनाएको छ।

निगमका अनुसार ५/५ रूपैयाँ मूल्य बढे पनि पेट्रोलमा अझै ११ रूपैयाँ २८ पैसा घाटा छ। यस्तै डिजेलमा ११ रूपैयाँ ७८ पैसा घाटा र मट्टितेलमा १९ रूपैयाँ ५१ पैसा फाइदा छ।

]]>
https://nayamuluk.com/%e0%a5%ab-%e0%a4%b0%e0%a5%81%e0%a4%aa%e0%a5%88%e0%a4%af%e0%a4%be%e0%a4%81%e0%a4%95%e0%a4%be-%e0%a4%a6%e0%a4%b0%e0%a4%b2%e0%a5%87-%e0%a4%aa%e0%a5%87%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a5%8b%e0%a4%b2/feed/ 0
राप्तीसोनारीमा पालिकास्तरीय रनिङ शिल्ड सुरु https://nayamuluk.com/%e0%a4%b0%e0%a4%be%e0%a4%aa%e0%a5%8d%e0%a4%a4%e0%a5%80%e0%a4%b8%e0%a5%8b%e0%a4%a8%e0%a4%be%e0%a4%b0%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%b8%e0%a5%8d/ https://nayamuluk.com/%e0%a4%b0%e0%a4%be%e0%a4%aa%e0%a5%8d%e0%a4%a4%e0%a5%80%e0%a4%b8%e0%a5%8b%e0%a4%a8%e0%a4%be%e0%a4%b0%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%b8%e0%a5%8d/#respond Thu, 03 Mar 2022 17:15:47 +0000 https://nayamuluk.com/?p=1540
नेपालगन्ज– राप्ती सोनारी गाउँपालिकामा पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड तथा अध्यक्ष कप खेलकुद प्रतियोगिता बुधबारबाट सुरु भएको छ । राप्ती सोनारी–२ मदुईस्थित लक्ष्मी माध्यमिक विद्यालयको खेल मैदानमा १४ औं राष्ट्रपति रनिंग शिल्ड छनौट तथा चौथौं अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको समुद्घाटन राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले गरेका छन् ।

लुम्बिनी प्रदेशमा प्रस्तावित नमुना विद्यालय लक्ष्मी माध्यमिक विद्यालयले व्यवस्थापन तथा सन्चालन गरेको प्रतियोगितामा गाउँपालिकाका ७१ वटा विद्यालयको सहभागिता रहेको छ । उद्घाटन कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरुले आकर्षक झाँकीका साथै सांस्कृतिक प्रस्तुतिहरु प्रदर्शन गरेका थिए । साथै कार्यक्रममा डेढ दर्जन विद्यालयहरुले मार्चपास गर्दै गाउँपालिका अध्यक्षलाई सलामी अर्पण गरेका थिए ।

लक्ष्मी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक गणेश वलिका अनुसार बुधबार उद्घाटनका दिन १ देखि ३ कक्षाको गणित दौड, ४ र ५ कक्षाको गणित दौड, आधारभूत तहको एक सय, दुई सय मिटर दौड एवं एक सय मिटर, दुई सय मिटर र चार सय मिटरको सेमि फाइनल खेल भएका छन् ।

प्रतियोगितामा आधारभूतको तहको १ देखि ३ कक्षासम्म एवं ४, ५ कक्षाको फरक–फरक गणित दौड प्रतियोगिता समावेस गरिएको छ । यसैगरी आधारभूत तह १ देखि ८ मा सय मिटरको दौड, दुई सय मिटरको दौड र चार सय मिटरको दौड, माध्यमिक तहको हकमा सय, दुई सय, चार सय, आठ सय मिटर, १५ सय मिटर दौड र तीन हजार मिटर दौड समावेश गरिएको छ । यसैगरी चार गुणा एक सय मिटर रिले दौड र चार गुणा चार सय मिटर रिले दौड पनि माध्यमिक तहका लागि समावेश गरिएको छ । यस्तै लङ जम्प, हाइजम्प, ट्रिपल जम्प, सटपुट र ज्याभ्लिङ थ्रो पनि माध्यमिक तहका लागि समावेश गरिएको छ ।

बुधबारदेखि सुरु भएको प्रतियोगिता फागुन २१ गतेसम्म सन्चालन हुने आयोजक समितिले जनाएको छ । प्रतियोगितामा सहभागी टाढाका विद्यार्थिहरुका लागि विद्यालयले आवासको व्यवस्थासमेत गरेको छ ।

]]>
https://nayamuluk.com/%e0%a4%b0%e0%a4%be%e0%a4%aa%e0%a5%8d%e0%a4%a4%e0%a5%80%e0%a4%b8%e0%a5%8b%e0%a4%a8%e0%a4%be%e0%a4%b0%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%b8%e0%a5%8d/feed/ 0
रसुवागढी नाकाबाट पहिलो पटक जुम क्रेन आयात https://nayamuluk.com/%e0%a4%b0%e0%a4%b8%e0%a5%81%e0%a4%b5%e0%a4%be%e0%a4%97%e0%a4%a2%e0%a5%80-%e0%a4%a8%e0%a4%be%e0%a4%95%e0%a4%be%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%aa%e0%a4%b9%e0%a4%bf%e0%a4%b2%e0%a5%8b-%e0%a4%aa/ https://nayamuluk.com/%e0%a4%b0%e0%a4%b8%e0%a5%81%e0%a4%b5%e0%a4%be%e0%a4%97%e0%a4%a2%e0%a5%80-%e0%a4%a8%e0%a4%be%e0%a4%95%e0%a4%be%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%aa%e0%a4%b9%e0%a4%bf%e0%a4%b2%e0%a5%8b-%e0%a4%aa/#respond Sat, 24 Jul 2021 11:00:05 +0000 https://nayamuluk.com/?p=1139

नेपालको उत्तरीनाका रसुवागढीबाट विकास निर्माणमा प्रयोग हुने ठूलोखाले जुम क्रेन पहिलोपटक आयात भएको छ । रसुवाको आमाछोदिङ्मो गाउँपालिका–१ र २ एवं उत्तरगया गाउँपालिका–१ को हाकु, गोगने, मैलुङको आधार इलाकामा निर्माण चरणमा अगाडि बढेको २१६ मेगावाट माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामार्फत उक्त जुम क्रेन आयात भएको हो ।

रसुवा भन्सार कार्यालय टिमुरेका सूचना अधिकारी नरेन्द्रप्रसाद चौधरीका अनुसार नयाँ आर्थिक वर्ष २०७८र७९ को शुभारम्भमा विकास निर्माण कार्यमा प्रयोग हुने दुई वटा ठूलो क्रेन आयात भएको हो ।

भन्सार हातामा प्रवेश भएका दुईवटा मेसिनमध्ये एउटा आफ्नो गन्तव्यतर्फ प्रस्थान गरिसकेको र एउटा भन्सार हाताबाट लाने तयारी भइरहेको छ । चिनियाँ मोडेलको उक्त मेसिन प्रतिवटा ९० हजार अमेरिकी डलर बराबर हुन आउने रकम भन्सार मूल्य कायम भएको सूचना अधिकारी चौधरीले बताए ।

रसुवागढी नाका सञ्चालन भएयता यस्ताखाले मेसिन सीमाक्षेत्रको लेहेन्दे खोला मितेरी पुलबाट पहिलो पटक नेपाल भित्रिएको भन्सार कर्मचारीले बताएका छन् ।

यस्तै धेरै वर्ष प्रक्रियागत रूपमै अलमल परिरहेको रसुवाको सबैभन्दा ठूलो २१६ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक पर्ने उपकरणको आयात एवं प्राविधिक तथा कामदार बस्ने पूर्वाधार निर्माणले विद्युत् उत्पादनका लागि छिट्टै सुरुङ मार्गको काम अगाडि बढ्नेमा आशावादी भएको स्थानीय बासिन्दाले बताएका छन् ।

रु ५० अर्बभन्दा बढीको लागतमा निर्माण हुने उक्त आयोजनामा कोरियाको लगानी रहेको र सुरुङलगायत पूर्वाधार निर्माणका लागि चाइना पावर नामक चिनियाँ कम्पनीले जिम्मा पाएको आयोजनाका प्राविधिकले बताएका छन् ।

निर्माण कार्यका लागि आवश्यक पर्ने उपकरण तथा औजार चीनबाट आयात भइरहेको र धुञ्चे पुछारको ड्याम साइट, हाकुबेँसी, मैलुङ दोभानका तीन स्थानमा आवासका साथै काम गर्ने स्थलमा जाने सहजताका लागि मैलुङ नजिक त्रिशूली नदीमा बेली ब्रिज निर्माण गर्ने काम अगाडि बढिरहेको बताइएको छ ।

बाहिरी सतहको पूर्वाधार निर्माण सम्पन्न हुन लागेकाले आगामी अक्टोबरको पहिलो हप्ताबाट सुरुङको काम अगाडि बढाउने कार्य तालिका रहेको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाले जनाएको छ ।रासस

]]>
https://nayamuluk.com/%e0%a4%b0%e0%a4%b8%e0%a5%81%e0%a4%b5%e0%a4%be%e0%a4%97%e0%a4%a2%e0%a5%80-%e0%a4%a8%e0%a4%be%e0%a4%95%e0%a4%be%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%aa%e0%a4%b9%e0%a4%bf%e0%a4%b2%e0%a5%8b-%e0%a4%aa/feed/ 0