खेलकुद – नयाँ मुलुक https://nayamuluk.com Thu, 16 Apr 2026 12:03:27 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.7.5 ५ नं. वडा कार्यालयको आयोजनामा अन्तर वडा स्तरीय टेनिस क्रिकेट प्रतियोगिता सञ्चालन हुने https://nayamuluk.com/%e0%a5%ab-%e0%a4%a8%e0%a4%82-%e0%a4%b5%e0%a4%a1%e0%a4%be-%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b2%e0%a4%af%e0%a4%95%e0%a5%8b-%e0%a4%86%e0%a4%af%e0%a5%8b%e0%a4%9c%e0%a4%a8/ https://nayamuluk.com/%e0%a5%ab-%e0%a4%a8%e0%a4%82-%e0%a4%b5%e0%a4%a1%e0%a4%be-%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b2%e0%a4%af%e0%a4%95%e0%a5%8b-%e0%a4%86%e0%a4%af%e0%a5%8b%e0%a4%9c%e0%a4%a8/#respond Thu, 16 Apr 2026 12:03:27 +0000 https://nayamuluk.com/?p=5681 ३ वैशाख नेपालगन्ज । नेपालगन्ज उप–महानगरपालिका ५ नं. वडा कार्यालयको आयोजनामा दोस्रो अन्तर वडा स्तरीय टेनिस क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ ।
यही महिनाको ६ गतेदेखि सुरु हुने प्रतियोगिता लगातार १५ दिनसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा ३० भन्दा बढी टोलीहरूको सहभागिता रहने छ ।
प्रतियोगिता सञ्चालनका लागि करिब तिन लाख ५० हजार रुपैयाँको बजेट तय गरिएको छ । जसअन्तर्गत वडा नम्बर ५ ले करिब दुई लाख रुपैयाँ व्यहोर्नेछ भने एक लाख ५० हजार नेपालगन्ज उप–महानगरपालिकाले सहयोग गरेको छ ।
यसका साथै विभिन्न सहयोगी व्यक्ति र संस्थाहरूको समेत सहकार्य छ । कार्यक्रमलाई सफल बनाउन स्थानीय स्तरमा सक्रिय रूपमा काम गर्दै आएको रोयल स्पोर्ट क्लबले पनि महत्वपूर्ण सहयोग गर्ने जनाएको छ ।
युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्नु र उनीहरूलाई सकारात्मक तथा सिर्जनशील गतिविधिमा संलग्न गराउनु यस आयोजनाको उद्देश्य हो । पछिल्लो समय युवाहरू विभिन्न विकृतितर्फ आकर्षित हुने जोखिम बढिरहेको अवस्थामा यस्ता प्रतियोगिताले उनीहरूलाई अनुशासित, स्वस्थ र जिम्मेवार बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ ।
वडा अध्यक्ष मोहम्मद शराफत खानले खेलकुदको विकासमार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिने धारणा व्यक्त गरे ।
उनले भने, ‘युवाहरूलाई कुनै न कुनै रूपमा खेलमा संलग्न गराउनु अत्यन्त आवश्यक छ । यस टेनिस क्रिकेट प्रतियोगिताले यहाँको खेलकुद क्षेत्रमा अझ सक्रियता पैदा गर्नेछ । साथै, स्थानीय स्तरका खेलाडीहरूको प्रतिभा निखार्ने, उनीहरूलाई अवसर प्रदान गर्ने र भविष्यमा ठूला प्रतियोगितामा प्रतिस्पर्धा गर्न सक्षम बनाउने आधार तयार गर्नेछ ।’

]]>
https://nayamuluk.com/%e0%a5%ab-%e0%a4%a8%e0%a4%82-%e0%a4%b5%e0%a4%a1%e0%a4%be-%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b2%e0%a4%af%e0%a4%95%e0%a5%8b-%e0%a4%86%e0%a4%af%e0%a5%8b%e0%a4%9c%e0%a4%a8/feed/ 0
‘राजा खान नेपालगन्ज टी–12 क्रिकेट प्रतियोगिता’ भोलिदेखि https://nayamuluk.com/%e0%a4%b0%e0%a4%be%e0%a4%9c%e0%a4%be-%e0%a4%96%e0%a4%be%e0%a4%a8-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%97%e0%a4%a8%e0%a5%8d%e0%a4%9c-%e0%a4%9f%e0%a5%80-12-%e0%a4%95/ https://nayamuluk.com/%e0%a4%b0%e0%a4%be%e0%a4%9c%e0%a4%be-%e0%a4%96%e0%a4%be%e0%a4%a8-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%97%e0%a4%a8%e0%a5%8d%e0%a4%9c-%e0%a4%9f%e0%a5%80-12-%e0%a4%95/#respond Sat, 05 Apr 2025 12:53:57 +0000 https://nayamuluk.com/?p=4880 २३ चैत्त, नेपालगन्ज । नेपालगन्जमा भोलिदेखि रात्रिकालीन क्रिकेट प्रतियोगिता सञ्चालन हुन लागेको छ ।
तेस्रो संस्करणको ‘राजा खान नेपालगन्ज टी–12 क्रिकेट प्रतियोगिता’ भेरी रकर्स स्पोर्टस क्लबको आयोजनामा सञ्चालन हुन लागेको हो ।
आज शनिवार नेपालगन्जमा आयोजित प्रेस कन्फ्रेन्समा भोलि बेलुका ८ बजे नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ स्थित विशालचोक मैदानमा प्रतियोगिता भव्यरुपमा सञ्चालन हुने आयोजकले जानकारी गराएको छ ।
यो प्रतियोगितालाई टाइटल स्पोन्सर समाजसेवी राजा खानले गरेको क्लबका सचिव साहिल अन्सारीले जानकारी गराए जसका कारण प्रतियोगिताको टाइटलमा समेत उनको नाम जोडिएको हो ।
सचिव अन्सारीका अनुसार यस प्रतियोगितालाई सफल बनाउन नेपालगन्ज उपमहानगरपालिका, एजुकेशनल पार्टनरमा एक्सपर्ट एजुकेशन, सगरमाथा ई.बोर्डिङ सेकेन्ड्री स्कुल, नेपालगन्ज उपमहानगरपालिका वडा नं. १, ८ र १८ को कार्यालय, स्पोर्ट्स ग्यालेक्सी लगायतले सहयोग गरेका छन् ।
कुल १४ लाख लागतमा सम्पन्न हुने उक्त प्रतियोगितामा बाँकेबाट ४० वटा टिमले सहभागिता जनाएको अध्यक्ष मोहम्मद साजिद खानले जानकारी गराए । उनका अनुसार हाल सम्म १० लाखको व्यवस्था भईसकेको र बाँकी ४ लाखको लागि विभिन्न स्थानीय तह लगायतका संघ–संस्थाहरुसंग आवश्यक समन्वय भईरहेको छ ।
पहिलो संस्करणमा ५० हजार, दोस्रोमा एक लाख हुँदै यस तेस्रो संस्करणमा अझै वृद्धि गर्दै प्रथमलाई एक लाख २५ हजार रुपैँया नगद पुरस्कार राशी राखेको सचिव अन्सारीले जानकारी गराए । यस्तै उपविजेतालाई ६० हजार नगद पुरस्कार राशी उपलब्ध गराइनेछ ।
म्यान अफ द सिरिजलाई हिमालयम साइकल्सको तर्फबाट एउटा साईकल उपहारको व्यवस्था गरिएको छ । नेपाल स्टील फर्निचर उद्योगको तर्फबाट बेस्ट ब्याट्सम्यान र बलर लाई दराज उपहारको समेत व्यवस्था गरिएको हो ।

]]>
https://nayamuluk.com/%e0%a4%b0%e0%a4%be%e0%a4%9c%e0%a4%be-%e0%a4%96%e0%a4%be%e0%a4%a8-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%97%e0%a4%a8%e0%a5%8d%e0%a4%9c-%e0%a4%9f%e0%a5%80-12-%e0%a4%95/feed/ 0
कर्णाली हाफ म्याराथनको उपाधि सेनाका नरेन्द्र र एपीएफका पुष्पालाई https://nayamuluk.com/%e0%a4%95%e0%a4%b0%e0%a5%8d%e0%a4%a3%e0%a4%be%e0%a4%b2%e0%a5%80-%e0%a4%b9%e0%a4%be%e0%a4%ab-%e0%a4%ae%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b0%e0%a4%be%e0%a4%a5%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a4%89/ https://nayamuluk.com/%e0%a4%95%e0%a4%b0%e0%a5%8d%e0%a4%a3%e0%a4%be%e0%a4%b2%e0%a5%80-%e0%a4%b9%e0%a4%be%e0%a4%ab-%e0%a4%ae%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b0%e0%a4%be%e0%a4%a5%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a4%89/#respond Sat, 11 May 2024 11:55:45 +0000 https://nayamuluk.com/?p=4779 २९ वैशाख, नेपालगञ्ज । प्रथम ज्ञान खाद्यान्न कर्णाली हाफ म्याराथनको उपाधि नेपाली सेनाका नरेन्द्रसिंह रावत र एपीएफ क्लबका पुष्पा भण्डारीले जितेका छन् ।
शनिवार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर(सुर्खेत)मा आयोजित कर्णाली हाफ म्याराथनमा नरेन्द्रले एक घण्टा ११ मिनेट २५ सेकेन्डमा निर्धारित २१.०९५ किलोमिटर दुरी पार गरी उपाधि जितेका हुन् । त्यसैगरी एपीएफकी पुष्पाले १ घण्टा २८ मिनेट १७ सेकेन्डमा दुरी पुरा गरी प्रथम भएकी हुन् । पुरुषतर्फ नेपाली सेनाका रामजी बस्नेत एक घण्टा ११ मिनेट ४८ सेकेन्ड, सेनाकै श्रीकस राईले १ घण्टा १३ मिनेट २३ सेकेन्डमा दुरी पुरा गरी दोस्रो र तेस्रो भए । त्यस्तै महिलातर्फ नेपाली सेनाकी सिर्जना पाण्डे १ घण्टा ३२ मिनेट ४३ सेकेन्ड तथा जुम्लाकी राज्य रावलले १ घण्टा ३६ मिनेट ४० सेकेन्डमा निर्धारित दुरी पुरा गरी दोस्रो र तेस्रो भए । शीर्ष तीन खेलाडी क्रमशः जनही ५५ हजार, ३० हजार र २० हजार नगद, पदक र प्रमाणपत्रले पुरस्कृत भए । हाफ म्याराथन ४५ बर्ष माथि उमेर समुहमा काठमाडौंका धर्म महर्जन एक घण्टा २२ मिनेट, काठमाडौंकै रेवत दाहाल १ घण्टा २५ मिनेट ७ सेकेन्ड र बुटवलका गंगाबहादुर पुनले १ घण्टा ४८ मिनेट २ सेकेन्डमा दुरी पुरा गरी पहिलो, दोस्रो र तेस्रो भए । शीर्ष तीन जलाई क्रमश १५ हजार, १० हजार र ५ हजार नगदबाट पुरस्कृत गरियो ।
विद्यालयस्तरी पाँच किलोमिटर छात्रतर्फ सुर्खेतका अजय विक, सुर्खेतकै रमेश बुढा र मुगुका नमराज बानिया तथा छात्रातर्फ सुर्खेतका बिमला कार्की, सुर्खेतकै पुर्णिमा बुढाक्षेत्री र कालिकोटकी लक्ष्मी शाही क्रमश पहिलो दोस्रो र तेस्रो भए । विद्यालय स्तरीय दौडका शीर्ष तीनलाई जनही दश हजार, सात हजार र पाँच हजार नगदले पुरस्कृत गरियो । पाँच किलोमिटर दौडमा एसओएस हर्मन माइनर विद्यालयका साढे आठ बर्षका बालक प्रेम बस्नेतले समेत दौड पुरा गरेका थिए । उनलाई आयोजकले दुई हजार नगदसहित प्रोत्साहन पुरस्कार प्रदान गरेको थियो ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेल, वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकाल, कर्णाली प्रदेश खेलकुद विकास परिषदका उपाध्यक्ष प्रमोद हमाल, सदस्यसचिव बिश्वमित्र सन्ज्याल, वीरेन्द्रनगर नगरपालिकाका निवर्तमान मेयर देवकुमार सुवेदी, सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेल, विश्व कीर्तिमानधी धावक हरिबहादुर रोकाय, डा. नवराज केसी, कर्मचारी युनियनका अध्यक्ष बस्नेत लगायतले पुरस्कार वितरण गरेका थिए ।
स्थानीय घण्टाघर चोकबाट सुरु भएको दौड कालिन्चोक खजुरा हुँदै राजमार्गको बाटोमा धुलियाबिट पुगेर त्यहाँबाट सिर्ध बांगेसिमल चोक पुगी पुनः सोही रुटबाट मंगलगढी चोक हुँदै वीरेन्द्र चोकबाट सभागृह गेट हुँदै घण्टाघर पुगेपछि हाफ म्याराथन पुरा भएको थियो । बरिष्ठ वाद्यवाधक प्रेमदेव गिरीको मादलको तालमा मुख्यमन्त्रीले झ्याली बजाएर प्रथम कर्णाली हाफ म्याराथन उदघाटन गरिएको थियो ।
कर्णाली प्रदेश खेलकुद विकास परिषदको आर्थिक सहयोग, रेस नेपालको आयोजना एवं क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा कर्णाली हाफ म्याराथनमा केएल दुगड ग्रुपको ज्ञान खाद्यान्न टाइटल स्पोन्सर रहेको छ भने वीरेन्द्रनगर नगरपालिका मुख्य साझेदार रहेको छ ।
साथै, कर्णाली हाफ म्याराथनमा सहकार्य गर्ने अन्य संघसंस्थामा कर्णाली केयर इन्टरनेशनल हस्पिटल, रेडपान्डा, हस्पिटालिटी पार्टनर होटल शुभ र सिद्धार्थ, आइएसपी पार्टनर भायनेट, नेपाली सेना, नेपाल प्रहरी, सोसल मिडिया पार्टनर मोटे ग्याङ तथा विभिन्न विद्यालयहरुप्रति आभारी छौं । म्याराथनको समाचार प्रकाशन तथा प्रसारण गरेर महत्वपूर्ण सहयोग पु¥याउने सम्पूर्ण सञ्चारकर्मीलाई धन्यवाद ।
प्रथम ज्ञान कर्णाली हाफ म्याराथनका प्रमुख अतिथी माननीय मुख्यमन्त्री यामलाल कँडेल, सामाजिक विकासमन्त्री वीरबहादुर शाही, वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकाल, प्रदेश खेलकुद् परिषद् उपाध्यक्ष प्रमोद हमाल, सदस्यसचिव विश्वमित्र सञ्ज्याल, किर्तिमानी धावक हरिबहादुर रोकाय, वरिष्ठ बाद्यवादक प्रेमदेव गिरीलगायत खेलप्रेमी सुर्खेतबासीप्रति हार्दिक आभार प्रकट गर्दछौं ।
आसन्न दशौं बृहत राष्ट्रिय खेलकुदलाई प्रवद्र्धन गर्नेगरी प्रथम ज्ञान कर्णाली हाफ म्याराथन आयोजना गरिएको हो । हरेक बर्ष उपयुक्त समयमा दोस्रो संस्करण गरिनेछ । र, हरेक बर्ष निरन्तरता र स्तरोन्नति गरिनेछ ।
विगत नौ बर्षदेखि नेपालगन्ज म्याराथन आयोजना एवं व्यवस्थापन गर्दै आएको क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टले दौड संस्कृतिको प्रवद्र्धन गर्दै प्रतिभाशाली खेलाडी खोज अभियान अन्तर्गत कर्णाली हाफ म्याराथन यात्रा आरम्भ गरिएको हो ।

]]>
https://nayamuluk.com/%e0%a4%95%e0%a4%b0%e0%a5%8d%e0%a4%a3%e0%a4%be%e0%a4%b2%e0%a5%80-%e0%a4%b9%e0%a4%be%e0%a4%ab-%e0%a4%ae%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b0%e0%a4%be%e0%a4%a5%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a4%89/feed/ 0
लन्डन म्याराथन जाने गोपीलाई केएल दुगड ग्रुपको एकलाख https://nayamuluk.com/%e0%a4%b2%e0%a4%a8%e0%a5%8d%e0%a4%a1%e0%a4%a8-%e0%a4%ae%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b0%e0%a4%be%e0%a4%a5%e0%a4%a8-%e0%a4%9c%e0%a4%be%e0%a4%a8%e0%a5%87-%e0%a4%97%e0%a5%8b%e0%a4%aa%e0%a5%80/ https://nayamuluk.com/%e0%a4%b2%e0%a4%a8%e0%a5%8d%e0%a4%a1%e0%a4%a8-%e0%a4%ae%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b0%e0%a4%be%e0%a4%a5%e0%a4%a8-%e0%a4%9c%e0%a4%be%e0%a4%a8%e0%a5%87-%e0%a4%97%e0%a5%8b%e0%a4%aa%e0%a5%80/#respond Thu, 11 Apr 2024 15:05:49 +0000 https://nayamuluk.com/?p=4644 २९ चैत्र, नेपालगञ्ज । लन्डन म्याराथनमा भाग लिने तयारीमा रहेका धावक गोपीचन्द्र पार्कीलाई केएल दुगडले १ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।
गापीको विदाईमा बिहीबार नेपाल ओलम्पिक कमिटी (एनओसी) मा राखिएको विदाईमा केएल दुगडका प्रबन्ध निर्देशक कुमुद दुगडले उनको तयारीका लागि १ लाख रुपैयाँ दिने घोषणा गरेका हुन् ।
प्रबन्ध निर्देशक दुगड, एनओसीका जीवनराम श्रेष्ठ, नेपाल ओलम्पियन्स संघका अध्यक्ष दीपक विष्ट, लि निङको आधिकारित विक्रेता चाइना ट्रेड लिंक प्रा.लिका कार्यकारी अध्यक्ष राजन महर्जनले गोपीलाई विदाई गरेका थिए । शुक्रबार त्यसतर्फ प्रस्थान गर्ने गोपीले वैशाख ९ गते आयोजना हुने लण्डन म्याराथनमा भाग लिनेछन् । नवौं धारा नेपालगञ्ज म्याराथनका विजेताका बनेर गोपी लण्डन ओलम्पिकका लागि छनोट भएका थिए । नेपालगञ्ज म्याराथनले नेपाल रन युकेको सहकार्यमा गोपीको लण्डन ओलम्पिकको यात्रा पक्का गरेको हो ।
एनओसी अध्यक्ष श्रेष्ठले गोपीलाई सफलताको शुभकामना दिए । नेपालगञ्ज म्याराथनको मुख्य प्रायोजक केएल दुगडका प्रबन्ध निर्देशक दुगडले गोपीलाई सफलताको शुभकामना दिँदै आफ्ना उत्पादन खाद्य सामाग्री प्रदान गरेका थिए ।
विश्वमा शीर्षस्थानका ६ म्याराथन मध्येको एक लण्डन म्याराथनमा गोपी पहिलो पटक भाग लिन लागेका हुन् । यसअघि उनले बर्लिन म्याराथनमा पनि उनले भाग लिइसकेका छन् ।
गोपीले आफ्नो लक्ष्य भनेको भविष्यमा ओलम्पिक खेल्ने रहेको दोहोराएका छन् । उनले लण्डन ओलम्पिकका लागि पछिल्लो ६ महिनादेखि तयारी गरिरहेको र उत्कृष्ट नतिजाका लागि प्रयास गर्ने बताएका छन् ।
सो अवसरमा लि निङले गोपीलाई ट्रयाकसुट, ज्याकेट, टिसर्ट प्रदान गरेको थियो । सो अवसरमा गोपीका प्रशिक्षक सन्तोष श्रेष्ठलाई पनि टिसर्ट दिइएको थियो ।

]]>
https://nayamuluk.com/%e0%a4%b2%e0%a4%a8%e0%a5%8d%e0%a4%a1%e0%a4%a8-%e0%a4%ae%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b0%e0%a4%be%e0%a4%a5%e0%a4%a8-%e0%a4%9c%e0%a4%be%e0%a4%a8%e0%a5%87-%e0%a4%97%e0%a5%8b%e0%a4%aa%e0%a5%80/feed/ 0
किशोर सिंह राठौर यु–१६ क्रिकेट सुरु https://nayamuluk.com/%e0%a4%95%e0%a4%bf%e0%a4%b6%e0%a5%8b%e0%a4%b0-%e0%a4%b8%e0%a4%bf%e0%a4%82%e0%a4%b9-%e0%a4%b0%e0%a4%be%e0%a4%a0%e0%a5%8c%e0%a4%b0-%e0%a4%af%e0%a5%81-%e0%a5%a7%e0%a5%ac-%e0%a4%95%e0%a5%8d/ https://nayamuluk.com/%e0%a4%95%e0%a4%bf%e0%a4%b6%e0%a5%8b%e0%a4%b0-%e0%a4%b8%e0%a4%bf%e0%a4%82%e0%a4%b9-%e0%a4%b0%e0%a4%be%e0%a4%a0%e0%a5%8c%e0%a4%b0-%e0%a4%af%e0%a5%81-%e0%a5%a7%e0%a5%ac-%e0%a4%95%e0%a5%8d/#respond Sat, 23 Dec 2023 15:01:02 +0000 https://nayamuluk.com/?p=4207 ७ पौष, नेपालगञ्ज । प्रथम किशोर सिंह राठौर यु–१६ कप क्रिकेट शनिबारदेखि नेपालगञ्जमा सुरु भएको छ ।
नेपालगञ्जको मंगलप्रसाद उच्च माविको खेल मैदानमा भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपालगञ्ज मोडेल एकेडेमीले ब्राइटल्यान्ड स्कुललाई ५५ रनले हराएको छ ।
सुरुआतमा ब्याटिङ गरेको नेपालगञ्ज मोडेल एकेडेमीले १८ ओभरमा १० विकेटको नोक्सानीमा १ सय ५३ रन बनाएको थियो । नेपालगञ्ज मोडेलका लागि विकास कटवालले सर्वाधिक २२ रन, निश्चल पुन मगरले २१ रन, रोजिन पुन मगरले १९ रन, विवेक पुन मगरले १८ रन र प्रज्वल विष्टले अविजित ९ रन बनाए ।
ब्राइटल्यान्डका शुभम बर्माले ३ विकेट, सार्थक सुनार र प्रसिद्ध केसीले २–२ विकेट लिए । जवाफमा ब्राइटल्यान्डले १५.५ ओभरमा १० विकेटको नोक्सानीमा ९८ रनमात्र बनाउन सक्यो । ब्राइटल्यान्डका ब्याटसम्यान नैतिक गुप्ताले २६ रन र सार्थक दवाडीले १५ रन जोडे ।
नेपालगञ्ज मोडेलका सुमित विष्टले सर्वाधिक ४ विकेट लिए । प्रज्वल विष्ट र निश्चल पुन मगरले २–२ विकेट लिए । खेलमा नेपालगञ्ज मोडेलका सुमित विष्ट म्यान अफ द म्याच घोषित भए ।
उद्घाटन खेल अघि संघीय सासद एवम् नेपाली कांग्रेस सह–महामन्त्री किशोर सिंह राठौरले प्रतियोगिताको उद्घाटन गरेका थिए ।
उद्घाटनको क्रममा सह–महान्त्री राठौरले विगतमा बाँके जिल्ला खेलकुदको क्षेत्रमा निकै अगाडी रहेको इतिहास भएकोले खेलकुदको नेतृत्व गर्नेले यस क्षेत्र खेलकुदको विकासमा इमानदारिता पुर्वक लाग्नु पर्ने बताए ।
बाँकेका युवाहरुले यु–१६ क्रिकेट प्रतियोगिता आयोजना गरेर समाजमा फैलिरहेको बिकृतीलाई हटाउन सहयोग गर्ने राठौरले बताए । उनले भने,‘आयोजक युवाहरुलाई म धन्यवाद दिन चाहन्छु । यस्तो प्रतियोगिताले युवाहरुलाई अनुशासित बनाउने, मर्यादित बनाउने, देश प्रेमी बनाउने काम गर्छ । युवाहरु दुव्र्यसनीमा लागेर बिग्रिरहेका बेला खेलको सुरुआत गरेर यहाँका युवाहरुलाई प्रेरणा दिने प्रयत्न्न भएको छ । यसका लागि आयोजक टिमलाई धन्यवाद ।’
ज्योति स्पोर्टस एकेडेमीले आयोजना गरेको प्रतियोगितामा बाँकेका १७ टिमले सहभागिता जनाएका छन् ।
आयोजक ज्योति स्पोर्टस एकेडेमीका अध्यक्ष सिद्धान्तजंग शाहीका अनुसार प्रतियोगिताको समुह ‘ए’ मा जिभिएन, एबिसी, ड्रिमल्यान्ड, सेन्ट जेभिर्यस, फुल्टेक्रा मावि, श्रीचन्द्र मेवालाल, बागेश्वरी एकेडेमी कोहलपुर र मंगल प्रसाद उच्च मावि रहेका छन् ।
यसैगरी समुह ‘बी’ मा सिद्धार्थ विद्या सदन, जय बागेश्वरी, ब्राइटल्यान्ड, नेपालगञ्ज मोडेल एकेडेमी, पशुपति हाईस्कुल, आदर्श, मोर्डन, महेन्द्र र आइडियल पब्लिक स्कुल रहेका छन् ।
प्रतियोगितामा सहभागि टिमलाई दुई समुहमा विभाजन गरेर नकआउटको आधारमा प्रतिस्पर्धा गराउने तयारी गरिएको छ । प्रतियोगिताको विजेताले ५० हजार, उपविजेताले ३० हजार, उत्कृष्ट खेलाडीले १० हजार, उत्कृष्ट वलर, उत्कृष्ट फिल्डर, उत्कृष्ट ब्याटसम्यानले समान ५ हजार रुपैयाँ पाउनेछन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचले १ हजार पुरस्कार पाउनेछ ।
प्रतियोगिता अन्तर्गत आइतबार ड्रिमल्यान्ड हाइस्कुल राँझा र नेपाल सेन्टजेभिर्यस हाइस्कुल बिच हुनेछ ।

]]>
https://nayamuluk.com/%e0%a4%95%e0%a4%bf%e0%a4%b6%e0%a5%8b%e0%a4%b0-%e0%a4%b8%e0%a4%bf%e0%a4%82%e0%a4%b9-%e0%a4%b0%e0%a4%be%e0%a4%a0%e0%a5%8c%e0%a4%b0-%e0%a4%af%e0%a5%81-%e0%a5%a7%e0%a5%ac-%e0%a4%95%e0%a5%8d/feed/ 0
मुख्यमन्त्री कोहलपुर गोल्डकपको उपाधि भित्रुवन आर्मीलाई https://nayamuluk.com/%e0%a4%ae%e0%a5%81%e0%a4%96%e0%a5%8d%e0%a4%af%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%80-%e0%a4%95%e0%a5%8b%e0%a4%b9%e0%a4%b2%e0%a4%aa%e0%a5%81%e0%a4%b0-%e0%a4%97%e0%a5%8b%e0%a4%b2/ https://nayamuluk.com/%e0%a4%ae%e0%a5%81%e0%a4%96%e0%a5%8d%e0%a4%af%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%80-%e0%a4%95%e0%a5%8b%e0%a4%b9%e0%a4%b2%e0%a4%aa%e0%a5%81%e0%a4%b0-%e0%a4%97%e0%a5%8b%e0%a4%b2/#respond Wed, 08 Nov 2023 13:59:41 +0000 https://nayamuluk.com/?p=4028 २२ कार्तिक, नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिका २ तेह्र विगाह बिघामा सञ्चालन भएको ‘मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगिता २०८०’ को उपाधिका त्रिभुवन आर्मीले जितेको लिएको छ ।
बुधवार भएको फाइनल खेलमा त्रिभुवन आर्मीले चर्च व्वाईजलाई २—०) ले गोेल गर्दै त्रिभुवन आर्मीले उपाधि हात पारेको हो । त्रिभुवन आर्मीलाई प्रथम पुरस्कार ८ लाख नगद र चर्च व्वाईजले ४ लाख नगद रुपैया उपलब्ध गराइएको थियो ।
त्रिभुवन आर्मीका खेलाडीले खेल सुरु भएको ३२औं मिनेटमा सराज श्रेष्ठले गोल गरेका थिए भने दोस्रो हापको ७६औं मिनेटमा मान बहादुर आले मगरले गोल गरेका थिए ।
त्रिभुवन आर्मीका खेलाडी मान बहादुर आले मगरलाई म्यानअफ द म्याज घोषणा गरेका थिए भने उनले नगद पाँच हजार रुपैया उपलब्ध गराइएको थियो । त्रिभुवन आर्मी फुटबल क्लब काठमाण्डौ (४—१) र चर्च व्वाईज यूनाईटेडले गोर्खा व्वाईज (३—०) ले विजयी भई फाइनलमा पुगेको थियो ।
आर्मीकै उत्कृष्ट डिफिरेन्रमा यधा शाही, उत्कृष्ट मिड फिल्ड विशाल बस्नेत, उत्कृष्ट प्रशिक्षक आदर्श बहादुर मल्ल, उत्कष्ट स्वच्छ टिम गोर्खा व्वाईज, रेसिङ्ग साहारा क्लबका खेलाडी सन्देश न्यौपानेलाई जनही १० हजार सहित सम्मान गरिएको थियो । यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडीका रुपमा आर्मीका टंक बस्नेतलाई नगद ५० हजार रुपैया उपलब्ध गराइएको थियो ।
कोहलपुर रेसिङ्ग साहारा क्लबका कप्तान हरि कठायतले फुटबल खेलबाट सन्यास लिएका छन् । आयोजकले उनलाई टिभिएरको एक सय २५ सिसिको स्कुटर उपलब्ध गराएको खेल संयोजक राम बहादुर मल्ले जानकारी दिए ।
समापन कार्यक्रमका प्रमुख अतिथि तथा कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण प्रसाद आचार्यले कोहलपुर गोल्डकपलाई संस्थागत बनाउन केन्द्रिदेखि स्थानिय सरकार लाग्ने बताएका थिए ।
‘कोहलपुर नगरपालिकाले पहिलो गोल्डकपमा १० लाख उपलब्ध गराएको थियो,’ उनले भने, ‘दोस्रो गोल्डकपमा २० लाख रुपैया उपलब्ध गराइएको छ ।’ अझै थप व्यवस्थित गर्दै संस्थागत विकास गर्ने पक्षमा नगरपालिका रहेको नगर प्रमुख आचार्यले बताए ।
रेसिङ्ग साहारा क्लबका अध्यक्ष चक्र क्षेत्रीले प्रतियोगिता अवधिभर यहाँहरुले गर्नुभएको सहयोगीमनहरुलाई धन्यवाद दिँदै आगामी दिनमा अझै व्यवस्थित रुपमा सञ्चालन गर्न बाँके बासीलाई अनुरोध गरे ।
समापन कार्यक्रममा नेपाली काँग्रेसका युवा नेता पोषण केसी, नेपाली काँग्रेसका बाँकेका सभापति नारायण प्रसाद गौडेल, नेपाली सेनाका पूर्व उपरथी तथा नेपालगञ्ज मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत डा. सुनिल कुमार सिंह, नोवेल ईमी स्कुलका सञ्चालक तथा कोहलपुर बृहत खानेपानी संस्थाका उपाध्यक्ष विर बहादुर विष्ट, नेपाल वित्तिय संस्था कर्मचारी संघ तथा नेपाल राष्ट्र बैंकका प्रथम उपाध्यक्ष विष्णु के.सी., शिवशक्ति माविका प्राधानाध्यापक बद्रिनाथ सापकोटा, समाजसेवी चिन्तामणी धिताल, डल्फिन फिड प्रालिका सञ्चालक तिर्थ थापा लगायतले पुरस्कार वितरण गरेका थिए ।

]]>
https://nayamuluk.com/%e0%a4%ae%e0%a5%81%e0%a4%96%e0%a5%8d%e0%a4%af%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%80-%e0%a4%95%e0%a5%8b%e0%a4%b9%e0%a4%b2%e0%a4%aa%e0%a5%81%e0%a4%b0-%e0%a4%97%e0%a5%8b%e0%a4%b2/feed/ 0
उपाधि जित्ने दुवै टिमको दावी https://nayamuluk.com/%e0%a4%89%e0%a4%aa%e0%a4%be%e0%a4%a7%e0%a4%bf-%e0%a4%9c%e0%a4%bf%e0%a4%a4%e0%a5%8d%e0%a4%a8%e0%a5%87-%e0%a4%a6%e0%a5%81%e0%a4%b5%e0%a5%88-%e0%a4%9f%e0%a4%bf%e0%a4%ae%e0%a4%95%e0%a5%8b-%e0%a4%a6/ https://nayamuluk.com/%e0%a4%89%e0%a4%aa%e0%a4%be%e0%a4%a7%e0%a4%bf-%e0%a4%9c%e0%a4%bf%e0%a4%a4%e0%a5%8d%e0%a4%a8%e0%a5%87-%e0%a4%a6%e0%a5%81%e0%a4%b5%e0%a5%88-%e0%a4%9f%e0%a4%bf%e0%a4%ae%e0%a4%95%e0%a5%8b-%e0%a4%a6/#respond Tue, 07 Nov 2023 13:49:44 +0000 https://nayamuluk.com/?p=4019 २१ कार्तिक, नेपालगञ्ज । बाँकेको कोहलपुरमा जारी मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगिता २०८० को उपाधिका लागि भोली भिड्ने भएका छन् ।
मंगलवार भएको पत्रकार सम्मेलन गर्दै कोहलपुरस्थित तेह्र बिघा खेल मैदानमा हुने त्रिभुवन आर्मी र चर्च व्वाईजका कप्तानले आफ्नो टिमलाई उपाधि दिलाउन आफुले जानको अनुभव र सिपको प्रयोग गरी उपाधि हात पर्ने दावी गरेका छन् ।
त्रिभुवन आर्मीका कप्तान भरत खवासले आफुले राष्ट्रिय खेलदेखि लिग हुँदै ‘ए’ डिभिजनका खेल खेलेको र आफ्नो टिमको कडा प्रदर्शन गर्ने बताए । आफ्नो टिममा २ जना राष्ट्रिय खेलाडी र अन्य स्थानिय खेलाडीहरु भएकोले उपाधि हात पार्ने खवास ढुक्क छन् ।
त्रिभुवन आर्मीका कोच आदर्श मल्ले आफ्नो पहिचान नभुल्ने बताए । ‘खेलमा रफ हुँदैन,’ उनले भने, ‘अनुशासनमा रहेर खेल हुन्छ ।’ मल्ले कोहलपुरमा आफ्नो टिम ल्याउन र खेलमा सहभागि हुन पाउँदा आयोजकसंगै व्यवस्थापक टिमलाई समेत धन्यवाद दिएका थिए ।
यस्तै चर्च व्वाईजका कप्तान विकु राई पनि उपाधि लिने ढुक्क छन् । राईले आफ्नो टिममा युवा खेलाडी छन्सबै एउटै उमेर समूहका खेलाडी छन् त्यसैले आफुले भनेजस्तो र सोचेजस्तो खेल हुने दावी गरे ।
चर्च व्वाईज कै कोच रुविन राईले प्रतियोगिताको उपाधि लिनकै लागि भने आएको होइन तर भाग्यले दिएसम्म आफ्नो टिमले फाइनलसम्म पु¥याउनु नै ठुलो उपलब्धि रहेको बताए । ‘अहिले सबै स्थानिय खेलाडीहरु छन्’ उनले भने, ‘बाहिरी खेलाडीहरु छैनन् ।’ अहिलेको पुरै नयाँ टिम रहेको र भविष्यमा यि टिमले नै देशकै उत्कृष्ट खेलाडि बनाउने मेरो सपना रहेको कोच राईले बताए । राईले कोहलपुरमा आफ्नो टिम ल्याउन र खेलमा सहभागि हुन पाउँदा आयोजकसंगै व्यवस्थापक टिमलाई समेत धन्यवाद दिएका थिए ।
प्रतियोगिता सुरु भएको पाँचौ दिनमा भएको खेलमा त्रिभुवन आर्मी फुटबल क्लब काठमाण्डौले दुधौली स्पोर्ट क्लब सिन्धुलीलाई (४—१) गोलको अन्तरले पराजित गर्दै त्रिभुवन आर्मी फाइनल पुगेको हो भने प्रतियोगिता सुरु भएको तेस्रो दिनमा भएको खेलमा चर्च व्वाईज यूनाईटेडले गोर्खा व्वाईजलाई (३—०) ले पराजित गर्दै फाइनलमा पुगेको थियो ।
प्रतियोगितामा अफ्रिकन देश क्यामरुनको एभिनियर एफसिसहित नेपालका चर्च व्वाइज यूनाइटेड काठमाडौँ, गोर्खा व्वाइज स्पोर्टस क्लब बुटवल, सुदूरपश्चिम ११, स्पोर्ट्स क्लब धनगढी, त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौँ, कोहलपुर रेसिङ साहारा क्लब कोहलपुर, वि.एफ.सी. चितवन क्लब चितवन, र दुधौली स्पोर्ट्स क्लब सिन्धुली गरी ८ टोलीको सहभागिता रहेको खेल संयोजक राम बहादुर मल्ले जानकारी दिए । खेल संयोजक राम बहादुर मल्लका अनुसार किक अफ २ ः ३० बजे हुनेछ ।
प्रतियोगितामा प्रथम हुनेलाई ८ लाख रुपैया र दोस्रो पुरस्कार ४ लाखसहित ट्रफी प्रदान गरिने रेसिङ्ग साहारा क्लबका अध्यक्ष चक्र क्षेत्रीले जानकारी दिए । प्याराफिटमा १ सय रुपैया लाग्नेछ भने ग्राउण्डमा ५० रुपैया लाग्ने अध्यक्ष क्षेत्रीले बताए ।

]]>
https://nayamuluk.com/%e0%a4%89%e0%a4%aa%e0%a4%be%e0%a4%a7%e0%a4%bf-%e0%a4%9c%e0%a4%bf%e0%a4%a4%e0%a5%8d%e0%a4%a8%e0%a5%87-%e0%a4%a6%e0%a5%81%e0%a4%b5%e0%a5%88-%e0%a4%9f%e0%a4%bf%e0%a4%ae%e0%a4%95%e0%a5%8b-%e0%a4%a6/feed/ 0
दुधौलीलाई पराजित गर्दै त्रिभुवन आर्मी फाइनलमा प्रवेश https://nayamuluk.com/%e0%a4%a6%e0%a5%81%e0%a4%a7%e0%a5%8c%e0%a4%b2%e0%a5%80%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%aa%e0%a4%b0%e0%a4%be%e0%a4%9c%e0%a4%bf%e0%a4%a4-%e0%a4%97%e0%a4%b0%e0%a5%8d%e0%a4%a6%e0%a5%88-%e0%a4%a4/ https://nayamuluk.com/%e0%a4%a6%e0%a5%81%e0%a4%a7%e0%a5%8c%e0%a4%b2%e0%a5%80%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%aa%e0%a4%b0%e0%a4%be%e0%a4%9c%e0%a4%bf%e0%a4%a4-%e0%a4%97%e0%a4%b0%e0%a5%8d%e0%a4%a6%e0%a5%88-%e0%a4%a4/#respond Mon, 06 Nov 2023 13:39:09 +0000 https://nayamuluk.com/?p=4004 २० कार्तिक, नेपालगञ्ज । बाँकेको कोहलपुर जारी मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगिता २०८० मा दुधौली स्पोर्ट क्लब सिन्धुलीलाई पराजित गर्दै त्रिभुवन आर्मी फुटबल क्लब काठमाण्डौ फाइनलमा प्रवेश गरेको छ ।
कोहलपुरस्थित तेह्र बिघा खेल मैदानमा भएको पाँचौ दिनमा भएको खेलमा त्रिभुवन आर्मी फुटबल क्लब काठमाण्डौले दुधौली स्पोर्ट क्लब सिन्धुलीलाई (४–१) गोलको अन्तरले पराजित गर्दै त्रिभुवन आर्मी फाइनलमा प्रवेश गरेको खेल संयोजक राम बहादुर मल्लले जानकारी दिए ।
दुधौली स्पोर्ट क्लब सिन्धुलीका खेलाडी अजय कुमार श्रीवास्तवले खेल सुरु भएको २९ मिनेटमा गोल गरेका थिए । त्यसको विरुद्ध त्रिभुवन आर्मीका खेलाडी टंक बस्नेतले खेल सुरु भएको ३४ र ६१ मिनेटमा दुई गोल गर्न सफल भएका थिए । आर्मीकै खेलाडी मान बहादुर आले मगरले खेल सुरु भएको ७३ मिनेटमा गोल गर्न सफल भएका थिए भने खेल सुरु भएको ८३ मिनेटमा मदन लिम्बुले गोल हानेका थिए ।
त्रिभुवन आर्मी फुटबल क्लब काठमाण्डौका खेलाडी मान बहादुर आले मगरले म्यान अफद म्याज धोषित भएका थिए । कोहलपुर वडा नं. १२ का वडा अध्यक्ष विरेन्द्र कुमार शाहले मगरलाई नगद रु ५ हजार रकम हतान्तरण गरे ।

उपाधिका लागि त्रिभुवन आर्मी र चर्च व्वाईज भिड्ने
कोहलपुरमा जारी मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगिता २०८० को उपाधिका लागि त्रिभुवन आर्मी र चर्च व्वाईज बुधबार (२२ गते ) भिड्ने भएका छन् । त्रिभुवन आर्मी फुटबल क्लब काठमाण्डौ र दुधौली स्पोर्ट क्लब सिन्धुली विच भएको सोमवारको खेलमा (४–१) गोल गर्दै त्रिभुवन आर्मी फुटबल क्लब काठमाण्डौं फाइनलमा प्रवेश गरेको हो । प्रतियोगिता सुरु भएको तेस्रो दिनमा भएको खेलमा चर्च व्वाईज यूनाईटेडले गोर्खा व्वाईजलाई (३–०) ले पराजित गर्दै फाइनलमा पुगेको थियो ।
प्रतियोगितामा अफ्रिकन देश क्यामरुनको एभिनियर एफसिसहित नेपालका चर्च व्वाइज यूनाइटेड काठमाडौँ, गोर्खा व्वाइज स्पोर्टस क्लब बुटवल, सुदूरपश्चिम ११, स्पोर्ट्स क्लब धनगढी, त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौँ, कोहलपुर रेसिङ साहारा क्लब कोहलपुर, वि.एफ.सी. चितवन क्लब चितवन, र दुधौली स्पोर्ट्स क्लब सिन्धुली गरी ८ टोलीको सहभागिता रहेको खेल संयोजक राम बहादुर मल्ले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुनेलाई ८ लाख रुपैया र दोस्रो पुरस्कार ४ लाखसहित ट्रफी प्रदान गरिने रेसिङ्ग सहारा क्लबका अध्यक्ष चक्र क्षेत्रीले जानकारी दिए । प्याराफिटमा १ सय रुपैया लाग्नेछ भने ग्राउण्डमा ५० रुपैया लाग्ने अध्यक्ष क्षेत्रीले बताए । प्रतियोगिता कात्तिक २२ गतेसम्म सञ्चालन हुनेछ ।

]]>
https://nayamuluk.com/%e0%a4%a6%e0%a5%81%e0%a4%a7%e0%a5%8c%e0%a4%b2%e0%a5%80%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%aa%e0%a4%b0%e0%a4%be%e0%a4%9c%e0%a4%bf%e0%a4%a4-%e0%a4%97%e0%a4%b0%e0%a5%8d%e0%a4%a6%e0%a5%88-%e0%a4%a4/feed/ 0
एभिनियर एफ.सी. क्यामरुनलाई पराजित गर्दै दुधौली स्पोर्ट क्लब विजयी https://nayamuluk.com/%e0%a4%8f%e0%a4%ad%e0%a4%bf%e0%a4%a8%e0%a4%bf%e0%a4%af%e0%a4%b0-%e0%a4%8f%e0%a4%ab-%e0%a4%b8%e0%a5%80-%e0%a4%95%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%ae%e0%a4%b0%e0%a5%81%e0%a4%a8%e0%a4%b2%e0%a4%be/ https://nayamuluk.com/%e0%a4%8f%e0%a4%ad%e0%a4%bf%e0%a4%a8%e0%a4%bf%e0%a4%af%e0%a4%b0-%e0%a4%8f%e0%a4%ab-%e0%a4%b8%e0%a5%80-%e0%a4%95%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%ae%e0%a4%b0%e0%a5%81%e0%a4%a8%e0%a4%b2%e0%a4%be/#respond Sun, 05 Nov 2023 14:23:29 +0000 https://nayamuluk.com/?p=4001 १९ कार्तिक, नेपालगञ्ज । बाँकेको कोहलपुर जारी मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगिता २०८० मा एभिनियर एफ.सी.क्यामरुनलाई पराजित गर्दै दुधौली स्पोर्ट क्लब सिन्धुलीले विजयी सुरुवात गरेको छ ।
कोहलपुरस्थित तेह्र बिघा खेल मैदानमा भएको चौथो दिनमा भएको खेलमा दुधौली स्पोर्ट क्लब सिन्धुलीले एभिनियर एफ.सी.क्यामरुनलाई ट्राइब्रेकरमा (६-७) गोलको अन्तरले पराजित गरेको हो ।
निकै प्रतिस्पर्धात्मक खेलमा निर्धारित समयभित्र गोल हुन नसकेपछि ट्राइब्रेकरमा क्यामरुनलाई (६-७) गोल अन्तरले पार्दै दुधौली स्पोर्ट क्लबले विजयी सुरुवात गरेको छ ।
एभिनियर एफ.सी.क्यामरुनका ३ जना खेलाडीले पहेलो कार्ड पाएका थिए भने १ जना खेलाडिले भने रातो कार्ड पाएको थिए । दुधौली स्पोर्ट क्लबका १ जना खेलाडीले पहेलो कार्ड पाएका थिए ।
दुधौली स्पोर्ट क्लबलका खेलाडी लोकेश चौधरीले म्यान अफद म्याज धोषित भएका थिए । नेपाली काँग्रेसका युवा नेता पोषण केसीले चौधरीलाई नगद रु ५ हजार रकम हतान्तरण गरिएको थियो । एभिनियर एफ.सी.क्यामरुन गत वर्षको कोहलपुर गोल्डकप-२०७९ को विजेता भएको थियो ।
भोली त्रिभुवन आर्मी र दुधौली स्पोर्ट क्लब विच प्रतिस्पर्धा हुने
कोहलपुरमा जारी मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगिता २०८० मा भोली आर्मी फुटबल क्लब काठमाण्डौ र दुधौली स्पोर्ट क्लब सिन्धुली विच  प्रतिस्पर्धा हुने खेल संयोजक राम बहादुर मल्ले जानकारी दिए ।
तेस्रो दिनमा भएको त्रिभुवन आर्मी फुटबल क्लब काठमाण्डौं र वि.एफ.सी. चितवन क्लब चितवन विच भएको खेलमा त्रिभुवन आर्मीले (३-१) गोलले पराजित गर्दै विजयी सुरुवात गरेको थियो ।
चौथो दिनमा भएको खेलमा दुधौली स्पोर्ट क्लब सिन्धुलीले एभिनियर एफ.सी.क्यामरुनलाई ट्राइब्रेकरमा (६-७) गोलको अन्तरले पराजित गरेको थियो ।
तेस्रो र चौथो दिनमा विजयी सुरुवात गरेका त्रिभुवन आर्मी फुटबल क्लब काठमाण्डौं र दुधौली स्पोर्ट क्लब सिन्धुली विच कडा प्रतिस्पर्धा हुने खेल संयोजक मल्ले जानकारी दिए । मल्लका अनुसार खेल ३ बजेबाट सुरु हुनेछ ।
प्रतियोगितामा अफ्रिकन देश क्यामरुनको एभिनियर एफसिसहित नेपालका चर्च व्वाइज यूनाइटेड काठमाडौँ, गोर्खा व्वाइज स्पोर्टस क्लब बुटवल, सुदूरपश्चिम ११, स्पोर्ट्स क्लब धनगढी, त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौँ, कोहलपुर रेसिङ साहारा क्लब कोहलपुर, वि.एफ.सी. चितवन क्लब चितवन, र दुधौली स्पोर्ट्स क्लब सिन्धुली गरी ८ टोलीको सहभागिता रहेको खेल संयोजक राम बहादुर मल्ले जानकारी दिए ।  
प्रतियोगितामा प्रथम हुनेलाई ८ लाख रुपैया र दोस्रो पुरस्कार ४ लाखसहित ट्रफी प्रदान गरिने रेसिङ्ग साहारा क्लबका अध्यक्ष चक्र क्षेत्रीले जानकारी दिए । प्याराफिटमा १ सय रुपैया लाग्नेछ भने ग्राउण्डमा ५० रुपैया लाग्ने अध्यक्ष क्षेत्रीले बताए । प्रतियोगिता कात्तिक २२ गतेसम्म सञ्चालन हुनेछ ।

]]>
https://nayamuluk.com/%e0%a4%8f%e0%a4%ad%e0%a4%bf%e0%a4%a8%e0%a4%bf%e0%a4%af%e0%a4%b0-%e0%a4%8f%e0%a4%ab-%e0%a4%b8%e0%a5%80-%e0%a4%95%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%ae%e0%a4%b0%e0%a5%81%e0%a4%a8%e0%a4%b2%e0%a4%be/feed/ 0
३—१ ले पराजित गर्दै त्रिभुवन आर्मी विजयी https://nayamuluk.com/%e0%a5%a9-%e0%a5%a7-%e0%a4%b2%e0%a5%87-%e0%a4%aa%e0%a4%b0%e0%a4%be%e0%a4%9c%e0%a4%bf%e0%a4%a4-%e0%a4%97%e0%a4%b0%e0%a5%8d%e0%a4%a6%e0%a5%88-%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%ad/ https://nayamuluk.com/%e0%a5%a9-%e0%a5%a7-%e0%a4%b2%e0%a5%87-%e0%a4%aa%e0%a4%b0%e0%a4%be%e0%a4%9c%e0%a4%bf%e0%a4%a4-%e0%a4%97%e0%a4%b0%e0%a5%8d%e0%a4%a6%e0%a5%88-%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%ad/#respond Sat, 04 Nov 2023 15:03:53 +0000 https://nayamuluk.com/?p=3989 १८ कार्तिक, नेपालगञ्ज । ‘मुख्यमन्त्री कोहलपुर गोल्ड कप २०८०’ प्रतियोगितामा त्रिभुवन आर्मी फुटबल क्लब काठमाण्डौंले (३—१) गोलले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।
चौथो दिनमा भएको त्रिभुवन आर्मी फुटबल क्लब काठमाण्डौं र वि.एफ.सी. चितवन क्लब चितवन विच भएको खेलमा त्रिभुवन आर्मीले (३—१) गोलले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।
खेल सुरु भएको १० मिनेटमा वि.एफ.सी. चितवन क्लबका खेलाडिल सुजित बुढाथोकीले १ गोल गरेका थिए त्यसको विरुद्ध त्रिभुवन आर्मीका खेलाडी टंक बस्नेतले २७ मिनेट र मान बहादुर बुढामगरले ५६ र ६९ मिनेटमा २ गोल गरी ३ गोल हानेका थिए ।
त्रिभुवन आर्मीका खेलाडी टंक बस्नेतले म्यान अफद म्याज धोषित भएका थिए । रोयल नेपालगञ्ज फुटबल क्लबका अध्यक्ष सुर्यमणी अधिकारी र समाजसेवी अञ्जना पाण्डेद्धारा बस्नेतलाई नगद रु ५ हजार रकम हतान्तरण गरिएको थियो ।
प्रतियोगितामा अफ्रिकन देश क्यामरुनको एभिनियर एफसिसहित नेपालका चर्च व्वाइज यूनाइटेड काठमाडौँ, गोर्खा व्वाइज स्पोर्टस क्लब बुटवल, सुदूरपश्चिम ११, स्पोर्ट्स क्लब धनगढी, त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौँ, कोहलपुर रेसिङ साहारा क्लब कोहलपुर, वि.एफ.सी. चितवन क्लब चितवन, र दुधौली स्पोर्ट्स क्लब सिन्धुली गरी ८ टोलीको सहभागिता रहेको खेल संयोजक राम बहादुर मल्ले जानकारी दिनुभएको छ ।
प्रतियोगितामा प्रथम हुनेलाई ८ लाख रुपैया र दोस्रो पुरस्कार ४ लाखसहित ट्रफी प्रदान गरिने रेसिङ्ग साहारा क्लबका अध्यक्ष चक्र क्षेत्रीले जानकारी दिनुभएको छ । प्याराफिटमा १ सय रुपैया लाग्नेछ भने ग्राउण्डमा ५० रुपैया लाग्ने अध्यक्ष क्षेत्रीले बताउनुभएको छ ।
यसबीच कोहलपुर नगरपालिका २ तेह्र विगाहमा सञ्चालनमा रहेको ‘मुख्यमन्त्री कोहलपुर गोल्ड कप २०८०’ प्रतियोगितामा भोली (आइतबार) एभिनियर एफ.सी. क्यामरुन र दुधौली स्पोर्ट क्लब सिन्धुली विच खेल हुने खेल संयोजक राम बहादुर मल्ले जानकारी दिनुभएको छ । ३ बजेबाट खेल सुरु हुनेछ । प्रतियोगिता कात्तिक २२ गतेसम्म सञ्चालन हुनेछ ।

]]>
https://nayamuluk.com/%e0%a5%a9-%e0%a5%a7-%e0%a4%b2%e0%a5%87-%e0%a4%aa%e0%a4%b0%e0%a4%be%e0%a4%9c%e0%a4%bf%e0%a4%a4-%e0%a4%97%e0%a4%b0%e0%a5%8d%e0%a4%a6%e0%a5%88-%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%ad/feed/ 0